काठमाडौं । नेपाल ‘ए’ले घरेलु टोली आसाम प्रदेश क्रिकेट संघविरुद्धको अभ्यास ट्वान्टी-२० शृंखला आफ्नो पक्षमा पारेकाे छ ।
गुवाहटीमा सोमबार सम्पन्न पाँचौं तथा अन्तिम नेपाल ४४ रनले विजयी भयो । जितसँगै नेपाल पाँच खेलको शृंखलामा ३-२ ले अगाडि रह्यो ।
यसअघि आसामले १५ र १८ तथा नेपालले ९६ र ९ रनको जित निकालेका थिए ।
नेपाल ‘ए’ ले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।
आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९, साहिल जैन र कप्तान सुमित घडिअन्करले समान २५ तथा सौरभ दिहिगाले १७ रन बनाए ।
नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान तथा बसिर अहमदले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेकोको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सन्दीप जोराले ३९ बलमा पाँच छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ६४ रन बनाए । यसैगरी शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन जोडे ।
आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले समान दुई विकेट लिए ।