श्रावण ३०, २०८२ शुक्रबार | १४:१३:२२
नर्दर्न टोरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने अञ्जन, एरिक, सनिश र योगेशले बंगलादेशी लिग खेल्ने टप एन्ड ट्वान्टी-२० शृंखलाः नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दै नेपाल हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित नर्दर्न टोरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने अञ्जन, एरिक, सनिश र योगेशले बंगलादेशी लिग खेल्ने टप एन्ड ट्वान्टी-२० शृंखलाः नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दै नेपाल हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित

अञ्जन, एरिक, सनिश र योगेशले बंगलादेशी लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट, मिडफिल्डर एरिक विष्ट र रक्षकद्धय सनिश श्रेष्ठ र योगेश गुरुङले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन् ।

उनीहरू चारै जनालाई ब्रदर्श युनाइटेडले भित्र्याएको हो ।

अञ्जनले पछिल्लो पटक भारतको रियाल कास्मिरबाट डुरान्ड कप खेलेका थिए । यसैगरी अञ्जनसँग, एपिएफ, मनाङ मर्स्याङदी, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, भारतको मुम्बई केन्क्रे, बंगलादेशको फाेर्टिस एफसीबाट खेलेका छन् । यस्तै उनीसँग एफसी चितवन र झापा एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको अनुभव छ ।  

एरिकसँग त्रिभुवन आर्मी, एनआरटी र चर्च ब्वाइज युनाइटेड र भारतको सिलोङ लाजोङबाट खेलको अनुभव छ । उनले एनएसएलमा बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए ।

यता सनिशका लागि यो पहिलो विदेशी क्लब हुनेछ । उनले एपिएफ, फ्रेन्ड्स, मछिन्द्र, चर्च ब्वाइज युनाइटेडबाट खेलेका छन् । यसैगरी सनिशले ललितपुर सिटी एफसीलाई पछिल्लो दुई संस्करणको एनएसएल च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

योगेशले पछिल्लो पटक आर्मीबाट डुरान्ड कप खेलेका थिए । उनीसँग थ्री स्टारजस्ता क्लबबाट खेलेको अनुभव पनि छ ।  

योगेशले ललितपुरलाई एनएसएलको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यससँगै यो सिजनका लागि बंगलादेशी लिगमा आबद्ध हुने नेपाली खेलाडीको संख्या आठ पुगेको छ । यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलान बंगलादेश पुलिस क्लब तथा रक्षकद्धय अभिषेक लिम्बु रहमतगञ्ज एमएफएसमा र अनन्त तामा फाेर्टिस एफसीमा अनुबन्ध भएका थिए । 


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video