काठमाडौं स्पेनको एट्लेटिको मड्रिडविरुद्ध ४-० को सहज जित जिकाल्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले फिफा क्लब विश्वकपमा सुखद् सुरुआत गरेको छ ।
आइतबार रोस बोउलमा पिएसजीलाई जित दिलाउन फाबियन रुइज, भिटिन्हा, सेनी मायुलु र ली कांग इनले गोल गरे ।
खेलको १९औं मिनेटमा रुइजको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा भिटिन्हाले टोलीकोे अग्रता दोब्बर बनाए ।
एट्लेटिकोका जुलियन अल्भारेजले ५८औं मिनेटमा गोल फर्काए पनि फउल भएकाले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)को सहायताले उक्त गाेललाई मान्यता दिइएन ।
मायुलुले ८७औं मिनेटमा गोल गर्दा पिएसजीको अग्रता ३-० मा पुग्यो । खेलको इन्जुरी कांग इनले पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरिन् ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?