काठमाडौं । रियाल मड्रिड तथा इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङघमले आगामी सिजका सुरुआती चरणका खेलहरू गुमाउने भएका छन् ।
क्लब विश्वकप पछि काँधको शल्यक्रिया गर्नुपर्ने हुँदा उनले कम्तिमा पनि ६ खेल गुमाउने अनुमान गरिएको छ ।
बेलिङघम सन् २०२३ देखि निरन्तर काँधको समस्यासँग संघर्ष गरिरहेका छन् । रियालले अमेरिकामा प्रतियोगिता सकिए लगत्तै शल्यक्रियाको तयारी गरेको छ ।
सन् २०२३ को अन्त्यमा रायो भालेकानो विरुद्धको काँधमा चोट लागेपछि उनले रियाल र इङ्ल्यान्ड दुई खेल गुमाएका थिए । पछि मैदान उत्रिदा बेलिङमले आफ्नो काँधमा स्ट्रयाम्पिङ लगाएका थिए ।
क्लब विश्वकप १५ जुन १५ देखि जुलाई १३ सम्म हुनेछ । त्यसपछि सल्यक्रिया हुने हुँदा बेलिङघमले प्रि-सिजनको सम्पूर्ण र नयाँ सिजनमा कम्तिमा ६ खेल गुमाउने अनुमान गरिएको छ ।
यसैगरी सेप्टेम्बरमा हुने एन्डोरा र सर्बियाविरुद्धको विश्वकप छनोटमा पनि बेलिङघ अनुपस्थित हुने सम्भावना बढेको छ ।