काठमाडौं । आर्सनलले इङ्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीविरुद्ध ५-१ को सानदार जित दर्ता गरेको छ ।
लिगमा १४ खेलयता अपराजित आर्सनलले २४ खेलबाट ५० अंक जोडेको छ। पराजित सिटी समान खेलबाट ४१ अंकसहित चौथो स्थानमा छ।
इमिरेट्स रंगशालामा घरेलु टोलीलाई जित दिलाउन मार्टिन गोडेगार्ड, थोमस पार्टी, मायल्स लुइस-स्केली, काइ हाभर्टज र इथान एन्वानेरीले गोल गरे । सिटीका लागि एर्लिङ हालान्डले गोल फर्काए ।
खेलको दोस्रो मिनेटमै आडेगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ५५औं मिनेटमा हालान्डले सिटीका लागि बराबरी गोल फर्काए ।
त्यसको एक मिनेटपछि नै पार्टीले गोल गर्दा आर्सनल २-१ ले अगाडि बढ्यो । स्केलीले ६२ र हाभर्टजले ७६औं मिनेटमा गोल थपे ।
इन्जुरी समयमा एन्वानेरीले गोल गर्दै आर्सनललाई ५-१ को सहज जित दिलाए । आइतबारै सम्पन्न अन्य खेलमा टोटनहमले ब्रेन्टफोर्ड तथा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई समान २-० ले पराजित गरे ।