काठमाडौं । चेल्सीले इङ्लिस प्रिमियर लिगमा आइतबार ब्रेन्टफोर्ड युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
लगागतार पाँचौं जितसँगै १६ खेलमा २४ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको लिभरपुलको भन्दा मात्र दुई अंक कम हो । लिभरपुलले एक खेल कम खेलेको छ ।
यत पराजित ब्रेन्टफोर्ड १६ खेलबाट २३ अंका साथ ११औं स्थानमा छ ।
स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई जित दिलाउन मार्क कुकुरेला र निकोल ज्याक्सनले गोल गरे । ब्रेन्टफोर्डका लागि ब्रायन एमबोउमोले गोल फर्काए ।
खेलको ४३औं मिनेटमा कुकुरेलाको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ८०औं मिनेटमा ज्याक्सनले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समयमाको अन्तिम मिनेटमा एमबोउमोले गोल गर्दै ब्रेन्टफार्डलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
इन्जुरी समयमा मार्क कुकुरेलाले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा टोटनहमले साउथह्याम्पटनलाई ५-० र क्रिस्टल प्यालेसले ब्राइटनलाई ३-१ ले पराजित गरे ।