काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मछिन्द्र फुटबल क्लबले आइतबार मनाङ मर्स्याङदी क्लबविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै १७ खेलमा ३१ आंक जोडेको मछिन्द्र चौथो स्थानमा उक्लिएको छ । पराजित मनाङ समान खेलबाट सातौं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन रोनिक रानामगर र भुपेन्द्र धरलाले गोल गरे ।
खेलको ४६औं मिनेटमा रोनिकको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ६७औं मिनेटमा भुपेन्द्रले टोलीको अग्रता दोब्बर बनाए ।
सविन श्रेष्ठले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ८७औं मिनेटमा मनाङ १० खेलाडीमा समेटियो । दुई मिनेट पनि नै मनाङका शिव लामाले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडे ।
आइतबारै सम्पन्न पहिलो खेलमा न्युरो टिम (एनआरटी) ले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध १-० को कठिन जित दर्ता गर्यो ।