काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्ससामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पार्यो ।
कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए ।
सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई तथा सेफ जैबले एक विकेट लिए ।
पहिलो ओभरको अन्तिम बलमा ऋत गौतमलाई खाता पनि खोल्न नदिइन हरमित सिंहले बोल्ड गरे ।
दोस्रो ओभरको अन्तिम बलमा स्कटक कुग्गेलिजनले बाबर हायतलाई अभिनास बोहराबाट क्याच गराए । उनले ९ बलमा तीन चौकाको मद्दतले १३ रन बनाए ।
छैटौं ओभरको दोस्रो बलमा देव खनाल रन आउट भए । उनले सात रन जोडे ।
आठौं ओभरको तेस्रो बलमा जैबले ११ रन बनाएर खेलिरहेका चाडविक वाल्टनलाई एलबिडब्ल्युको धरापमा पारे ।
दीपेन्द्रसिंह ऐरस्ले १६औं ओभरको पाँचौं बलमा विल बसिस्टोलाई कुुग्गेलिजनबाट क्याच गराए । उनले २४ बलमा एक चौकाको मद्दतले १६ रन बनाए
गुल्सनकुमार झा १७औं ओभरको दोस्रो बलमा रन आउट भए । उनले दुई रन मात्रै बनाउन सकेन ।
दीपेन्द्रले १८औं ओभरका चौथो बलमा जिसन मक्सुदलाई पेभेलियनको बाटो देखाए । ३५ बलमा चार चौका प्रहार गरेका उनी ब्रेन्डन म्याकमुलनबाट क्याच भए ।
सोमपाल कामी १९औं ओभरको पाँचौं बलमा पेभेलियन फर्किए । ११ रन बनाएक उनलाई कुग्गेलिजनले इशान पाण्डेबाट क्याच गराए ।
हरमितले अन्तिम ओभरकाे चौथो बलमा नन्दन यादवलाई खाता पनि खोल्न नदिइ म्याकमुलनबाट क्याच गराए । सोही ओभरको अन्तिम बलमा अभिनास बोहरा विकेटकिपर विनाद भण्डारीबाट स्ट्याम्पिङ भए । उनले पनि खाता खोल्न सकेनन् ।