काठमाडौं । पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको रोमाञ्चक सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर (एनपिएल) मा शीर्ष दुईको सम्भावनालाई बलियो बनाएको छ ।
जितसँगै ६ खेलमा १० अंक जोडेको सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । पोखराले सात खेलमा चार अंक जोड्दै सातौं स्थानमा रहेर लिग सक्काएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रनमा समेटियो ।
पोखराका लागि आन्द्रेस गोसले ३६, किरणकुमार ठगुन्नाले ३२, रेमोन रिफले ३३, दिनेश खरेलले १५ र जान मलिकले १० रन बनाए ।
छैटौं विकेटका लागि किरण र रेमोनले ७० रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजनले ३.४ ओभरमा एक मेडनसहित १८ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी हरमितसिंहले तीन र सेफ जैबले एक विकेट लिए ।
चौथो ओभरको पहिलो बलमा स्कट कुग्गेलिजनले दिनेश खरेललाई नरेश बुढाऐरबाट क्याच गराए । उनले १२ बलमा तीन चौकाको मद्दतले १५ रन बनाए । सोही ओभरको चौथो बलमा कप्तान कुशल भुर्तेन रनको खाता पनि खोल नपाइ ब्रेन्डन म्याकमुलनबाट क्याच भए ।
छैटौं ओेभरका पाँचौं बलमा कुग्गेलिजनले दिलिप नाथलाई व्यक्तिगत एक रनमा बोल्ड गरे । आन्द्रेस गौस आठौं ओभरको चौथो बलमा पेभेलियन फर्किए । २१ बलमा चार चौका र दुई छक्काको मद्दतले ३६ रन बनाएका उनलाई सेफ जैबले आरिफ शेखबाट क्याच गराए ।
जेन मलिकलाई ११औं ओभरको पहिलो बलमा हरमित सिंहले विकेटकिपर विनोद भण्डारीबाट स्ट्याम्पिङ गराए । उनले १० रन बनाए ।
हरमितलले १९औं ओभरको पहिलो बलमा रेमोन रिफलाई पेभेलियनको बाटो देखाए । २८ बलमा समान दुई चौका र छक्काको मद्दतले ३३ रन बनाएका उनलाई नरेन साउदबाट क्याच गराए । सोही ओभरको अन्तिम माइकल लिस्क नरेश बुढाऐरबाट क्याच भए । उनले पाँच रन बनाए ।
अन्तिम ओभरको पहिलो बलमा कुग्गेलिजनले किरणकुमार ठगुन्नालाई बोल्ड गरे । उनले २८ बलमा तीन चौका र एक छक्काको मद्दतले ३२ रन बनाए । लत्तैको बलमा सन्दीप अर्याल खाता पनि खोल्न नपाइ रन आउट भए ।
अन्तिम ओभरको चौथो बलमा कुग्गेलिजनले विपिन खत्रीलाई रनको खाता पनि खोल्न नदिइ म्याकमुलनबाट क्याच गराए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेकाे थियाे ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले दुई तथा रेमोन रिफर, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए ।
सुदूरपश्चिमका लागि आरिस शेखले ३८ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित ४२ रन बनाए । यसैगरी ब्रेन्डन म्याकमुलनले २३, कप्तान दिपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोडे ।
दोस्रो ओभरको पाँचौं बलमा रेमोन रिफरले सेफ जैबले व्यक्तिगत ९ रनमा बोल्ड गरे ।
सातौं ओरभको दोस्रो बलमा विनोद भण्डारी पेभेलियन फर्किए । १६ बलमा समान एक चौका र छक्काको मद्दतले १४ रन बनाएर खेलिहरेका उनलाई कुशल भुर्तेलले विपिन खत्रीबाट क्याच गराए ।
सोही ओभरको अन्तिम बलमा कुशलले ब्रेन्डन म्याकमुलनलाई पेभेलियनको बाटो देखाए । १६ बलमा दुई छक्का र एक चौकाको मद्दतले २३ रन बनाएका उनी सागर ढकालबाट क्याच भए ।
माइकल लिस्कले १०औं ओभरको चौथो बलमा हरमित सिंहलाई सुदीप अर्यालबाट क्याच गराए । उनले १० बलमा एक छक्कासहित १३ रन बनाए ।
दीपेन्द्रसिंह ऐरी १५औं ओभरको अन्तिम बलमा पेभेलियन फर्किए । १६ बलमा एक छक्कासहित २० रन बनाएका उनलाई सागर ढकालले एलबिडब्ल्युको धरापमा पारे ।
इशान पाण्डे १९औं ओभरको पहिलो बलमा रियायर्ड हार्ट भए । उनली ११ बलमा एक चौकाको मद्दतले १० रन बनाएर खेलिरहेका थिए ।
अन्तिम ओभरको तेस्रो बलमा स्कट कुग्गेलिजन रन आउट भए । उनले दुई रन मात्रै बनाउन सके ।