कार्तिक ११, २०८१ आइतबार | २३:४०:०९
तनावपूर्ण खेलमा नेपाल विजयी, उपाधिका लागि बंगलादेशको सामना गर्ने नेपाल र भारतबीचको खेल तनावपूर्ण नेपाल र भातरबीचको पहिलो हाफ गोलरहित भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो तनावपूर्ण खेलमा नेपाल विजयी, उपाधिका लागि बंगलादेशको सामना गर्ने नेपाल र भारतबीचको खेल तनावपूर्ण नेपाल र भातरबीचको पहिलो हाफ गोलरहित भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो

तनावपूर्ण खेलमा नेपाल विजयी, उपाधिका लागि बंगलादेशको सामना गर्ने

काठमाडौं । निकै तानवपूर्ण खेलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा ४-२ को जित निकाल्दै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट ११ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमा भारतका लागि मनिषा र पुरुषोत्तम श्रीभाइकरले गोल गर्दा आशातलादेवी र चानु सोरोखाइबम भने चुके । आशालतादेवीको प्रहार पोलमा लागेर फर्किए सारोखाइबमको प्रहार वैकल्पिक गोलकिपर अन्जना रानामगरले बचाइन् ।

नेपालका लागि सावित्रा भण्डारी, गिता राना, सवीता रानमगर र अमिशा कार्कीले गोल गरे ।

निर्धारित समयमा नेपालका लागि सावित्रा भण्डारी र भारतका लागि संगीता बाँसफोरेले गोल गरे ।

खेलको ३१औं मिनेटमा नेपालले सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेन । सावित्रा भण्डारीको प्रहारलाई भारतीय गोलकिपर देवीवाङ्खेमले बचाइन् । रिबाउन्डमा अमिशा कार्कीको प्रहारलाई पनि उनैले गोलमा परिणत हुन दिइनन् ।

रेखा पौडेलले दोहोरो पहेंलो कार्डपछि रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ५२औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो ।

रेखा पौडेलले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ५२औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । त्यसपछि तनावपूर्णस्थिती सृजना भएपछि खेल करिब १५ मिनेट रोकिएको थियो ।

खेलको ७२औं मिनेटमा संगीता बाँसफोरेको गोलमार्फत भारतले अग्रता लिएको थियो । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।  

उक्त गोलपछि भारतीय खेलाडीले खुसीयाली मनाउँदै गर्दा रेफ्रीmले प्ले अनको ह्विसल बजाएपछि नेपालले बल अगाडि बढाउँदै नेपालले बराबरी गोल फर्काएको थियो । तर प्रीति राईको उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि फेरि तनावकोस्थिती सृजना भएको थियो ।

रेफ्रीको उक्त निर्णयमा नेपाली दर्शकले बोलत प्रहार गरेपछि खेल पुनः रोकियो । करिब १ घन्टा १५ मिनेट रोकिएपछि खेल सुरु भएको थियो । खेल १० मिनेट घटाइएको थियो । 

खेल सुरु भए लगत्तै सावित्राले नेपालका लागि बराबरी गोल फर्काइन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

नेपालले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध ७-१ को फराकिलो जित निकालेको थियो ।

 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar