काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपन अन्तर्गत नेपाल र भारतबीच जारी दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेका छैनन् ।
खेलको ३१औं मिनेटमा नेपालले सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेन । सावित्रा भण्डारीको प्रहारलाई भारतीय गोलकिपर देवीवाङ्खेमले बचाइन् । रिबाउन्डमा अमिशा कार्कीको प्रहारलाई पनि उनैले गोलमा परिणत हुन दिइनन् ।
यो खेलको विजेताले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध ७-१ को फराकिलो जित निकालेको थियो ।
भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar