वैशाख २७, २०८२ शनिबार | ०१:३६:०१
आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित

नेतृत्वले विकल्प दिन नसके दुर्घटनाको शृंखला हुनसक्छः पूर्व अध्यक्ष शेर्पा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिकद्धन्द्धको विषयलाई उठान गर्दै पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले ठूलो दुर्घटना हुन सक्ने संकेत गरेका छन् ।

बिहीबार बिहान सामाजिक संञ्जालमा शेर्पाले खेलेका छन्,‘नेतृत्वले समयमा विकल्प दिन नसके दुर्घटनाको शृंखलाहरु हुन सक्छ,’ शेर्पाले एन्फा र आफूनिकट रहेकालाई समाजिक संजालमा लेखिएको पोष्ट ट्याग गर्दै लेखेका छन् ।

पछिल्लो दुई दिन एन्फा महासचिव किरण राईको कार्यकक्षमा ताला लाग्दा एन्फाको विवाद पुनः एकपटक सतहमा आएको छ ।

पछिल्लो दुई दिन एन्फा महासचिव किरण राईको कार्यकक्षमा ताला लाग्दा एन्फाको विवाद पुनः एकपटक सतहमा आएको छ । असन्तुष्ट केन्द्रिय सदस्य रविन चन्दसहित अन्य सदस्यले महासचिव राई एन्फाको कामकाजमा भन्दा बढि बिदा बसेको भन्दै ताला लगाएका थिए ।

अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको सहमतीसँगै २४ घण्टापछि ताला खोलिएको थियो । तर, यसबीचमा महासचिव राईले आफुअन्तर्गतका प्रशासन कर्मचारीलाई काम गर्न बन्देज लगाएका थिए । जसका कारण गत मंगलबार दिनभर एन्फाको कुनै पनि प्रशासनिक कार्य हुन सकेन ।

भदौं २४ मा एन्फाको बिशेष साधारणसभा हुँदैछ । साधारणसभा अघि अहिले सत्तापक्षबीच नै ठूलो टकराब बढ्दै गएको छ । 

भदौं २४ मा एन्फाको विशेष साधारणसभा हुँदैछ । साधारणसभा अघि अहिले सत्तापक्षबीच नै ठूलो टकराब बढ्दै गएको छ । बाहिर रहेका समूहले पनि आ-आफ्नो सम्भावित तयारी सुरु गरेका छन् ।

गतवर्ष असार ६ मा एकैसमूहबाट निर्वाचित पदाधिकारी नै अहिले दुई समूहमा विभाजित छन् । महासचिव राई र कोषाध्यक्ष रविन्द्र जोशीको कार्यकुशलतामाथि प्रश्न गर्दै बहुमत सदस्यले राजिनामा माग्दै आएका छन् । जसको कारण धेरै कार्यसमिति बैठक अनिर्णित बन्दै आएको छ । यता, अध्यक्षको कार्यप्रति पनि प्रश्न उठाउन छाडिएको छैन ।

नेम्बाङसमूहबाटै निर्वाचित सदस्य अनिल मल्लले फ्रेस म्यान्डेटका लागि चुनावमा जानुपर्ने बताएका छन् ।

नेम्वाङ समूहबाटै निर्वाचित सदस्य अनिल मल्लले फ्रेस म्यान्डेटका लागि चुनावमा जानुपर्ने बताएका छन् ।‘अब कत्तिपनि ढिलो नगरि ‘फ्रेस म्यान्डेट’का लागी निर्वाचनमा जानुपर्छ,’ मल्लले सामाजिक सञ्जालमै लेखेका छन् । उनले अबैध र मनपरी कार्यशैलीले संस्था चल्न नसक्ने दाबी गरेका छन्,‘यस्तो अबैध अनि मनपरि कार्यशैलीले संस्था चल्दैन भन्ने कुरा पुष्ठि भइसक्यो,’ मल्लले लेखेका छन् । 

पछिल्लो समय   एन्फामा   आर्थिक पारदर्शिता नभएको, कार्यसमितिको बैठकले पारित गरेका कुनै पनि निर्णय लागु नहुने, सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको तयारी रकम क्लबहरुलाई नदिनु तथा ‘बी’ र ‘सी’ डिभिजिन लिग, महिला राष्ट्रिय लिग आयोजना गर्न नसकेपछि नेतृत्वको चर्काे आलोचना हुँदै आएको छ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP