पुस १८, २०८२ शनिबार | ०१:३७:३४
खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ चेल्सी र मारेस्का छुट्टिनुको अर्थ समर्थकको खिन्नताबीच उपाधि भिड्न्तमा हेल्प नेपाल र आर्मी राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस अपेक्षित उपाधि भिडन्तमा न्यु डायमण्ड र नेपाल पुलिस एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ चेल्सी र मारेस्का छुट्टिनुको अर्थ समर्थकको खिन्नताबीच उपाधि भिड्न्तमा हेल्प नेपाल र आर्मी राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस अपेक्षित उपाधि भिडन्तमा न्यु डायमण्ड र नेपाल पुलिस एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा

मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम निराश

काठमाडौं । मोरक्को र क्रोएसियाले बिहीबार राति समूह चरणका अन्तिम खेलमा आफू अनुकुल नतिजा निकाल्दै कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।

बराबरीको नतिजा पर्याप्त हुने अवस्थामा समूह ‘एफ’को अन्तिम खेलका लागि अल थुमामा रंगशालामा मैदान उत्रिएको मोरक्कोले कमजोर क्यानाडामाथि २-१ को नतिजा हासिल गर्यो ।

यसैगरी क्रोएसियालाई पनि अन्तिम १६ को यात्रा पक्का गर्न बेल्जियमविरुद्धको खेलमा बिहीबार बराबरी पर्याप्त हुने अवस्था थियो ।

अहमद बिन अली रंगशालाको मैदानमा सबै पक्षबाट हावी भए पनि पाएका झण्डै एक दर्जन अवसरमा चुक्दा टोली बराबरीकै नतिजाका साथ अन्तिम १६ को यात्रामा निस्कियो । जवकि दोस्रो हाफको अन्तिम २० मिनेट भने बेल्जियमले थुप्रै खतरनाक आक्रमण बुनेको थियो । तिनमा जोगिँदा क्रोएसिया भाग्यशाली सावित भयो । 

चार वर्षअघिको विश्वकपमा फाइनल पुगेको क्रोएसियाले विपक्षी पोष्टमा कुल दश पटक आक्रमण गर्दा चार प्रहार पोष्टलक्षित थिए ।

बेल्जियमले भने ११ पटक क्रोएसियाको पोष्टमा धावा बोल्दा  चार प्रहार पोष्टलक्षित थियो ।

बिहीबारको नतिजापछि सात अंकका साथ मोरक्को समूह विजेता तथा क्रोएसिया पाँच अंकका साथ उपविजेताका रुपमा अगाडि बढेका हुन् ।

चार अंकमा सीमित बेल्जियम अपरिहार्य जितबाट विमुख हुँदा टोलीको यात्रा समूह चरणमै सीमित भयो । चार वर्षअघि रुस विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको बेल्जियमलाई यसपाली पनि उपाधिकै दाबेदारको रुपमा लिइएको थियो ।

तर, केभिन डी ब्रुयना र बैकल्पिक खेलाडी रोमेलु लुकाकु तीन वटा सुनौला अवसरमा चुक्दा टोलीको यात्रा समूह चरणभन्दा अगाडि बढ्न सकेन ।

डी ब्रुयनाले ६०औं मिनेटमा तीन विपक्षी रक्षकको बीचबाट गरेको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले फर्काए । रिबाउन्डमा कसैको निगरानीमा नरहेका लुकाकुले गरेको प्रहार पोष्टमा लागेर फर्किँदा बेल्जियम समर्थक निराश भएका थिए ।

लगत्तै तीन मिनेटपछि डी ब्रुयनाकै क्रसमा लुकाकुले गरेको हेड पोष्टभन्दा माथिबाट बाहिरिएको थियो ।

अन्तिम मिनेटमा थोर्गान हाजार्डको लो क्रसमा लुकाकुले ६ यार्ड बक्सबाट गरेको प्रहारमा पनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच बाधक बने भने इन्जुरी समयको दोस्रो मिनेटमा पनि लुकाकु एउटा सुनौलो अवसरमा चुके ।

अन्तिम खेलअघि नै समूह चरणबाटै बाहिरिइसकेको क्यानाडामाथि जित हासिल गर्ने क्रममा मोरक्कोका लागि अल थुमामा रंगशालामा हाकिम जियाच र युसुफ इन नेसिरीले गोल गरेका थिए ।

चौथो मिनेटमै जियाचले अघि बढाएको टोलीका लागि २३औं मिनेटमा इन नेसिरीले  अचरफ हाकिमीको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । इन नेसिरी यही गोलका साथ दुई विश्वकपमा गोल गर्ने मोरक्कोका पहिलो खेलाडी बनेका छन् ।

४०औं मिनेटमा मोरक्कोकै नायेफ एगुर्डको आत्मघाति गोलमा क्यानाडाले खेलमा फर्किने संकेत गरेको थियो । तर, त्यसपछि थप गोल गर्न नसक्दा क्यानाडा विश्वकपमा जित र अंकरहित भएर घर फर्कियो ।

समूहमा मोरक्को र क्यानाडाले पहिलो खेलमा एक-अर्कासँग गोलरहित बराबरी नतिजा निकालेका थिए भने बेल्जियमले कमजोर क्यानाडामाथि १-० को जित हासिल गरेको थियो ।

यसैगरी समूहको दोस्रो खेलमा क्रोएसियाले क्यानाडालाई ४-१ तथा मोरक्कोले बेल्जियमलाई २-० को नतिजामा पराजित गरेका थिए ।

समूह ‘एफ’को विजेताले अन्तिम १६ मा समूह ‘ई’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी उपविजेताले अर्को समूहको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ई’बाट नकआउट चरण पुग्ने दूई टोलीको टुंगो आजै राति १२ः४५ बजे एकै समयमा हुने दुई खेलले लगाउनेछन् । सबै चार टोलीको अगाडि बढ्ने सम्भावना रहेको अवस्थामा आज राति निर्णायक खेलमा जापानले स्पेन तथा जर्मनीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

समूहमा पूर्वविजेता स्पेन चार अंकका साथ शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन् । चार पटकको पूर्व च्याम्पियन जर्मनी भने एक अंकका साथ पुछारमा छ । 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC