चैत्र १५, २०८२ आइतबार | १६:४७:४१
नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा

मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम निराश

काठमाडौं । मोरक्को र क्रोएसियाले बिहीबार राति समूह चरणका अन्तिम खेलमा आफू अनुकुल नतिजा निकाल्दै कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।

बराबरीको नतिजा पर्याप्त हुने अवस्थामा समूह ‘एफ’को अन्तिम खेलका लागि अल थुमामा रंगशालामा मैदान उत्रिएको मोरक्कोले कमजोर क्यानाडामाथि २-१ को नतिजा हासिल गर्यो ।

यसैगरी क्रोएसियालाई पनि अन्तिम १६ को यात्रा पक्का गर्न बेल्जियमविरुद्धको खेलमा बिहीबार बराबरी पर्याप्त हुने अवस्था थियो ।

अहमद बिन अली रंगशालाको मैदानमा सबै पक्षबाट हावी भए पनि पाएका झण्डै एक दर्जन अवसरमा चुक्दा टोली बराबरीकै नतिजाका साथ अन्तिम १६ को यात्रामा निस्कियो । जवकि दोस्रो हाफको अन्तिम २० मिनेट भने बेल्जियमले थुप्रै खतरनाक आक्रमण बुनेको थियो । तिनमा जोगिँदा क्रोएसिया भाग्यशाली सावित भयो । 

चार वर्षअघिको विश्वकपमा फाइनल पुगेको क्रोएसियाले विपक्षी पोष्टमा कुल दश पटक आक्रमण गर्दा चार प्रहार पोष्टलक्षित थिए ।

बेल्जियमले भने ११ पटक क्रोएसियाको पोष्टमा धावा बोल्दा  चार प्रहार पोष्टलक्षित थियो ।

बिहीबारको नतिजापछि सात अंकका साथ मोरक्को समूह विजेता तथा क्रोएसिया पाँच अंकका साथ उपविजेताका रुपमा अगाडि बढेका हुन् ।

चार अंकमा सीमित बेल्जियम अपरिहार्य जितबाट विमुख हुँदा टोलीको यात्रा समूह चरणमै सीमित भयो । चार वर्षअघि रुस विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको बेल्जियमलाई यसपाली पनि उपाधिकै दाबेदारको रुपमा लिइएको थियो ।

तर, केभिन डी ब्रुयना र बैकल्पिक खेलाडी रोमेलु लुकाकु तीन वटा सुनौला अवसरमा चुक्दा टोलीको यात्रा समूह चरणभन्दा अगाडि बढ्न सकेन ।

डी ब्रुयनाले ६०औं मिनेटमा तीन विपक्षी रक्षकको बीचबाट गरेको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले फर्काए । रिबाउन्डमा कसैको निगरानीमा नरहेका लुकाकुले गरेको प्रहार पोष्टमा लागेर फर्किँदा बेल्जियम समर्थक निराश भएका थिए ।

लगत्तै तीन मिनेटपछि डी ब्रुयनाकै क्रसमा लुकाकुले गरेको हेड पोष्टभन्दा माथिबाट बाहिरिएको थियो ।

अन्तिम मिनेटमा थोर्गान हाजार्डको लो क्रसमा लुकाकुले ६ यार्ड बक्सबाट गरेको प्रहारमा पनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच बाधक बने भने इन्जुरी समयको दोस्रो मिनेटमा पनि लुकाकु एउटा सुनौलो अवसरमा चुके ।

अन्तिम खेलअघि नै समूह चरणबाटै बाहिरिइसकेको क्यानाडामाथि जित हासिल गर्ने क्रममा मोरक्कोका लागि अल थुमामा रंगशालामा हाकिम जियाच र युसुफ इन नेसिरीले गोल गरेका थिए ।

चौथो मिनेटमै जियाचले अघि बढाएको टोलीका लागि २३औं मिनेटमा इन नेसिरीले  अचरफ हाकिमीको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । इन नेसिरी यही गोलका साथ दुई विश्वकपमा गोल गर्ने मोरक्कोका पहिलो खेलाडी बनेका छन् ।

४०औं मिनेटमा मोरक्कोकै नायेफ एगुर्डको आत्मघाति गोलमा क्यानाडाले खेलमा फर्किने संकेत गरेको थियो । तर, त्यसपछि थप गोल गर्न नसक्दा क्यानाडा विश्वकपमा जित र अंकरहित भएर घर फर्कियो ।

समूहमा मोरक्को र क्यानाडाले पहिलो खेलमा एक-अर्कासँग गोलरहित बराबरी नतिजा निकालेका थिए भने बेल्जियमले कमजोर क्यानाडामाथि १-० को जित हासिल गरेको थियो ।

यसैगरी समूहको दोस्रो खेलमा क्रोएसियाले क्यानाडालाई ४-१ तथा मोरक्कोले बेल्जियमलाई २-० को नतिजामा पराजित गरेका थिए ।

समूह ‘एफ’को विजेताले अन्तिम १६ मा समूह ‘ई’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी उपविजेताले अर्को समूहको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ई’बाट नकआउट चरण पुग्ने दूई टोलीको टुंगो आजै राति १२ः४५ बजे एकै समयमा हुने दुई खेलले लगाउनेछन् । सबै चार टोलीको अगाडि बढ्ने सम्भावना रहेको अवस्थामा आज राति निर्णायक खेलमा जापानले स्पेन तथा जर्मनीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

समूहमा पूर्वविजेता स्पेन चार अंकका साथ शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन् । चार पटकको पूर्व च्याम्पियन जर्मनी भने एक अंकका साथ पुछारमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो