माघ १५, २०८२ बिहीबार | २२:११:०६
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

स्पेनिस टोलीका दुई प्रतिभावान युवा सारथीः गाबी र पेड्री

दोहा । स्पेनले कतार विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । उपाधिको मुख्य दाबेदारमध्ये एक मानिएको स्पेनले समूह चरणका दुई खेलमा एक जित र एक बराबरी खेल्ने क्रममा आठ गोल गर्दा एक गोल मात्र खाएको छ ।

यसपाली स्पेनलाई उपाधि दाबेदारका रुपमा हेरिनुमा एउटा कारण छ । त्यो हो, लुइस इनरिकेको नेतृत्वमा रहेको स्पेनसँग गाबी र पेड्रीजस्ता युवा खेलाडीको साथ छ ।

समूह चरणमा स्पेनले दुई खेल खेल्दा युवा खेलाडीहरु गाबी र पेड्रीको योगदान उल्लेखनीय थियो । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने यी दुई खेलाडी स्पेनको मध्यपंक्तिको जिम्मेवारीमा छन् । उमेरले पेड्री २० वर्षका भए । गाबी त झन् १८ वर्षका मात्र छन् ।

गाबी अप्रत्याशित छन् । विपक्षी रक्षकहरु बीच नसोचेको संकट निम्त्याउन उनी सक्षम छन् । त्यस्तै पेड्रीसँग रचनात्मक क्षमता र गुणस्तर छ । स्पेनको मिडफिल्डमा सन्तुलन कायम गर्ने गाबी र पेड्रीलाई अनुभवी सर्जियो बुस्केटको साथ छ ।

पहिलो पटक विश्वकप खेलिरहेका पेड्री र गाबीलाई  कप्तान सर्जियो बुस्केटले नेतृत्व गरिरहेका छन् । समग्रमा गाबी र पेड्रीले आप्mनो उच्च लयलार्ई निरन्तरता दिए स्पेनलाई दास्रो पटक विश्वकप जित्न सजिलो हुने अपेक्षा गरिएको छ ।

यसै वर्ष जमाल मुसियाला र जुड बेलिङहमलाई पछि पार्दै युवा वर्ष खेलाडी २०२२ को उपाधि जितेका गाबी जारी सिजन राम्रो लयमा  छन् । विश्वकपको पहिलो अनुभवमै गाबीले कोस्टारिकाविरुद्ध भलीमा उत्कृष्ट गोल गरेका थिए ।

कोस्टारिकाविरुद्ध गोल गरेका गाबी १९५८ मा पेलेपछि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । गाबी आफ्नो पोजिसनमा निरन्तर चलायमान रहेर खेल्ने खेलाडी हुन् । बक्समा रन बनाएर होस् वा विपक्षी खेलाडीहरुलाई पछ्याएर किन नहोस, गाबी सधैं खेलमा संलग्न हुन खोज्छन् ।

असाधारण क्षमता भएका गाबीसँग प्राविधिक क्षमता पनि उत्तिकै छ । आफ्ना साथीहरुलाई सटिक पास दिन माहिर गाबीकै पासमा कोस्टारिकाविरुद्ध ड्यानी ओल्मोले स्पेनको पहिलो गोल गरेका थिए ।

गत वर्ष युरोपियन च्याम्पियनसिपमा पेड्रीको प्रदर्शन प्रेरित स्पेनले सेमिफाइनल सम्मको यात्रा गरेको थियो । त्यतिबेला उनले सर्वोत्कृष्ट युवा खेलाडीको उपाधि समेत जितेका थिए । मिडफिल्ड थ्रीको बायाँ तर्फबाट खेल्ने पेड्री आफ्नो दृष्टि र प्राविधिक क्षमताका कारण चर्चित छन् । पेड्री आक्रमणमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छन् । उनको भूमिका स्पेनको विश्वकप यात्रामा महत्वपूर्ण रहनेछ ।

यिनै क्षमताका कारण पेड्री र गाबीलाई स्पेनिस फुटबलका पूर्व हस्तीद्धय जाभी हर्नान्डेज र आन्द्रेस इनियस्टाको उत्तराधिकारीका रुपमा समेत हेरिन्छ । विश्वकप २०२२ को समूह चरणअन्तर्गत निर्णायक अन्तिम खेलमा आज राति एसियाली महारथी जापानको सामना गर्दा यिनै दुई युवा प्रतिभाको प्रदर्शनमा धेरै हदसम्म स्पेनको भाग्य निर्धारण हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।