चैत्र ६, २०८२ शुक्रबार | २३:१३:५९
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

स्पेनिस टोलीका दुई प्रतिभावान युवा सारथीः गाबी र पेड्री

दोहा । स्पेनले कतार विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । उपाधिको मुख्य दाबेदारमध्ये एक मानिएको स्पेनले समूह चरणका दुई खेलमा एक जित र एक बराबरी खेल्ने क्रममा आठ गोल गर्दा एक गोल मात्र खाएको छ ।

यसपाली स्पेनलाई उपाधि दाबेदारका रुपमा हेरिनुमा एउटा कारण छ । त्यो हो, लुइस इनरिकेको नेतृत्वमा रहेको स्पेनसँग गाबी र पेड्रीजस्ता युवा खेलाडीको साथ छ ।

समूह चरणमा स्पेनले दुई खेल खेल्दा युवा खेलाडीहरु गाबी र पेड्रीको योगदान उल्लेखनीय थियो । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने यी दुई खेलाडी स्पेनको मध्यपंक्तिको जिम्मेवारीमा छन् । उमेरले पेड्री २० वर्षका भए । गाबी त झन् १८ वर्षका मात्र छन् ।

गाबी अप्रत्याशित छन् । विपक्षी रक्षकहरु बीच नसोचेको संकट निम्त्याउन उनी सक्षम छन् । त्यस्तै पेड्रीसँग रचनात्मक क्षमता र गुणस्तर छ । स्पेनको मिडफिल्डमा सन्तुलन कायम गर्ने गाबी र पेड्रीलाई अनुभवी सर्जियो बुस्केटको साथ छ ।

पहिलो पटक विश्वकप खेलिरहेका पेड्री र गाबीलाई  कप्तान सर्जियो बुस्केटले नेतृत्व गरिरहेका छन् । समग्रमा गाबी र पेड्रीले आप्mनो उच्च लयलार्ई निरन्तरता दिए स्पेनलाई दास्रो पटक विश्वकप जित्न सजिलो हुने अपेक्षा गरिएको छ ।

यसै वर्ष जमाल मुसियाला र जुड बेलिङहमलाई पछि पार्दै युवा वर्ष खेलाडी २०२२ को उपाधि जितेका गाबी जारी सिजन राम्रो लयमा  छन् । विश्वकपको पहिलो अनुभवमै गाबीले कोस्टारिकाविरुद्ध भलीमा उत्कृष्ट गोल गरेका थिए ।

कोस्टारिकाविरुद्ध गोल गरेका गाबी १९५८ मा पेलेपछि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । गाबी आफ्नो पोजिसनमा निरन्तर चलायमान रहेर खेल्ने खेलाडी हुन् । बक्समा रन बनाएर होस् वा विपक्षी खेलाडीहरुलाई पछ्याएर किन नहोस, गाबी सधैं खेलमा संलग्न हुन खोज्छन् ।

असाधारण क्षमता भएका गाबीसँग प्राविधिक क्षमता पनि उत्तिकै छ । आफ्ना साथीहरुलाई सटिक पास दिन माहिर गाबीकै पासमा कोस्टारिकाविरुद्ध ड्यानी ओल्मोले स्पेनको पहिलो गोल गरेका थिए ।

गत वर्ष युरोपियन च्याम्पियनसिपमा पेड्रीको प्रदर्शन प्रेरित स्पेनले सेमिफाइनल सम्मको यात्रा गरेको थियो । त्यतिबेला उनले सर्वोत्कृष्ट युवा खेलाडीको उपाधि समेत जितेका थिए । मिडफिल्ड थ्रीको बायाँ तर्फबाट खेल्ने पेड्री आफ्नो दृष्टि र प्राविधिक क्षमताका कारण चर्चित छन् । पेड्री आक्रमणमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छन् । उनको भूमिका स्पेनको विश्वकप यात्रामा महत्वपूर्ण रहनेछ ।

यिनै क्षमताका कारण पेड्री र गाबीलाई स्पेनिस फुटबलका पूर्व हस्तीद्धय जाभी हर्नान्डेज र आन्द्रेस इनियस्टाको उत्तराधिकारीका रुपमा समेत हेरिन्छ । विश्वकप २०२२ को समूह चरणअन्तर्गत निर्णायक अन्तिम खेलमा आज राति एसियाली महारथी जापानको सामना गर्दा यिनै दुई युवा प्रतिभाको प्रदर्शनमा धेरै हदसम्म स्पेनको भाग्य निर्धारण हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो