माघ ३, २०८२ शनिबार | १८:२८:०३
एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो

लियोनल मेसी र अर्जेन्टिनाका लागि महत्वपूर्ण समय

काठमाडौं । दुई पटकको विजेता अर्जेन्टिना र युरो २०२० को सेमिफाइनल पुगेको डेनमार्कले विश्वकपको अन्तिम १६ मा पुग्नका लागि समूह चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ ।

पोल्यान्ड, साउदी अरेबिया, मेक्सिको, अस्ट्रेलिया र ट्युनिसियाले पनि समूह ‘सी’ र ‘डी’बाट अन्तिम १६ को सम्भवना कायमै राखेका छन् ।  

पक्कै पनि लियोनेल मेसी अर्जेन्टिनी टोलीका मुख्य खेलाडी हुन् । करियरको अन्तिम विश्वकप खेलिरहेका मेसीबाट अर्जेन्टिनाले ठूलो आशा गरेको छ । अर्जेन्टिना मात्र होइन, पूरा विश्व फुटबलले मेसीलाई विशेष चासोका साथ हेरिरहेको छ ।

समूह ‘सी’का अघिल्लो दुवै खेलमा अर्जेन्टिनाका लागि मेसीले गोल गरेका छन् । पहिलो खेलमा साउदी अरेबियासँग पराजित अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोमाथि जित हासिल गरेको थियो । नकआउट चरण पुग्नका लागि आज समूहको अन्तिम खेलमा टोलीले रोबर्ट लेवान्डोवस्कीको पोल्यान्डसँग खेल्नेछ ।

भाग्य राम्रो रहे र टिमले सन्तुलित प्रदर्शन गर्दै सुखद नतिजा निकाले समूह ‘सी’बाट अर्जेन्टिना अघि बढ्ने छ ।

विश्वपक उचाल्ने सपना जीवित राख्न अर्जेन्टिनाले सबभन्दा पहिला आज राति स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको नेतृत्वमा रहेको पोल्यान्डलाई हराउनुपर्छ । पोल्यान्डलाई भने अन्तिम १६ प्रवेशका लागि बराबरी नै पर्याप्त हुनेछ ।

विश्व फुटबलले पाएका दुई सुपरस्टारबीच आज हुने प्रतिस्पर्धालाई उत्सुकताका साथ हेरिएको छ । पक्कै पनि विश्वकपको नकआउट चरण पुग्ने टोलीको निर्णयमा यो खेलको विशेष महत्व छ । तर, खासमा यो खेलको महत्व नतिजाभन्दा माथि छ । किनकी यही खेलमा लेवान्डोवस्की र मेसीलाई दुई प्रतिस्पर्धी टिमका लागि एकसाथ मैदानमा देख्न पाइनेछ । सायद, अन्तर्राष्ट्रिय फुटबलमा अन्तिम पटक ।

साउदीबाट अर्को आश्चर्यजनक नतिजा आउला ?

साउदी अरेबियाका प्रशिक्षक हर्भ रेनार्डले आफ्ना खेलाडीहरू नकआउट चरणमा स्थान सुरक्षित गर्दै इतिहास रच्नका लागि शतप्रतिशत मेहनत गर्नेमा प्रतिबद्ध रहेको बताएका छन् ।  

समूह ‘सी’को पहिलो खेलमा अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको साउदी मेक्सिकोलाई हराउँदै अर्को अप्रत्यासित नतिजा निकाल्ने प्रयासमा हुनेछ ।

अमेरिकामा आयोजित १९९४ को विश्वकप यता साउदीले समूह चरण पार गर्न सकेको छैन । तर यसपटक टोलीलाई इतिहास रच्ने अवसर छ । नकआउट चरण पुग्नका लागि साउदीले आज जित्नुपर्ने हुन्छ । साउदी बराबरीमा रोकिएको अवस्थामा पनि झिनो गणितीय सम्भावना भने कायम रहन्छ ।

फ्रान्ससँगै समूह ‘डी’ बाट दोस्रो टोलीका रुपमा अन्तिम १६ मा को पुग्ला ? अझै बढि रोचक यो प्रश्नको उत्तर पनि आज राति एकै समयमा हुने दुई खेलले दिनेछन् ।

समूह ‘डी’ बाट नकआउट चरण पुग्ने प्रतिस्पर्धा तीन टोलीबीच खुला छ । अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया अझै पनि अन्तिम १६ को दौडमा सामेल छन् ।

अस्ट्रेलियाले डेनर्माविरुद्ध स्पष्ट जित निकाले १६ वर्षपछि अन्तिम १६ को यात्रा तय गर्नेछ । बराबरी पनि अस्ट्रेलियालाई अघि बढ्न पर्याप्त बन्न सक्छ तर त्यसका लागि ट्युनिसियाले फ्रन्सलाई हराउनु हुँदैन ।

डेनमार्क र ट्युनिसियासामू भने जितको विकल्प छैन । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate