चैत्र ६, २०८२ शुक्रबार | ०८:०१:५३
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

लियोनल मेसी र अर्जेन्टिनाका लागि महत्वपूर्ण समय

काठमाडौं । दुई पटकको विजेता अर्जेन्टिना र युरो २०२० को सेमिफाइनल पुगेको डेनमार्कले विश्वकपको अन्तिम १६ मा पुग्नका लागि समूह चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ ।

पोल्यान्ड, साउदी अरेबिया, मेक्सिको, अस्ट्रेलिया र ट्युनिसियाले पनि समूह ‘सी’ र ‘डी’बाट अन्तिम १६ को सम्भवना कायमै राखेका छन् ।  

पक्कै पनि लियोनेल मेसी अर्जेन्टिनी टोलीका मुख्य खेलाडी हुन् । करियरको अन्तिम विश्वकप खेलिरहेका मेसीबाट अर्जेन्टिनाले ठूलो आशा गरेको छ । अर्जेन्टिना मात्र होइन, पूरा विश्व फुटबलले मेसीलाई विशेष चासोका साथ हेरिरहेको छ ।

समूह ‘सी’का अघिल्लो दुवै खेलमा अर्जेन्टिनाका लागि मेसीले गोल गरेका छन् । पहिलो खेलमा साउदी अरेबियासँग पराजित अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोमाथि जित हासिल गरेको थियो । नकआउट चरण पुग्नका लागि आज समूहको अन्तिम खेलमा टोलीले रोबर्ट लेवान्डोवस्कीको पोल्यान्डसँग खेल्नेछ ।

भाग्य राम्रो रहे र टिमले सन्तुलित प्रदर्शन गर्दै सुखद नतिजा निकाले समूह ‘सी’बाट अर्जेन्टिना अघि बढ्ने छ ।

विश्वपक उचाल्ने सपना जीवित राख्न अर्जेन्टिनाले सबभन्दा पहिला आज राति स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको नेतृत्वमा रहेको पोल्यान्डलाई हराउनुपर्छ । पोल्यान्डलाई भने अन्तिम १६ प्रवेशका लागि बराबरी नै पर्याप्त हुनेछ ।

विश्व फुटबलले पाएका दुई सुपरस्टारबीच आज हुने प्रतिस्पर्धालाई उत्सुकताका साथ हेरिएको छ । पक्कै पनि विश्वकपको नकआउट चरण पुग्ने टोलीको निर्णयमा यो खेलको विशेष महत्व छ । तर, खासमा यो खेलको महत्व नतिजाभन्दा माथि छ । किनकी यही खेलमा लेवान्डोवस्की र मेसीलाई दुई प्रतिस्पर्धी टिमका लागि एकसाथ मैदानमा देख्न पाइनेछ । सायद, अन्तर्राष्ट्रिय फुटबलमा अन्तिम पटक ।

साउदीबाट अर्को आश्चर्यजनक नतिजा आउला ?

साउदी अरेबियाका प्रशिक्षक हर्भ रेनार्डले आफ्ना खेलाडीहरू नकआउट चरणमा स्थान सुरक्षित गर्दै इतिहास रच्नका लागि शतप्रतिशत मेहनत गर्नेमा प्रतिबद्ध रहेको बताएका छन् ।  

समूह ‘सी’को पहिलो खेलमा अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको साउदी मेक्सिकोलाई हराउँदै अर्को अप्रत्यासित नतिजा निकाल्ने प्रयासमा हुनेछ ।

अमेरिकामा आयोजित १९९४ को विश्वकप यता साउदीले समूह चरण पार गर्न सकेको छैन । तर यसपटक टोलीलाई इतिहास रच्ने अवसर छ । नकआउट चरण पुग्नका लागि साउदीले आज जित्नुपर्ने हुन्छ । साउदी बराबरीमा रोकिएको अवस्थामा पनि झिनो गणितीय सम्भावना भने कायम रहन्छ ।

फ्रान्ससँगै समूह ‘डी’ बाट दोस्रो टोलीका रुपमा अन्तिम १६ मा को पुग्ला ? अझै बढि रोचक यो प्रश्नको उत्तर पनि आज राति एकै समयमा हुने दुई खेलले दिनेछन् ।

समूह ‘डी’ बाट नकआउट चरण पुग्ने प्रतिस्पर्धा तीन टोलीबीच खुला छ । अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया अझै पनि अन्तिम १६ को दौडमा सामेल छन् ।

अस्ट्रेलियाले डेनर्माविरुद्ध स्पष्ट जित निकाले १६ वर्षपछि अन्तिम १६ को यात्रा तय गर्नेछ । बराबरी पनि अस्ट्रेलियालाई अघि बढ्न पर्याप्त बन्न सक्छ तर त्यसका लागि ट्युनिसियाले फ्रन्सलाई हराउनु हुँदैन ।

डेनमार्क र ट्युनिसियासामू भने जितको विकल्प छैन । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो