चैत्र १८, २०८२ बुधबार | १०:३४:५२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बेल्जियमको सुखद सुरुआत

दोहा । मिचे बात्सोईको निर्णायक गोलमा बेल्जियमले बुधबार कतार विश्वकप २०२२ अन्तर्गत समूह एफमा क्यानडामाथि १-० को जितसहित उत्कृष्ट सुरुआत गरेको छ ।

अहमेद बिन अली रंगशालामा ४४औं मिनेटमा बात्सोईले गरेको गोल बेल्जियमको सुखद सुरुआतका लागि पर्याप्त बन्यो । स्ट्राइकर रोमेलु लुकाकु चोटका कारण बाहिर रहँदा बात्सोईले टोलीमा स्थान बनाएका थिए । बेल्जियमका लागि ४७ खेलमा उनको यो २७औं गोल हो ।

रोबेर्टो मार्टिनेजको टोलीका लागि गोलकिपर थिबाउट कोर्टोइसले क्यानडाका अल्फन्डो डेभिसाको पेनाल्टी रोकेका थिए । ३६ वर्ष पछि विश्वपमा फर्किएको क्यानडा सुखद सुरुआत गर्न सफल भएन । 

बेल्जियमले विश्वकपमा समूह चरणमा जित निकालेको यो  लगातार आठौं खेल हो । २००२ मा समूह चरणको दोस्रो खेलमा ट्युनिसियासँग १-१ को बराबरीमा रोकिएपछि बेल्जियमले विश्वकपको समूह चरणको सबै खेल जितेको छ । 

२००६ र २०१० को विश्वपमा छनोट हुन नसकेको बेल्जियमले २०१४ को ब्राजिल र रुस विश्वकपको समूह चरणमा बेल्जियमले कुनै पनि खेल हारेको थिएन । 

समूह एफको पहिलो खेलमा भने गत संस्करणको उपविजेता क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

बेल्जियमले दोस्रो खेलमा आइतबार मोरोक्कोको सामना गर्नेछ भने क्यानडाले क्रोएसियाविरुद्ध खेल्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो