माघ १५, २०८२ बिहीबार | १५:०१:३८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

कतार विश्वकपमा नेदरल्यान्ड्सको विजयी सुरुआत

काठमाडौं । वर्षका उत्कृष्ट डच फुटबलर घोषित कोडी गाक्पो र वैकल्पिक खेलाडी डेभी क्लासेनको गोलमा युरोपेली महारथी नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा सोमबार विजयी सुरुआत गरेको छ ।

दोहाको अल थुमामा रंगशालामा अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा समय सकिन पाँच मिनेट बाँकी रहँदा गाक्पोले नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । गाक्पोले फ्रयांक डी योङको पासमा गोल गरेका थिए ।

इन्जुरी समयको नवौं मिनेटमा बैकल्पिक खेलाडी क्लासेनले अर्को गोल थपेपछि नेदरल्यान्ड्सको जित पक्का भएको थियो । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपेको प्रहार सेनेगलका इडुवार्ड मेन्डीले फर्काएपछि रिबाउन्डमा प्राप्त बललाई क्लासेनले गोलमा परिणत गरेका थिए ।

दुवै टोलीबाट अत्यन्तै प्रतिबद्ध प्रदर्शन भएको खेलमा नेदरल्यान्ड्सका तर्फबाट विपक्षीको पोस्टलक्षित जम्मा दुई प्रहार भएका थिए, दुवैमा टोलीले सफलता प्राप्त गर्यो । जवकि सेनेगलका तर्फबाट भने त्यसअघि नै चार प्रहार विपक्षीको पोस्टमा लक्षित भए पनि गोल हुन सकेनन् ।

विपक्षीको हाफमा तुलनात्मक रुपमा बढि प्रभावकारी देखिएको सेनेगलले गरेका थप पाँच आक्रमण भने पोस्ट लक्षित थिएनन् । नेदरल्यान्ड्सले पनि विपक्षीको पोस्टमा गोलबाहेक थप चार प्रहार गरेको थियो । तर ती सबै प्रहार पोस्टभन्दा बाहिरबाट खेर गएका थिए ।

जितपछि नेदरल्यान्ड्सले तीन अंकका साथ समूहको शीर्ष स्थानमा इक्वेडरसँग बराबरी गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक कतारमाथि दक्षिण अमेरिकी टोली इक्वेडरले २-० को जित हासिल गरेको थियो ।

समूहको दोस्रो खेलमा शुक्रबार नेदरल्यान्ड्सले इक्वेडर तथा सेनेगलले आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।