चैत्र ९, २०८२ सोमबार | ०५:२९:३७
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

कतार विश्वकपमा नेदरल्यान्ड्सको विजयी सुरुआत

काठमाडौं । वर्षका उत्कृष्ट डच फुटबलर घोषित कोडी गाक्पो र वैकल्पिक खेलाडी डेभी क्लासेनको गोलमा युरोपेली महारथी नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा सोमबार विजयी सुरुआत गरेको छ ।

दोहाको अल थुमामा रंगशालामा अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा समय सकिन पाँच मिनेट बाँकी रहँदा गाक्पोले नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । गाक्पोले फ्रयांक डी योङको पासमा गोल गरेका थिए ।

इन्जुरी समयको नवौं मिनेटमा बैकल्पिक खेलाडी क्लासेनले अर्को गोल थपेपछि नेदरल्यान्ड्सको जित पक्का भएको थियो । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपेको प्रहार सेनेगलका इडुवार्ड मेन्डीले फर्काएपछि रिबाउन्डमा प्राप्त बललाई क्लासेनले गोलमा परिणत गरेका थिए ।

दुवै टोलीबाट अत्यन्तै प्रतिबद्ध प्रदर्शन भएको खेलमा नेदरल्यान्ड्सका तर्फबाट विपक्षीको पोस्टलक्षित जम्मा दुई प्रहार भएका थिए, दुवैमा टोलीले सफलता प्राप्त गर्यो । जवकि सेनेगलका तर्फबाट भने त्यसअघि नै चार प्रहार विपक्षीको पोस्टमा लक्षित भए पनि गोल हुन सकेनन् ।

विपक्षीको हाफमा तुलनात्मक रुपमा बढि प्रभावकारी देखिएको सेनेगलले गरेका थप पाँच आक्रमण भने पोस्ट लक्षित थिएनन् । नेदरल्यान्ड्सले पनि विपक्षीको पोस्टमा गोलबाहेक थप चार प्रहार गरेको थियो । तर ती सबै प्रहार पोस्टभन्दा बाहिरबाट खेर गएका थिए ।

जितपछि नेदरल्यान्ड्सले तीन अंकका साथ समूहको शीर्ष स्थानमा इक्वेडरसँग बराबरी गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक कतारमाथि दक्षिण अमेरिकी टोली इक्वेडरले २-० को जित हासिल गरेको थियो ।

समूहको दोस्रो खेलमा शुक्रबार नेदरल्यान्ड्सले इक्वेडर तथा सेनेगलले आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो