माघ १५, २०८२ बिहीबार | ०९:५२:०४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

वेल्स र अमेरिकामा को बलियो ?

दोहा । कतार विश्वकपको दोस्रो दिन आज तीन खेल हुँदैछन् । पहिलो खेलमा इङ्ल्याण्ड र इरान, दोस्रो खेलमा नेदरल्यान्ड्स र सेनेगल तथा तेस्रोमा वेल्स र अमेरिकाले एक-अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

राति १२ः४५ बजे अल एहमद रंगाशालामा हुने वेल्स र अमेरिकाबीचको प्रतिस्पर्धा पहिलो दुई खेलझै रोचक हुने अनुमान गर्न सकिन्छ । कारण वेल्स सुनौलो पुश्ता लिएर कतार पुगेको छ भने अमेरिकी टिममा युरोपका स्तरीय क्लबहरुमा खेल्ने खेलाडीको बाहुल्य छ ।

कतार विश्वकप वेल्सको दोस्रो सहभागिता हो । वेल्सले १९५८ स्वीडेनमा पहिलो पटक विश्वकप खेलेको थियो । आफ्नाे दोस्रो विश्वकपमा वेल्स दोस्रो चरण प्रवेशको योजनामा हुनेछ ।

वेल्सले विश्वकप अगाडि कुनै पनि मैत्रीपूर्ण खेल खेलेन । आफ्नाे अन्तिम अन्तर्राष्ट्रिय खेलमा वेल्स पोन्यान्डसँग १-० ले पराजित भएको थियो । युक्रेनलाई पराजित गर्दै विश्वकपमा पुगेको वेल्सले त्यसयता पाँच अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा टोलीले चार हार बेहोर्दा एक खेलमा बराबरी नतिजा निकालेको छ ।

तर खेलाडीहरु महत्वकांक्षी छन् । कप्तान गारेथ बेल, आरोल रामसी र ड्यानियल जेम्सले लय समाउने हो भने अमेरिकाविरुद्ध वेल्सले नतिजा पक्षमा पार्ने सम्भावना छ ।

उता इतिहास बनाउने लक्ष्यका साथ कतार आइपुगेको अमेरिकामा विदेशी लिगबाट खेल्ने खेलाडीको बाहुल्य छ । त्यसैले प्रशिक्षक ग्रेग बेरहाल्टर कतारमा राम्रो नतिजा आउनेमा आशावादी छन् ।

‘राम्रो दिनमा हामी कुनै पनि टिमलाई हराउन सक्छौं,’ उनले भने ।

उनकै नेतृत्वमा अमेरिकाले विश्वकपमा पुनरागमन गरेको थियो । उमेरको हिसाबले अमेरिका विश्वकप २०२२ को सबैभन्दा युवा टोली हो । २३ वर्षे मिडफिल्डर टायलर एडम्स कतार विश्वकपका सबैभन्दा कान्छा कप्तान हुन् ।

जियोभानी रैना, टिम बे, क्रिस्टियन पुलिसिच, सर्जिनो डेस्ट जस्ता प्रतिभावान खेलाडीले भरिएको अमेरिका आत्मविश्वासी छ । वेल्सलाई पक्कै पनि यी खेलाडीको चुनौती रहनेछ ।

दुवै देशका लागि पहिलो खेल अनुभवका हिसाबले गाह्रो हुने देखिन्छ । यस्तोमा कसले तीन अंक हासिल गर्छ, त्यो हेर्न रोचक हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।