चैत्र ८, २०८२ आइतबार | १२:४८:०२
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

वेल्स र अमेरिकामा को बलियो ?

दोहा । कतार विश्वकपको दोस्रो दिन आज तीन खेल हुँदैछन् । पहिलो खेलमा इङ्ल्याण्ड र इरान, दोस्रो खेलमा नेदरल्यान्ड्स र सेनेगल तथा तेस्रोमा वेल्स र अमेरिकाले एक-अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

राति १२ः४५ बजे अल एहमद रंगाशालामा हुने वेल्स र अमेरिकाबीचको प्रतिस्पर्धा पहिलो दुई खेलझै रोचक हुने अनुमान गर्न सकिन्छ । कारण वेल्स सुनौलो पुश्ता लिएर कतार पुगेको छ भने अमेरिकी टिममा युरोपका स्तरीय क्लबहरुमा खेल्ने खेलाडीको बाहुल्य छ ।

कतार विश्वकप वेल्सको दोस्रो सहभागिता हो । वेल्सले १९५८ स्वीडेनमा पहिलो पटक विश्वकप खेलेको थियो । आफ्नाे दोस्रो विश्वकपमा वेल्स दोस्रो चरण प्रवेशको योजनामा हुनेछ ।

वेल्सले विश्वकप अगाडि कुनै पनि मैत्रीपूर्ण खेल खेलेन । आफ्नाे अन्तिम अन्तर्राष्ट्रिय खेलमा वेल्स पोन्यान्डसँग १-० ले पराजित भएको थियो । युक्रेनलाई पराजित गर्दै विश्वकपमा पुगेको वेल्सले त्यसयता पाँच अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा टोलीले चार हार बेहोर्दा एक खेलमा बराबरी नतिजा निकालेको छ ।

तर खेलाडीहरु महत्वकांक्षी छन् । कप्तान गारेथ बेल, आरोल रामसी र ड्यानियल जेम्सले लय समाउने हो भने अमेरिकाविरुद्ध वेल्सले नतिजा पक्षमा पार्ने सम्भावना छ ।

उता इतिहास बनाउने लक्ष्यका साथ कतार आइपुगेको अमेरिकामा विदेशी लिगबाट खेल्ने खेलाडीको बाहुल्य छ । त्यसैले प्रशिक्षक ग्रेग बेरहाल्टर कतारमा राम्रो नतिजा आउनेमा आशावादी छन् ।

‘राम्रो दिनमा हामी कुनै पनि टिमलाई हराउन सक्छौं,’ उनले भने ।

उनकै नेतृत्वमा अमेरिकाले विश्वकपमा पुनरागमन गरेको थियो । उमेरको हिसाबले अमेरिका विश्वकप २०२२ को सबैभन्दा युवा टोली हो । २३ वर्षे मिडफिल्डर टायलर एडम्स कतार विश्वकपका सबैभन्दा कान्छा कप्तान हुन् ।

जियोभानी रैना, टिम बे, क्रिस्टियन पुलिसिच, सर्जिनो डेस्ट जस्ता प्रतिभावान खेलाडीले भरिएको अमेरिका आत्मविश्वासी छ । वेल्सलाई पक्कै पनि यी खेलाडीको चुनौती रहनेछ ।

दुवै देशका लागि पहिलो खेल अनुभवका हिसाबले गाह्रो हुने देखिन्छ । यस्तोमा कसले तीन अंक हासिल गर्छ, त्यो हेर्न रोचक हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो