वैशाख २८, २०८२ आइतबार | १४:४७:०५
गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण

दक्षिण कोरियालाई ‘ग्रुप अफ डेथ’को चुनौती

काठमाडौं । दक्षिण कोरिया भनेपछि विश्व फुटबलका प्रशंसकहरुले सम्झने नाम हुन्, हिउङ मिन सन, पार्क जी सङ र चा बम । आधुनिक पुस्ताले हिउङ मिन सन, त्यो भन्दा थोरै अघिल्लो पुस्ताले पार्क जी सङ र १९८० को दशकमा फुटबल हेरेकाले चा बमलाई सम्झन्छन् । कारण, यी तीन खेलाडी फरक कालखण्डमा कोरियाली फुटबलका अनुहार हुन् । विश्व फुटबलमा दक्षिण कोरियालाई चिनाउने नायकहरु हुन् ।

चा बम कुनलाई एसियाकै सबैभन्दा महान फुटबलरका रुपमा मानिन्छ । उनले जर्मन बुन्डेसलिगामा करिव १० वर्ष बिताउने क्रममा उनले ९८ गोल गरे । पार्क जी सङ उनी युरोपेली च्याम्पियन्स लिग जित्ने अहिलेसम्मका एक्ला एसियाली खेलाडी हुन् । सात वर्ष इङ्लिस प्रिमियर लिगको महारथी म्यान्चेस्टर युनाइटेडबाट खेल्ने क्रममा चार पटक लिग जिते । हिउङ मीन सनको चर्चा गर्दा उनी इतिहासकै सबैभन्दा महँगो एसियाली खेलाडी हुन् । टोटनहमका स्टार सन युरोपेली लिगमा गोल्डेन बुट प्राप्त गर्ने पहिलो एसियाली खेलाडी हुन् । गत सिजन उनले प्रिमियर लिगमा सर्वाधिक २३ गोल गरेर इजिप्टका मोहम्मद सालाहसँगै गोल्डेन बुट प्राप्त गरे ।

युरोपेली फुटबलमा प्रभावशाली प्रदर्शन गरिरहेका सनकै कप्तानीमा दुई पटकको एसियन च्याम्पियन दक्षिण कोरिया मंसिर चार गतेबाट सुरु हुने विश्वकपका लागि अन्तिम तयारीमा छ । एसियाबाट सबभन्दा धेरै १० पटक विश्वकप खेलेको दक्षिण कोरिया विश्वकपको सेमिफाइनल पुग्ने अहिलेसम्मको एकमात्र एसियाली टिम हो । २००२ मा जापानसँग मिलेर आफैले विश्वकप आयोजना गर्दा दक्षिण कोरियाले अन्तिम चारसम्मको यात्रा गरेको थियो ।

सुरुआति चार विश्वकप फिफाको सदस्यता नभएकै कारण दक्षिण कोरियाले खेल्न पाएन । एसियाली फुटबलमा मुख्य प्रतिद्धन्द्धी जापानलाई पराजित गर्दै १९५४ मा पहिलो पटक दक्षिण कोरिया विश्वकपका लागि लायक भएको थियो । दक्षिण कोरिया विश्वकप खेल्ने दोस्रो एसियाली मुलुक हो । यसअघि इन्डोनेसियाले १९३८ को तेस्रो विश्वकपमा सहभागिता जनाएको थियो ।

पहिलो पटक विश्वकपको अनुभव दक्षिण कोरियाका लागि सुखद रहेन । टोली पहिलो खेलमै हंगेरीसँग ९-० को नतिजामा पराजित भयो भने त्यसपछि टर्कीसँग ७-० को हार भोग्दै प्रतियोगिताबाट बाहिरियो । विश्वकपमा प्रदर्शन खराब भए पनि दक्षिण कोरियाले दुई वर्षपछि एएफसी एसियन कपको पहिलो संस्करणमा उपाधि जित्यो । त्यसको चार वर्षपछि टोलीले १९६० मा घरेलु भूमिमै भएको एसियन कपमा उपाधि रक्षा गर्यो । त्यसयता दक्षिण कोरिया महादेशीय उपाधि जित्नमा असफल रहँदै आएको छ ।

स्विट्जरल्यान्डमा पहिलो विश्वकपको नमिठो अनुभव लिएर फर्किएको दक्षिण कोरियालाई त्यसपछि विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पुनरागमन जनाउन ३२ वर्ष लाग्यो । टोली मेक्सिको १९८६ मार्फत चा बम कुम नेतृत्वको सुनौलो पुश्ताका साथ विश्वकपमा फर्कियो । तर, चा बम विश्वकपका लागि मात्र देश फर्किएका थिए । व्यावसायिक फुटबलका लागि जर्मनीमा लामो समयदेखि बसोबास गरेका चा बम र अरु कोरियाली खेलाडीबीच राम्रो तालमेल नमिल्दा टोली पहिलो चरणबाटै घर फर्कियो ।

१९८६ पछिका तीन संस्करणमा लगातार दक्षिण कोरियाको प्रदर्शन निरिह रहयो । लगातार तीन विश्वकपका सबै खेलमा पराजित हुँदै समूह चरणमै यात्रा टुंग्याएको दक्षिण कोरियाले पहिलो जितका लागि आफैले विश्वकप आयोजना गर्नुपर्यो । २००२ मा आफै आयोजक हुँदा डच प्रशिक्षक डुस हिडिङ्कको नेतृत्वमा दक्षिण कोरियाले विश्व फुटबलमै तहल्का मच्चायो, सेमिफाइनलसम्म पुगेर । विश्वकप इतिहासमा दक्षिण कोरियाको अहिलेसम्मको सबभन्दा उत्कृष्ट नतिजा त्यही हो ।

घरेलु मैदानमा आफ्नै समर्थकका बीच पोल्यान्डमाथि हासिल गरेको २-० को नतिजा विश्वकप इतिहासमा दक्षिण कोरियाको पहिलो जित थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी नतिजा निकालेपछि पोर्चुगललाई १-० को नतिजामा रहाउँदै दक्षिण कोरिया पहिलो पटक विश्वकपको नकआउट चरण पुग्न सफल भयो ।

अन्तिम १६ मा कोरियाको भेट इटालीसँग भयो । शृंखलावद्ध विवादका बीच सम्पन्न खेलको अतिरिक्त समयमा आन जुङ ह्याङले गोल गर्दै दक्षिण कोरियालाई २-१ को जितका साथ क्वार्टरफाइनल पुर्याए । त्यसपछि अर्को त्यस्तै विवादास्पद क्वार्टरफाइनलमा स्पेनलाई टाई ब्रेकरमा पराजित गर्दै दक्षिण कोरिया इतिहासमा पहिलो पटक सेमिफाइनल पुग्यो । जहाँ जर्मनीसँग पराजित भएको टोली तेस्रो स्थानको प्लेअफमा पनि टर्कीसँग निराश भयो ।

२००२ पछिका चार संस्करणहरुमा कोरिया तीनपटक (२००६, २०१४ र २०१८) मा समूह चरणबाटै बाहिरियो भने २०१० मा टोलीले अन्तिम १६ सम्मको यात्रा गर्यो । पार्क जी सङको कप्तानीमा दक्षिण अफ्रिका पुगेको दक्षिण कोरिया अन्तिम १६ मा उरुग्वेसँग २-१ को नतिजामा पराजित हुँदै बाहिरिएको थियो ।

पछिल्ला दुई संस्करण निराशाजनक रहे पनि रुस २०१८ मा साविक विजेता जर्मनीलाई हराउनु भने दक्षिण कोरियाको बहादुर नतिजा थियो । त्यही नतिजाका कारण जर्मनी पहिलो चरणबाटै घर फर्किएको थियो ।

हेर्नलायक खेलाडी

ह्युङ मिन सन (टोटनहम)

२०१८ यता टिमको जिम्मेवारी सम्हालेका पोर्चुगाली प्रशिक्षक पाउलो बेन्टोको कोरियाली टिमका मुख्य हतियार कप्तान कप्तान ह्उङ मिन सन हुन् । यो वर्षको बालन डी’अरमा ११औं स्थान हासिल गरेका थिए । जुन एसियाली खेलाडीको अहिले सम्मकै उत्कृष्ट वरियता हो । उनले आफ्नै कीर्तिमान सुधार गरेका हुन् । यसअघि २०१९ मा सन २२औं स्थानमा थिए ।

दक्षिण कोरियालाई यसपाली पनि पहिलो चरणमै रोकिने हो कि भन्ने डर छ । किनभने, यसपाली पनि टोली अघिल्लो विश्वकप झै  ‘ग्रुप अफ डेथ’ मा छ । दोस्रो चरणमा प्रवेश गर्ने हो भने उसले पोर्चुगल, घाना र उरुग्वेको चुनौती पन्छाउनु पर्नेछ । त्यसका लागि सनले इङ्लिस प्रिमियर लिगको टोली टोटनहमका लागि गरेजस्तै उच्च प्रदर्शन कतारमा गर्नु जरुरी हुन्छ ।

मार्सेविरुद्धको च्याम्पियन्स लिग खेलमा आँखीभौंको डिलमा चोट लागेका कारण विश्वकपसम्म सन ठिक भइसक्नेमा भने शंका छ । विश्वकपमा उनको उपस्थिती नै शंकाको घेरामा थियो । तर उनको अवस्था गम्भीर नरहेको भन्दै बेन्टोले उनलाई टिममा राखेका छन् । प्रतियोगिता सुरु हुँदासम्म उनी पूर्ण रुपमा ठिक हुने अपेक्षा गरिएको छ ।

विश्वकपमा दक्षिण कोरिया

विरुद्ध उरुग्वे (एजुकेसन सिटी रंगशाला)
मंसिर आठ गते, साँझ ६ः४५ बजे

विरुद्ध घाना (एजुकेसन सिटी रंगशाला)
मंसिर १२ गते, साँझ ६ः४५ बजे

विरुद्ध पोर्चुगल (एजुकेसन सिटी रंगशाला)
मंसिर १६ गते, राति ८ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP