असार ३१, २०८२ मंगलबार | ०४:२५:४४
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

राजनीतिसँग जेलिएको सर्बियाली फुटबलको उतारचढावपूर्ण यात्रा

काठमाडौं । सर्बियाली फुटबलबारे जान्न सर्वप्रथम त्यहाँको राजनीति बुझ्नु आवश्यक पर्छ । देशले भोगेको उतार चढावका बारे जान्नुपर्ने हुन्छ । फुटबल मात्र बुझ्छु भन्नेका लागि यो सम्भव छैन । किनभने, सर्बियाली फुटबल इतिहासले यसै भन्छ ।

सर्बियाको फुटबलले पूर्व युगोस्लाभिया कालमै १९१९ मा औपचारिक थालनी गरिसकेको थियो । त्यो समय यो युगोस्लाभ फुटबल संघका नाममा स्थापना भएको थियो । युगोस्लाभियाको राजनीतिले धेरै परिवर्तनहरु भोगेको छ । जसले त्यहाँको फुटबल पनि थुप्रै पटक प्रभावित भएको छ ।

पछिल्लो परिवर्तन २००६ मा भयो । त्यतिबेला सर्बिया र मोन्टेनेग्रो अलग देश बने र सर्बिया फुटबल संघ अस्तित्वमा आयो । फिफाले सर्बियालाई युगोस्लाभ टोलीको आधिकारिक उत्तराधिकारीको रुपमा मान्यता दिएपछि उसले युगोस्लाभियाका सबै बिरासत प्राप्त गर्यो । यसअर्थमा सर्बियाले हालसम्म १२ पटक विश्वकप खेलिसकेको भन्न सकिन्छ ।

आठ पटक युगोस्लाभियाको नाममा विश्वकप खेलेको टोलीले दुई पटक सर्बिया एन्ड मोन्टेनेग्रो र दुई पटक सर्बियाको नाममा खेलेको इतिहास छ । यसकारण कतार विश्वकप उसका लागि १३औं संस्करण हो । महादेशीय प्रतियोगिताको कुरा गर्ने हो भने टोलीले पाँच पटक युरोपियन च्याम्पियनसिपको अनुभव बटुलेको छ । त्यसमध्ये चार पटक युगोस्लाभिया र एक पटक सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा ।

विश्व फुटबलमा थुप्रै उतारचढाव पार गर्ने क्रममा उसले युगोस्लाभ फुटबल संघ देखि सर्बिया फुटबल संघ सम्मसम्म गरेको यात्रा पनि रोचक छ ।

१९३० देखि १९७० सम्म सर्बियाले युगोस्लाभियाका रुपमा विश्वकप खेल्यो । जसमा टिमको सबैभन्दा राम्रो प्रदर्शन १९३० उरुग्वे विश्वकप र १९६२ चिली विश्वकपमा भएको थियो । यी दुई विश्वकपमा टिमले अन्तिम चार सम्मको यात्रा गर्यो । क्रोएशिया र स्लोभेनियाका प्रतिनिधिहरुले विश्वकपको बहिस्कार गरेपछि १९३० मा युगोस्लाभिया टिममा प्रायः सबै खेलाडी सर्बियाली थिए ।

१९३० पछि टोली लगातार दुई विश्वकपको छनोटमा असफल भयो । दोस्रो विश्वयुद्ध पछि १९५० मा ब्राजिलमा भएको विश्वकपमा टोली समूह चरणभन्दा अगाडि बढ्न सकेन । त्यसपछीको दुई संस्करणमा टिमले अन्तिम आठ सम्मको यात्रा गर्यो । दुबै पटक क्वार्टरफाइनलमा युगोस्लाभिया पश्चिम् जर्मनीसँग पराजित भयो ।

१९६२ चिली विश्वकपमा युगोस्लाभियाले दोस्रो पटक अन्तिम चारको यात्रा गर्यो । सोभियत युनियन, उरुग्वे र कोलम्बिया सम्मिलित समूहमा उपविजेता बन्दै दोस्रो चरण पुगेको युगोस्लाभियाले अन्तिम आठमा पश्चिम जर्मनीलाई १-० ले पराजित गरेको थियो । सेमिफाइनलमा चेकोस्लोभाकियासँग ३-० ले पराजित भएपछि टोलीको यात्रामा पूर्णविराम लाग्यो ।

त्यसपछि टोलीले फेरि विश्वकपका दुई संस्करण गुमायो । यसबीच युगोस्लाभिया फेरि १९६८ को युरोपियन च्याम्पियनसिपको फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बन्यो । यसअघि १९६० को पहिलो संस्करणमा चार टिममात्र सहभागि हुँदा युगोस्लाभिया पहिलो पटक युरोमा उपविजेता भएको थियो ।

१९७४ को विश्वकपमा युगोस्लाभिया दोस्रो चरणबाट बाहिरियो । राउन्ड रोबिन पद्दतिमा खेलाइएको दोस्रो चरणमा टोलीले पोल्यान्ड, पश्चिम् जर्मनी र स्वीडेन सम्मिलित समूहमा एक खेल पनि जित्न सकेन । १९७४ पछि उसले १९८२ को विश्वकप खेलेको हो, जसमा टिम समूह चरणबाटै बाहिरिएको थियो । त्यसको चार वर्षपछि उसले १८८६ मेक्सिको विश्वकप खेल्न सकेन ।

चार मे १९८० मा राष्ट्रपति जोसिप ब्रोज टिटोको निधन भएसँगै युगोस्लाभिया युगको अन्त्यको सुरुआत भयो । उनी १९५३ देखि १९८७ सम्म देशको राष्ट्रपति थिए । युगोस्लाभियामा उनले ‘संममित संघीयता’ प्रणाली स्थापना गरेका थिए । जसले ६ वटा गणतन्त्र र सर्बियाका स्वायत्त प्रान्तहरु (कोसोभो सहित) बीच समानता सिर्जना गरेको थियो । उनले पृथकतावादी आन्दोलनहरुलाई रोक्न कडा नियन्त्रण कायम राखेका थिए ।

उनको मृत्यु पछि सर्बियाई प्रभुत्वको असन्तुष्टिले विस्तारै संघीय प्रणालीको विघटन गर्न नेतृत्व गर्यो । १९८० को अन्त्यतिर पुर्वी युरोपमा भएको विकास र सोभियत संघको पतनले देशमा बलियो प्रभाव पार्यो । १९८९ मा स्लोबोडान मिलोसेभिचले देशको सत्ता लिएपछि त पतनले झन गति लियो । आर्थिक र राजनीतिक संकटका कारण युगोस्लाभियाको बहुजातीय संरचनाले गृहयुद्धको जोखिम ल्यायो ।

देशको नकारात्मक अवस्थाका बावजुद युगोस्लाभियाले त्यस समयमा खेलकुदमा आफ्नो स्वर्ण युगको अनुभव गरिरहेको थियो । चिलीमा १९८७ मा भएको १६ देश सहभागी २१ वर्ष मुनिको विश्वकपमा युगोस्लाभिया सहजै फाइनल पुग्यो । फाइनलमा पश्चिम जर्मनीलाई हराएर टोली उमेर समूहको विश्व च्याम्पियन बन्यो ।

१९९० को विश्वकपमा युगोस्लाभिया यिनै युवा खेलाडी मध्ये केहीलाई टिममा समावेश गरेर अनुभवी खेलाडीहरुका साथ इटाली पुग्यो र क्वार्टरफाइनल सम्मको यात्रा गर्यो । अन्तिम आठमा अर्जेन्टिनालाई कडा टक्कर दिए पनि पेनाल्टी सुटआउटमा पराजित हुँदै टोली घर फर्कियो । युगोस्लाभ राष्ट्रिय टोलीमा सर्बिया क्रोएसिया, बोस्निया, स्लोभेनिया र मोन्टेनेग्रोका खेलाडी समावेश गरिएका भने त्यही अन्तिम पटक थियो ।

१९९० को विश्वकप पछि युगोस्लाभिया युरो १९९२ को लागि तयार भयो । त्यही समय घरेलु क्लब रेड स्टार बेल्ग्रेडले १९९०÷९१ सिजनको च्याम्पियन्स लिगको उपाधि जित्यो । युगोस्लाभिया युरो १९९२ को छनोटमा डेनमार्क, उत्तरी आयरल्यान्ड, फारो आइल्यान्ड सम्मिलित समूहमा पहिलो हुँदै स्वीडेन युरोका लागि छनोट भयो ।

त्यही अवधिमा युगोस्लाभियामा राजनीतिक संकट बढ्न थाल्यो । युगोस्लाभियाको सिमाना भित्र विभिन्न जातीय समूहहरु बीच विभाजन र विवादको उपस्थिति लामो समय देखि थियो । सर्बिया भित्र कोसोभो र भजभडिना, दुई प्रान्तहरुको सिर्जना भएसँगै अवस्था थप जटिल बन्यो । १९८० को दशकको अन्त्यमा आन्तरिक समस्या उत्कर्षमा पुग्यो ।

त्यसैमा क्रोएसिया र स्लोभेनिया आल्बेनियन बहुसंख्यकको समर्थनमा आउँदा सर्बियालीहरु रिसाए । पछि सर्बियाली विरुद्ध अल्बेनियाली, क्रोएसिया र स्लोभेनियाका साथै बोस्निया र हर्जोगोभिनाका नेताहरु पनि उत्रिए । जुन १९९१ मा स्लोभेनिया र क्रोएसिया दुवैले अन्य गणतन्त्रहरुको अस्वीकृतिका बावजुद आफ्नो स्वतन्त्रताको घोषणा गरे । पछि बोस्निया एन्ड हर्जोगोभिनाले पनि १९९२ मार्च १ मा आफूलाई स्वतन्त्र घोषणा गर्यो ।

देश विभाजनको पीडाका बावजुद युगोस्लाभ फुटबलरहरुले युरो १९९२ खेल्ने अधिकार जितेका थिए । तर, प्रतियोगिता सुरु हुन १० दिन मात्र बाँकी रहँदा संयुक्त राष्ट्र संघले युगोस्लाभियालाई प्रतिबन्ध लगायो । यही कारण युगोस्लाभियले १९९४ को विश्वकप छनोटमा समेत भाग लिन नपाउने भयो । १९९२ युरोमा युगोस्लाभियाको सट्टा डेनमार्कलाई ठाउँ दिइयो ।

संयुक्त राष्ट्र संघको प्रयासका बावजुद युगोस्लाभियामा युद्ध १९९५ सम्म चल्यो । गृहयुद्धको औपचारिक अन्त्य र फिफाका प्रतिबन्धहरु हटाइएपछि युगोस्लाभियाको संघीय गणतन्त्रलाई १९९८ विश्वकपको छनोट खेल खेल्न अनुमति दिइयो । प्लेअफमा हंगेरीलाई समग्रमा १-१२ ले पराजित गर्दै टोली १९९८ को विश्वकपलाई छानियो । जहाँ अन्तिम १६ मा नेदरल्यान्ड्ससँग पराजित हुँदै टोली घर फर्कियो ।

उता पहिलो पटक विश्वकप खेलिरहेको क्रोएशियाले भने १९९८ मा सेमिफाइनल सम्मकै यात्रा गर्यो । आठ वर्ष अगाडि युगोस्लाभियाबाट विश्वकप खेलेका रोबर्ट यार्नी, रोबर्ट प्रेसिनेकी र डेभोर सुकर क्रोएशियाको प्रतिनिधित्व गर्दै थिए ।

२००० को युरो क्वार्टरफाइनलमा पनि युगोस्लाभिया नेदरल्यान्ड्ससँग नै पराजित भयो । २००३ मा ‘संघीय गणतन्त्रको युगोस्लाभिया’को नाम ’सर्बिया एन्ड मोन्टेनेग्रो’का रुपमा परिवर्तन भयो । त्यसको तीन वर्षपछि मोन्टेनेग्रोले सर्बियाबाट आफ्नो स्वतन्त्रताको घोषणा गर्यो, परिणामस्वरूप देशको फुटबल टोलीलाई २८ जुन २००६ मा ’सर्बिया राष्ट्रिय फुटबल टोली’को रुपमा पुनः नामाकरण गरियो ।

तर, २००६ जर्मनी विश्वकपमा सर्बियाले सर्बिया एण्ड मोन्टेनेग्रोकै नाममा खेल्यो । कारण, उसले यहि नामबाट विश्वकपको छनोट चरण पार गरेको थियो । उसले जर्मनीमा समूहको तिनवटै खेल हार्यो र अंकविहिन बन्दै प्रतियोगिताबाट बाहिरियो । २००६ पछि सर्बियाले २०१० र २०१८ को विश्वकप मात्र खेलेको छ । उसले महादेशीय कपमा स्थान बनाउन सकेको छैन । सर्बियाले २०१० र २०१८ दुबैमा उसले समूह चरण पार गर्न सकेन ।

डुसान टाडिच, एलेक्जेन्डर मित्रोभिच, डुसान भ्लाहोभिच, फिलिप कोस्टिक र लुका योभिचजस्ता स्टार खेलाडीको उपस्थितीमा सर्बियाले कतार विश्वकपमा स्थान पक्का गरिसकेको छ । यिनै खेलाडीको प्रेरणामा टोली युरोपेली छनोटको समूह ‘ए’मा आठमध्ये ६ खेल जित्दै विजेताका रुपमा कतारको टिकट काट्न सफल भएको हो । यसक्रममा सर्बियाले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पछि पारेको थियो । पोर्चुगलले प्लेअफमार्फत विश्वकपमा स्थान पक्का गरेको थियो ।

कतारमा यिनै खेलाडीको समूह हरेक विपक्षीका लागि खतरा बन्न सक्छ । यी मध्ये पनि मित्रोभिच माथि सबैको नजर हुनेछ । फुलहमका स्ट्राइकर मित्रोभिचले भर्खरै मात्र लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो भन्दा कम खेलमा ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेर मनोबल उच्च बनाएका छन् । कतारमा ड्रयागन स्टोजकोभिचको प्रशिक्षणमा रहेको सर्बियाले दोस्रो चरण प्रवेशका लागि समूह चरणमा ब्राजिल, स्विट्जरल्यान्ड र क्यामरुनको चुनौती सामना गर्नुपर्नेछ ।

हेर्नलायक खेलाडी

एलेक्जेन्डर मित्रोभिच (फुलहम)

२८ वर्षे स्ट्राइकर एलेक्जेन्डर मित्रोभिच सर्बियाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । इङ्लिस क्लब फुलहमबाट व्यावसायिक फुटबल खेल्ने मित्रोभिचले ७६ अन्तर्राष्ट्रिय खेलमा ५० गोल गरिसकेका छन् ।

२०१३ मा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका मित्रोभिचका लागि कतार विश्वकप विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा दोस्रो सहभागिता हुनेछ । जारी सिजन उत्कृष्ट लयमा रहेका मित्रोभिचले प्रिमियर लिगका १२ खेलमा ९ गोल गरिसकेका छन् ।

तर पछिल्लो केही समययता मित्रोभिच घुँडाको चोटका कारण मैदान बाहिर छन् । त्यसोत चोट गम्भीर नभएको र उनी विश्वकपअघि सम्म पूर्ण रुपमा फिट भइसक्ने बताइएको छ । यस्तोमा सर्बियाको विश्वकप यात्रामा मित्रोभिचको फिट्नेसले महत्वपूर्ण भूमिका खेल्नेछ ।

मित्रोभिचसँगै कप्तान डुसान टाडिच, डुसान भ्लाहोभिच, फिलिप कोस्टिक र लुका योभिचको प्रदर्शनले पनि सर्बियाको विश्वकप यात्रा निर्धारण गर्नेछ ।

विश्वकपमा सर्बिया

विरुद्ध ब्राजिल (लुसेइल आइकोनिक रंगशाला)
मंसिर ८ गते, राति १२ः४५ बजे

विरुद्ध क्यामरुन (अल जुनब रंगशाला)
मंसिर १२ गते, दिउँसो ३ः४५ बजे

विरुद्ध स्विट्जरल्याण्ड (रंगशाला ९७४)
मंसिर १६ गते, राति १२ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH