मंसिर २८, २०८२ आइतबार | ०३:३२:४०
यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी, खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्व सहित १०१ जनालाई सम्मान गरेको छ ।

शनिबार बोर्डले विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै पदक विजेता खेलाडी र विशिस्ट व्यक्तित्वलाई सम्मान गरेको हो ।

बोर्डले १५औँ राष्ट्रपति रनिङ शिल्डमा रजत पदक प्राप्त गर्ने खेलाडीलाई जनही ९ हजार रुपैयाँ सहित सम्मानपत्र र कांस्य पदक प्राप्त गर्ने खेलाडीलाई जनही ६ हजार र कास्य पदक प्राप्त गर्ने टोलीका सदस्यलाई जनही ५ हजार रुपैयाँसहित सम्मान गर्यो ।

त्यस्तै अन्तरप्रदेश भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही १२ हजार सहित सम्मान–पत्र, रजत पदक प्राप्त गर्ने खेलाडीलाई जनही ९ हजार सहित सम्मान पत्र र कांस्य पदक प्राप्त गर्ने खेलाडीलाई जनही ५ हजार सहित सम्मान पत्र प्रदान गरियो ।

यसैगरी अन्तरप्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिताको कास्य पदक विजेता खेलाडीलाई जनही ५ हजार सहित सम्मान पत्र, मुख्यमन्त्री कप राष्ट्रिय पुरुष  भलिबल प्रतियोगितामा रजत पदक प्राप्त गर्ने टोलीका सदस्यलाई जनही ६ हजार सहित सम्मान पत्र र प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा कांस्य पदक प्राप्त टोलीका सदस्यलाई जनही ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।

सम्मान कार्यक्रममा पदक प्राप्त गर्ने सबै खेलका प्रशिक्षक र व्यवस्थापकलाई जनही ५ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

१० विशिष्ट खेलकुद व्यक्तित्वलाई सम्मान

सम्मान कार्यक्रममा कोशी प्रदेशमा स्थायी बसोबास गरि विभिन्न खेल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउनु भएका १० जना खेलकुद व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरूमा फुटबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी धिरेन्द्र प्रधान, हाल चोटिल अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी राजकुमार प्रधान, अन्तर्राष्ट्रिय क्रिकेट प्रशिक्षक महेशप्रसाद रिजाल र पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी लवभक्त श्रेष्ठ थिए ।

त्यस्तै, पूर्व अन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी जितेन्द्र चौधरी, अन्तर्राष्ट्रिय कराते प्रशिक्षक किरण लामा तामाङ्ग, कोशी प्रदेश भलिबल संघका महासचिव लेखनाथ शर्मा पराजुली र शारीरिक सुगठन खेलसम्बद्ध प्रशिक्षकद्वय राम दाहाल र नवीन विक्रम शाहलाई समेत सम्मान गरिएको थियो । सम्मानित सबैले सम्मान पत्र सहित जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

सम्मान कार्यक्रममा खेलकुद पत्रकारिता सम्मानबाट मोरङका अभय राई, अनिल श्रेष्ठ, झापाका रमेश समदर्शी र रमा दाहाल, सुनसरीका घनेन्द्र पौडेल(विकल) र गुरु ढकाल सम्मानित भए । यसैगरी बोर्डको गतिविधिको प्रचार–प्रसारमा योगदान पुर्याएकोमा मोरङका चिरञ्जीवि तिम्सिना(सुमन सुस्केरा)लाई पनि सम्मान गरियो ।  सम्मानित पत्रकारहरूलाई सम्मान पत्रसहित १० हजार रुपैयाँ उपलब्ध गराइएको थियो।

बोर्डले आयोजना गरेको प्रतियोगितामा आर्थिक लगायतको सहयोग गरेकोमा विराटनगरका उद्योगपतिद्वय महेश जाजु र प्रकाश मुन्दडालाई ११ हजार रुपैयाँ सहित सम्मान गरेको थियो । त्यस्तै बोर्डको कार्य संचालनमा नीतिगत र प्रशासनिक सहयोग गरेको भन्दै सामाजिक विकास मन्त्रालयका अधिकृत आठौँ कोमल बहादुर खड्का, जिल्ला खेलकुद विकास समिति धनकुटा कार्यालयका प्रमुख नवीन प्रधान, बोर्डका सहायक कम्प्युटर अपरेटर त्रिविजीत कार्की, जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय सहयोगी सुनिलकुमार चौधरीलाई पनि सम्मान गरियो । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरे । 

सम्मानित खेलाडी लगायतका व्यक्तित्वहरूलाई नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राई, बोर्डकी उपाध्यक्ष विन्दिया कार्की, सदस्य सचिव बस्नेतलगायतले नगद पुरस्कार र सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II