माघ २९, २०८२ बिहीबार | ०९:००:३६
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

विभिन्न कार्यक्रम गरेर मनाइयो ओलम्पिक डे

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

कार्यक्रमका अवसरमा कमिटीका पदाधिकारी, प्रशिक्षक, खेलाडी, निर्णायक, खेल पत्रकार तथा नेपाली खेलका शुभचिन्तकहरू स्वयभ्मुमा उपस्थित भएका थिए । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेको र्याली डल्लुस्थित कभर्डहलमा गएर टुंगिको थियो ।

त्यसै अवसरमा साइक्लिङको र्याली पनि आयोजना गरिएको थियो । डल्लु कभर्डहलमा आयोजित कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजनाका संयोजक अशोक वज्राचार्यले नेपाली राष्ट्रिय झण्डा तथा एनओसी अध्यक्ष श्रेष्ठले त्यही अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोतोलन गरेका थिए।

त्यस अवसरमा कमिटीका महासचिव राजीव श्रेष्ठले ओलम्पिक दिवस क्यालेन्डरमा सीमित मिति मात्र नभएर यो एउटा आन्दोलनका रूपमा रहेको बताए । उनले भने, ‘यो यस्तो आन्दोलन हो, जसले हामीलाई खेलकुदमा संलग्न हुन, स्वस्थ र सक्रिय जीवन बिताउन र शारीरिक गतिविधि प्रोत्साहित गर्छ ।’

यसैगरी एनओसी अध्यक्ष श्रेष्ठले यस कार्यक्रमले ओलम्पिकको भावना सबैतिर स्थापित भएको बताए । उनले भने, ‘ओलम्पिक डे मनाउनको अर्थ स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि हो । ओलम्पिक डेले हामीलाई एकता र शान्तिका लागि उत्प्रेरित गरिरहेको हुन्छ । त्यसैले यो दिनको ठूलो महक्त्व छ ।’

कार्यत्रमका अवसरमा कराते, उसु, जुडो र बि-बोइङ नृत्य प्रस्तुत गरिएको थियो ।

त्यसै अवसरमा ओलम्पिक डेमा सहभागी हुने सबैलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । कमिटी, यस अन्तर्गतका विभिन्न संघ तथा खेलसँग सम्बन्धित संघ संस्थाको आयोजनामा ओलम्पिक डे २०२५ को अवसरमा विभिन्न कार्यक्रम पनि भएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको घोषणा अनुसार जुन २३ लाई विश्वभरी ओलम्पिक डेका रूपमा मनाइने गरिएको छ । नेपालमा सन् २०११ देखि ओलम्पिक डे मनाउन थालिएको हो ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं