कार्तिक २२, २०८२ शनिबार | २०:००:४५
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

विभिन्न कार्यक्रम गरेर मनाइयो ओलम्पिक डे

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

कार्यक्रमका अवसरमा कमिटीका पदाधिकारी, प्रशिक्षक, खेलाडी, निर्णायक, खेल पत्रकार तथा नेपाली खेलका शुभचिन्तकहरू स्वयभ्मुमा उपस्थित भएका थिए । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेको र्याली डल्लुस्थित कभर्डहलमा गएर टुंगिको थियो ।

त्यसै अवसरमा साइक्लिङको र्याली पनि आयोजना गरिएको थियो । डल्लु कभर्डहलमा आयोजित कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजनाका संयोजक अशोक वज्राचार्यले नेपाली राष्ट्रिय झण्डा तथा एनओसी अध्यक्ष श्रेष्ठले त्यही अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोतोलन गरेका थिए।

त्यस अवसरमा कमिटीका महासचिव राजीव श्रेष्ठले ओलम्पिक दिवस क्यालेन्डरमा सीमित मिति मात्र नभएर यो एउटा आन्दोलनका रूपमा रहेको बताए । उनले भने, ‘यो यस्तो आन्दोलन हो, जसले हामीलाई खेलकुदमा संलग्न हुन, स्वस्थ र सक्रिय जीवन बिताउन र शारीरिक गतिविधि प्रोत्साहित गर्छ ।’

यसैगरी एनओसी अध्यक्ष श्रेष्ठले यस कार्यक्रमले ओलम्पिकको भावना सबैतिर स्थापित भएको बताए । उनले भने, ‘ओलम्पिक डे मनाउनको अर्थ स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि हो । ओलम्पिक डेले हामीलाई एकता र शान्तिका लागि उत्प्रेरित गरिरहेको हुन्छ । त्यसैले यो दिनको ठूलो महक्त्व छ ।’

कार्यत्रमका अवसरमा कराते, उसु, जुडो र बि-बोइङ नृत्य प्रस्तुत गरिएको थियो ।

त्यसै अवसरमा ओलम्पिक डेमा सहभागी हुने सबैलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । कमिटी, यस अन्तर्गतका विभिन्न संघ तथा खेलसँग सम्बन्धित संघ संस्थाको आयोजनामा ओलम्पिक डे २०२५ को अवसरमा विभिन्न कार्यक्रम पनि भएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको घोषणा अनुसार जुन २३ लाई विश्वभरी ओलम्पिक डेका रूपमा मनाइने गरिएको छ । नेपालमा सन् २०११ देखि ओलम्पिक डे मनाउन थालिएको हो ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।