कार्तिक २२, २०८२ शनिबार | २०:०५:४३
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

तार्केश्वरले जित्यो फुटसलको उपाधि

काठमाडौं । तार्केश्वर नगरपालिकाले काठमाडौं जिल्ला बृहत खेलकुद अन्तर्गत पुरुष फुटसलको उपाधि जितेको छ ।

लैनचौर खेल मैदानमा भएको फाइनलमा तार्केश्वरले काठमाडौं महानगरपालि वडा-५ लाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो । निर्धारित समयको खेल १-१ बराबरीमा टुंगिएको थियो । विजेता तार्केश्वरले १ लाख ५० हजार तथा उपविजेता वडा ५ ले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा काठमाडौं महानगरपालिका वडा-५ का अक्लेश कार्की उत्कृष्ट खेलाडी तथा नितेश महर्जन उत्कृष्ट गोलकिपर घोषित भए । काठमाडौं महानगरपालिका वडा २६ का निराजन मल्ल सर्वाधिक गोलकर्ता बने । तीनैले जनही १० हजार रुपैयाँ पाए ।

क्योकुसिन करातेमा वडा-२६ लाई सर्वाधिक तीन स्वर्ण

आयोजक काठमाडौं महानगरपालिका वडा-२६ ले  क्योकुसिन कराते (आइकेयु) मा सर्वाधिक तीन स्वर्ण पदक जितेको छ ।

पुरुषका पाँच स्पर्धा समावेश प्रतियोगितामा क्योकुसिन बुदो र काठमाडौं महानगरपालिका वडा-१२ ले समान एक स्वर्ण पदक हात पारे ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको २५ केजीमा बालकृष्ण बुढा, ४५ केजीमा रिखीधन राई र खुलामा धनबहादुर विकले आयोजकलाई स्वर्ण पदक दिलाए ।

बालकृष्णले आफ्नै वडाका इमानल मगर, रिखीधनले पनि आफ्नै वडाका कैलाश राना मगर तथा धनबहादुरले काठमाडौं महानगरपालिका-२५ का गोविन्द बस्याललाई पराजित गरे ।

पुरुष ३५ केजीमा क्योकुसिन बुदोका श्रृजन सुनुवारले काठमाडौं महानगरपालिका-१२ का समरबहादुर दमाईं तथा ५५ केजीमा काठमाडौं महानगरपालिका-१२ का सुसान तामाङले आफ्नै वडाका आशुतोष जैसवाललाई हराए ।

शीर्ष चार स्थानमा रहने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र उपमेयर सृजना बुर्लाकोटी अर्याल, आयोजक काठमडौं महानगरपालिका वडा-२६ का अध्यक्ष ख्यामराज तिवारी, सदस्य एवं प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठलगायतले  पुरस्कृत गरे ।

जेठ ३१ गतेदेखि सुरु भएको बृहत खेलकुदमा क्योकुसिन कराते, फुटसल,  टेबल टेनिस, कराते र तेक्वान्दो गरी पाँच खेल समावेश थियो ।  


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।