कार्तिक २२, २०८२ शनिबार | २०:०५:४३
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी

काठमाडौं । एमबिएएन स्पोर्टस मिटको तेस्रो संस्करणमा फुटसलतर्फको उपाधी एसबिआइ क्यापिटल र एनएमबी क्यापिटलले जितेका छन् ।

मर्चेन्ट बैंकर्सहरुको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा एसबिआइ पुरुष तथा र एनएमबी महिलातर्फ च्याम्पियन बने ।

एसबिआइले हाडिगाउँस्थित धनयन्तरी फुटसलमा सम्पन्न फाइनलमा प्रभु क्यापिटललाई हरायो ।

च्याम्पियन एसबिआइले ८० तथा उपविजेता प्रभुले नगद ४० हजार रुपैयाँ प्राप्त गरे । एसबिआइका पुजन खड्का १३ गोलसहित सर्वाधिक गोलकर्ता भए । यसैगरी प्रभुका हिक्मत कुँवर उत्कृष्ट खेलाडी तथा एसबिआइका आलोक शिवाकोटी उत्कृष्ट गोलकिपर घोषित भए ।  तीनै जनाले जनहरी १० हजार रुपौयाँ हात पारे ।

 एनएमबीले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पेनाल्टी सुटआउटमा निरास बनायो ।

विजेता एनएमबीले ५० तथा उपविजेता सेबोनले २५ हजार रुपैयाँ पाए  ।

सेबोनकी निशा थापाले सर्वाधिक ९ गोल गरिन् । एनएमबीकी मोनिसा बस्नेत उत्कृष्ट खेलाडी  तथाएनएमबीकै निशा देवकोटा उत्कृष्ट गोलकिपर चुनिए । तीन जनाले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

यसअघि शुक्रबारबाट सुरु भएको प्रतियोगितामा फुटसलसहित ब्याडमिन्टन र टेबल टेनिसका खेल समावेश थिए ।

टेबल टेनिसको पुरुषतर्फ ग्लोबल आइएमई क्यापिटलका प्रदीपराज खनाल तथा महिलातर्फ सिद्धार्थ क्यापिटलका कल्पना प्रधान च्याम्पियन बने ।

भेट्रान्सतर्फ एनआइएमबिका पराग विष्टले उपाधी जिते ।

ब्याडमिन्टनको पुरुष डबल्समा सिआइटीका पुरुषोत्तम र अनिल बस्नेत तथा महिलातर्फ प्रभु क्यापिटलकी सिर्जना र पूजा  पहिलो भए ।

विजेताहरुलाई नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले पुरस्कार वितरण गरे ।  प्रतियोगितामा संघमा आवद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिएका थिए । 


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।