मंसिर ३०, २०८२ मंगलबार | १०:५१:४५
हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित

एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी

काठमाडौं । एमबिएएन स्पोर्टस मिटको तेस्रो संस्करणमा फुटसलतर्फको उपाधी एसबिआइ क्यापिटल र एनएमबी क्यापिटलले जितेका छन् ।

मर्चेन्ट बैंकर्सहरुको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा एसबिआइ पुरुष तथा र एनएमबी महिलातर्फ च्याम्पियन बने ।

एसबिआइले हाडिगाउँस्थित धनयन्तरी फुटसलमा सम्पन्न फाइनलमा प्रभु क्यापिटललाई हरायो ।

च्याम्पियन एसबिआइले ८० तथा उपविजेता प्रभुले नगद ४० हजार रुपैयाँ प्राप्त गरे । एसबिआइका पुजन खड्का १३ गोलसहित सर्वाधिक गोलकर्ता भए । यसैगरी प्रभुका हिक्मत कुँवर उत्कृष्ट खेलाडी तथा एसबिआइका आलोक शिवाकोटी उत्कृष्ट गोलकिपर घोषित भए ।  तीनै जनाले जनहरी १० हजार रुपौयाँ हात पारे ।

 एनएमबीले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पेनाल्टी सुटआउटमा निरास बनायो ।

विजेता एनएमबीले ५० तथा उपविजेता सेबोनले २५ हजार रुपैयाँ पाए  ।

सेबोनकी निशा थापाले सर्वाधिक ९ गोल गरिन् । एनएमबीकी मोनिसा बस्नेत उत्कृष्ट खेलाडी  तथाएनएमबीकै निशा देवकोटा उत्कृष्ट गोलकिपर चुनिए । तीन जनाले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

यसअघि शुक्रबारबाट सुरु भएको प्रतियोगितामा फुटसलसहित ब्याडमिन्टन र टेबल टेनिसका खेल समावेश थिए ।

टेबल टेनिसको पुरुषतर्फ ग्लोबल आइएमई क्यापिटलका प्रदीपराज खनाल तथा महिलातर्फ सिद्धार्थ क्यापिटलका कल्पना प्रधान च्याम्पियन बने ।

भेट्रान्सतर्फ एनआइएमबिका पराग विष्टले उपाधी जिते ।

ब्याडमिन्टनको पुरुष डबल्समा सिआइटीका पुरुषोत्तम र अनिल बस्नेत तथा महिलातर्फ प्रभु क्यापिटलकी सिर्जना र पूजा  पहिलो भए ।

विजेताहरुलाई नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले पुरस्कार वितरण गरे ।  प्रतियोगितामा संघमा आवद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिएका थिए । 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team