काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशसामु जितका लागि एक सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५४ रन मात्र जोड्यो ।
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३३,दुर्गेश थापाले ३२ र ओपनर आशुतोषले २२ रन जोडे । बागमतीका अन्य कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ज्ञानेन्द्रले ४६ बलमा चार चौका र एक छक्का प्रहार गर्दा दुर्गेशले ४९ बला चार चौका र एक छक्का प्रहार गरे ।
लुम्बिनीका अनिल खरेलले चार,विशाल विक्रम केसी र अभिषेक गौतमले समान दुई विकेट लिए ।
समूह बी मा सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न बागतमीसामु जितको विकल्प छैन । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको बागतमी दोस्रो खेलमा प्रदेश एकसँग निराश भएको थियो ।