वैशाख २९, २०८२ सोमबार | ०२:२०:१८
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

गिलक्रिस्टको नजरमा सर्वोत्कृष्ट पाँच ट्वान्टी २० खेलाडीः विराट कोहली, रोहित शर्मा र आरोन फिन्चहरु परेनन्

सिड्नी । ट्वान्टी २० विश्वकप सुरु हुन दुई साताभन्दा कम समय बाँकी रहँदा अस्ट्रेलियाली क्रिकेटका हस्ती एडम गिलक्रिस्टले आफ्नो नजरमा परेका विश्वका उत्कृष्ट पाँच ट्वान्टी २० खेलाडी छानेका छन् ।

ब्याट र विकेटकिपिङ ग्लोब्स दुवैको माध्यमबाट क्रिकेटमा नयाँ क्रान्ति ल्याएका गिलक्रिस्ट सेतो बलका प्रभावशाली खेलाडी हुन् । सेतो बलको क्रिकेटमा क्रान्ति ल्याएका गिलक्रिस्टले अस्ट्रेलियाबाट तीन पटक विश्वकपको उपाधि जितेका थिए । ट्वान्टी २० को स्वरुपलाई आकर्षक तथा रोमाञ्चक बनाउने काममा गिलक्रिस्टको योगदान उच्च छ । ब्याटसँग आक्रामक रुपमा प्रस्तुत हुने उनको शैली पछिल्ला दिनमा थप परिमार्जित रुपमा अन्य ब्याटरहरुले अपनाइरहेका छन् ।

खेलाडीका रुपमा संन्यास लिएपछि क्रिकेट कमेन्टेटरको भूमिकामा रुपान्तरित भएका उनले आफ्नो स्वर्णिम ट्वान्टी २० टिममा पाँच फरक देशका पाँच खेलाडी छनोट गरेका छन् । गिलक्रिस्टको सुचिमा भारतका कप्तान रोहित शर्मा, पूर्व कप्तान विराट कोहली, अस्ट्रेलियाका कप्तान आरोन फिन्च, न्युजिल्यान्डका केन विलियम्सन लगायत वेस्ट इन्डिजका हिटरहरु पनि परेका छैनन् ।

गिलक्रिस्टको नजरमा आफ्नो देशका डेविड वार्नर, पाकिस्तानका बाबर आजम, भारतका हार्दिक पण्डया, अफगानिस्तानका राशिद खान र इङ्ल्यान्डका जोस बट्लर उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।

डेविड वार्नर (अस्ट्रेलिया)ः

वार्नर हाल आइसिसीको विश्व ब्याटिङ वरियताक्रममा ४९औं स्थानमा छन् । गिलक्रिस्टको नजरमा उनी ट्वान्टी २० क्रिकेटमा सबभन्दा माथि छन् ।

‘उनी सबभन्दा माथि छन् । उनको आक्रमण गर्ने स्वभाव, ओपनरका रुपमा इनिङको सुरुआत गर्ने शैली र आत्मविश्वास अरु खेलाडीमा छैन,’ गिलक्रिस्टले भने, ‘डेविड वार्नर यो स्वरुपमा सबभन्दा प्रभावकारी खेलाडी हुन भन्न कञ्जुस्याई गर्नु पर्दैन ।’

 

बाबर आजम (पाकिस्तान)ः

बाबर आजम आइसिसीको ट्वान्टी २० ब्याटिङ वरियताको तेस्रो स्थानमा छन् । सबै स्वरुपको क्रिकेटमा उत्तिकै प्रभावशाली प्रदर्शन गर्न सक्षम पाकिस्तानी कप्तानले मैदानमा प्रस्तुत गर्ने परिपक्वता गिलक्रिस्टलाई मन परेको अर्को पक्ष हो ।

‘बाबर एउटा अत्यन्तै भर्सटाइल खेलाडी हुन् । सबै स्वरुपमा उत्तिकै उच्च प्रदर्शन गर्ने भए पनि ट्वान्टी २० क्रिकेटमा उनी सबैखाले कन्डिसनमा एकरुपले खेल्न सक्छन्,’ गिलक्रिस्टले भने ।

हार्दिक पण्ड्या (भारत)ः

आइसिसीको ट्वान्टी २० अलराउन्डर वरियताक्रमको चौथो स्थानमा रहेका पण्ड्या भारतीय क्रिकेट टोलीका मुख्य खेलाडी हुन् ।

‘पण्डया ट्वान्टी २० क्रिकेटमा एउटा यस्तो खेलाडी हुन्, जसलाई हेर्दा समर्थकको मन आनन्दित हुन्छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा उनको प्रदर्शन प्रशंसनीय हुने गर्छ । यो स्वरुपमा शीर्ष खेलाडी छान्दा पण्ड्यालाई छुटाउन सकिन्न,’ गिलक्रिस्टको बुझाई छ ।

राशिद खान (अफगानिस्तान)ः

युद्धग्रस्त अफगानिस्तानका स्टार बलर राशिद खान आइसिसीको बलिङ वरियताको चौथो स्थानमा छन् । गिलक्रिस्टको विचारमा कुनै पनि टिमको छनोटकर्ताले आफ्नो टिममा छुटाउनै नचाहने नाम हो, राशिद खान ।

‘विश्वको उत्कृष्ट वर्ष क्रिकेटर घोषित राशिद पछिल्लो एक दशकदेखि निरन्तर रुपमा विश्व क्रिकेटमा छाइरहेका छन् । ट्वान्टी २० क्रिकेटका सबै खाले प्रतियोगितामा उनको प्रभाव एकरुपले कायम भइरहेको छ,’ गिलक्रिस्ट भन्छन् ।

जोस बट्लर (इङ्ल्यान्ड)ः

बट्लर आइसिसीको ट्वान्टी २० ब्याटिङ वरियताको २१औं स्थानमा छन् । ब्याटसँग उनको दिन लाग्यो भने जस्तो सुकै परिस्थितिमा पनि टिमलाई जित दिलाउन उनी सक्षम मानिन्छन् ।

‘उनी एउटा असाधारण प्रतिभाका खेलाडी हुन् । ब्याटमा उनको पावर र खेल्ने आँटिलो शैलीको म प्रशंसक हुँ । उनले लयमात्र समाउनुपर्छ, खेल खत्तम,’ गिलक्रिस्ट भन्छन् ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP