वैशाख १३, २०८२ शनिबार | ०९:०७:३६
नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना मुलपानी मैदानमा टुटेको विश्वकप सपना बेलायती फुटबलः खेलमा रमाउन छाडे फुच्चे फुटबलर, किन ? अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा एपिएफ च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना मुलपानी मैदानमा टुटेको विश्वकप सपना बेलायती फुटबलः खेलमा रमाउन छाडे फुच्चे फुटबलर, किन ? अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा एपिएफ च्याम्पियन

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको सपना पूरा गर्ने बाटोमा नेपालगन्ज

नेपालगन्ज । सन् २०१४ को ट्वान्टी २० विश्वकपमा स्थान बनाउनु नै नेपालमा क्रिकेट विकासको ‘टर्निङ’ प्वाइन्ट थियो । सोही बेलादेखि नेपाली सहरका गल्ली र गाउँका खेतका गर्हामा दुईतिर तीनवटा लौरो ठडिन थाल्यो । यसैबेलादेखि स–साना बाल बालिकादेखि युवाहरु हातमा बलमा र ब्याट बोकेर ‘क्रिकेटर’ बन्ने सपना बुन्न थाले । र, त्यसअघि नै क्रिकेटर बन्ने सपना देखेका युवाहरुका लागि विश्वकपले थप उर्जा थपिदियो ।

नेपालभरि यस्तो क्रिकेटमय माहोल बनिरहँदा नेपालगन्ज यसबाट अछुतो रहने कुरै थिएन । त्यसो त तराईको समथर फाँट भएकाले ट्वान्टी २० विश्वकपमा स्थान बनाउनु पूर्व नै नेपालगन्ज नेपाली क्रिकेटको ‘हब’ बनिसकेको थियो । यहाँका युवाहरुमाथ क्रिकेट निकै लोकप्रिय खेलको रुपमा स्थापित भइसकेको थियो ।

त्यसयता, निरन्तर क्रिकेटमा लागिरहेको नेपालगन्जको बिडम्बना यहाँ हालसम्म स्तरीय क्रिकेट मैदान बन्न सकेको छैन । क्रिकेटकै लागि परिचित सहरमा गतिलो मैदान नहुँदा यहाँका हजारौं प्रतिभाहरुले आफ्नो क्षमता निर्खाने अवसरबाट वञ्चित भइरहेका छन् ।

नेपालगन्जमा क्रिकेट रंगशाला निर्माणको लागि पटक–पटक प्रयास नभएको होइन । तर, अनेकन बाधा र विलम्बका कारण त्यसले अझै सार्थकता पाउन भने सकेको छैन । दुई वर्षअघि नेपालगन्ज उप–महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई निकै प्राथमिकतामा राखेर प्रयास सुरु गरेको थियो ।

रंगशालामा आवश्यक पर्खाल र मैदानको माटो पटनका लागि करिब २ करोड रुपैंया छुटयाएको थियो । यद्यपि, कानुनी प्रक्रिया नपुगेका कारण त्यसले पूर्णता पाउन सकेन । तर, हाल कानुन प्रक्रियालाई पूरा गर्दै क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया फेरी सुरु गरिएको छ ।

मंगलबार नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापा संयोजकत्वमा बसेको बैठकले कानुनी प्रक्रियालाई पूरा गरेर रंगशाला निर्माण कार्यलाई अगाडी बढाउने निर्णय गरेसँगै नेपालगन्जीया युवाहरुमा एउटा गतिलो क्रिकेट रंगशालाको सपनाले पूर्णता पाउने आशाको सञ्चार भएको छ ।

नगरपालिका कार्यालयमा बसेको बैठकमा उपमेयर थापासहित, केन्द्रीय मोहरम पर्व तथा कर्वला समिति अध्यक्ष फिरोज वारसी, लुम्बिनी–कर्णाली क्रिकेट विकास समिति अध्यक्ष दुर्गाबहादुर थापा, बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष सरोवर प्रसाई, २ नम्बर वडा अध्यक्ष सुनिलसिंह हमाल लगायतले क्रिकेट रंगशाला निर्माणमा पुनः एकवद्ध भएर बाँकी काम गर्ने निर्णय गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका उपमेयर थापाले नगरपालिकाको बोर्ड बैठकबाट रंगशाला निर्माणबारे भएका निर्णयहरु र विगतमा विभिन्न पक्षहरुका बिचमा भएका निर्णयहरुको प्रतिलिपिसहित निर्णय गरेर अगाडी बढने बताइन् ।  यसका लागि सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रीपरिषद बैठकबाट स्वीकृतिको लागि प्रक्रिया पनि सुरु गरिने थापाले बताइन् ।

‘क्रिकेट रंगशाला निर्माणका लागि सबै पक्षले सहयोग गर्नुभएको छ । विगतमा मुस्लिम समुदायले प्रयोग गरेको जमिनमा क्रिकेट रंगशाला बनाउनको लागि मुस्लिम समुदायका अगुवाहरुले सहयोग गर्नुभएको छ । त्यसका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौं । केही कानुनी प्रक्रिया पूरा गर्न नसक्दा काम रोकिएको थियो । अब त्यसलाई अगाडी बढाउने काम सुरु भएको छ ।’

नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरका क्रिकेट रंगशाला निर्माणका लागि नगरपालिकाले दुई वर्षअघि वडा अध्यक्ष सुनिलसिंह हमालको संयोजकत्वमा कार्यदल बनाएको थियो । त्यसले नेपालगन्ज नगरका सम्भावित स्थानको अध्ययन गरेर वडा नम्बर–६ स्थित फुल्टेक्रामा रहेको जमिनमा रंगशाला निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन पेस गरेको थियो । त्यसपछि फुल्टेक्रामा रहेको १० विगाहा ५ कट्ठा २ धुर जग्गा मध्ये ५ विगाह जमिनमा क्रिकेट रंगशाला निर्माण गर्ने र बाँकी जमिनमा मिर्चवा पुजन, वडा कार्यालय, स्वास्थ्य चौकी र कर्बलाको लागि छुट्याउने सहमती भएको थियो ।

सर्वपक्षीय रुपमा सहमती भए पनि कानुनी प्रक्रिया नपुगेपछि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सर्वपक्षीय रुपमा भएको सहमतिको निर्णयसहित नगरपालिकाले सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रीपरिषद्को बैठकबाट उक्त निर्णय गराएर काम अगाडी बढाउन निर्देशन दिएको थियो ।

बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोबर प्रसाई आवश्यक प्रक्रिया पूरा गरेर नेपालगन्ज नगरपालिकाले स्वामित्व प्राप्त गरेपछि क्रिकेट रंगशाला निर्माणको लागि आफूहरु सहयोग जुटाउन तयार रहेको बताए । यस्तै, केन्द्रीय मोहरम पर्व तथा कर्वला समिति अध्यक्ष फिरोज वारसीले नगरपालिकाले नै कानुनी प्रक्रिया पूरा गर्न ढिलाई गरेको बताए ।

‘क्रिकेट मैदान निर्माणका लागि मुस्लिम समुदायले जमिन दिएको छ । त्यसमा नगरपालिकाले कानुन प्रक्रिया मिलाएर काम अगाडी बढाउनु पर्छ । बाँकी जमिनमा पहिले भएको सहमति अनुसार काम हुनुपर्छ भन्ने मात्र हाम्रो माग हो ।’

क्रिकेट रंगशाला निर्माणको विषय नेपालगन्जवासीको साझा मुद्दा भएकोले यसमा सबैको सहयोग आवश्यक रहेको लुम्बिनी–कर्णाली क्रिकेट विकास समिति अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।

‘ढिलै भएपनि सकारात्मक रुपमा काम अगाडी बढिरहेको छ । क्रिकेट रंगशाला नहुँदा नेपालगन्जका हजाराैं प्रतिभावान खेलाडीले क्षमता देखाउने अवसर पाएका छैनन् । क्रिकेट रंगशाला यहाँका हजारौ युवाहरुको सपना हो । यसमा सबैको सहयोगको लागि हामी अपिल गर्दछौं ।’


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC