असार २२, २०८२ आइतबार | ०३:०४:३०
पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा
शनिबारको दिन

घरेलु फुटबलमा जगमगाउँदै मीना

काठमाडौं । गत वर्ष माघमा सम्पन्न एन्फा राष्ट्रिय लिगमा वालिङ नगरपालिकाबाट खेल्दा स्ट्राइकर मीना देउवाले एक गोल मात्र गरेकी थिइन् । मीनाको त्यो गोल सुपर स्टेजअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध भएको थियो ।

ठूलो विपक्षीविरुद्ध गरेकाले मात्र होइन, त्यो गोल आफैंमा मन लोभ्याउने खाले थियो । सुपर स्टेजमा वालिङले ८ खेलमा ४९ गोल खाँदा ५ गोलमात्र गर्न सकेको थियो । दयनीय अवस्थाबाट गुज्रिइरहेको वालिङका लागि मीनाले आर्मीकी गोलकिपर अञ्जना रानामगरलाई काउन्टरमा बिट गरेकी थिइन् । सजना रानाको पासमा मीनाले सुरुमा विपक्षी रक्षक सुस्मिता चौधरीलाई छक्याएर लडाइन् अनि त्यसपछि अञ्जना बिट भइन् ।

आर्मीविरुद्धको उक्त गोल वास्तवमै गजबको थियो । त्यस किसिमको गोल कुनै जब्बर स्ट्राइकरबाट मात्र सम्भव हुने गर्छ । कैलाली अत्तरियाकी १७ वर्षीया मीना त्यस्तै खेलाडीमा पर्छिन् । छरितो अनि काउन्टर आक्रमणमा विपक्षी रक्षापङ्क्तिलाई गाह्रो बनाउन सक्ने खुबी मीनाका विशेषता हुन् ।

एन्फा राष्ट्रिय महिला लिग २०८१ अन्तर्गत त्रिभुवन आर्मीविरुद्ध बल अगाडि बढाउँदै वालिङ नगरपालिकाकी मीना देउवा, तस्विर सौजन्यः एन्फा ।

‘हाम्रो टोली साँच्चिकै कमजोर थियो । खेलाडीहरू राम्रा थिए । तर, आवश्यक तयारी नभएकाले लिगमा सोचेअनुरुप प्रदर्शन गर्न सकेनौं,’ मीना सुनाउँछिन्, ‘मैले ठूलो खेलाडी बन्ने लक्ष्य बोकेको छु । आर्मीविरुद्धको त्यो गोलले मलाई प्रेरणा मिलेको छ ।’

डेढ दशक अगाडि नेपाली महिला फुटबल बामे सर्दै गर्दादेखि अहिलेको चलायमान अवस्थासम्म आइपुग्दा, राष्ट्रिय टोलीले स्ट्राइकरको अभाव कहिल्यै महसुस गर्नुपरेको छैन ।

ठ्याक्कै चार महिनापछि मीनाले आर्मीको पोस्टमा अर्को गोल गरिन् । यसपालि अवसर थियो, बाँकेस्थित नेपालगञ्ज रंगशालामा भएको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेल । अनि मीना थिइन्, विभागीय टोली नेपाल पुलिस क्लबको जर्सीमा ।

पहिलाे खेलमा पुलिसले भारतको सिलिगुढी एफसीविरुद्ध ४-० को जित हासिल गर्दा मीनाले एक गोल गरिन् । नाटकीय सेमिफाइनलमा पुलिस सडनडेथमा विजयी भएको थियो । निर्धारित समयमा मीनाले नै पुलिसलाई अग्रता दिलाएकी थिइन् ।

लुम्बिनी कपमा आर्मीविरुद्ध प्रतिस्पर्धा गर्दै मीना देउवा (निलो जर्सी) ।

डेढ दशक अगाडि नेपाली महिला फुटबल बामे सर्दै गर्दादेखि अहिलेको चलायमान अवस्थासम्म आइपुग्दा, राष्ट्रिय टोलीले स्ट्राइकरको अभाव कहिल्यै महसुस गर्नुपरेको छैन ।

पूर्वकप्तान अनु लामा गजबकी स्ट्राइकर थिइन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी अनु आफ्नो अन्तर्राष्ट्रिय करियरको उत्तरार्धमा रहँदा सावित्रा भण्डारीले आफ्नो जादु देखाउन थालिसकेकी थिइन् । अनुलाई नै आइडल मान्ने सावित्रा दक्षिण एसियामा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । पछिल्लो समय रेखा पौडेल र रश्मिकुमारी घिसिङ जनमानसको मनमा बस्न सफल खेलाडी हुन् ।

 मीनाको उपस्थितिले पुलिसलाई फाइदा पनि भइरहेको छ । लुम्बिनी कप मीनाका लागि पुलिस क्लबबाट तेस्रो प्रतियोगिता प्रतियोगिता हो ।

अनुले गत वर्ष पुस महिनामा सम्पन्न एन्फा राष्ट्रिय महिला लिगबाट व्यावसायिक फुटबलबाट संन्यास लिइसकेकी छन् । सावित्रा र रेखा देशबाहिर व्यावसायिक फुटबल खेलिरहेका छन् । रश्मिले भने एपिएफ क्लबको प्रतिनिधित्व गरिरहेकी छन् । घरेलु फुटबलमा अहिले हेर्नलायक स्ट्राइकर भनेको उही रश्मि नै हुन् । लिगमा ३५ गोल गरेकी रश्मि उच्च गोलकर्ताको निर्विकल्प दाबेदार थिइन् । रश्मिपछि नाम आउँछ आर्मीकी चन्द्रा भण्डारी । लिगमा १७ गोल गरेकी चन्द्रा पछिल्लो समयकी उदीयमान फरवार्ड हुन् ।

एन्फा राष्ट्रिय महिला लिग २०८१ अन्तर्गत बागमती युवा क्लबविरुद्ध वालिङ नगरपालिकाकी मीना देउवा, तस्विर सौजन्यः एन्फा ।

लिगमा यसपालि उच्च गोलकर्ताको दौडमा पुलिसका खेलाडी शीर्ष १० भित्र पनि अटाउन सकेनन् । यसको कारण थियो भरपर्दो स्ट्राइकरको कमी । यद्यपि पुलिस उपविजेता बनेको थियो । नियमित फरवार्ड रेखा नहुँदा पुलिसले सुपर स्टेजमा गोल गर्न निकै संघर्ष गरेको थियो । कप्तान निरु थापाको प्रेरणाले नथेग्दो हो त पुलिसले फाइनलसम्म यात्रा गर्नु असम्भव जस्तै थियो । लिग पनि यसपटक प्लेअफ ढाँचामा सञ्चालन भएको थियो । नियमित डबल लिगमा पुलिसले अंकतालिकाको तेस्रो स्थानमा रहेर लिग टुंग्याएको थियो ।

यही संघर्षबीच मीना पुलिसमा जोडिन पुगेकी हुन् । मीनाको उपस्थितिले पुलिसलाई फाइदा पनि भइरहेको छ । लुम्बिनी कप मीनाका लागि पुलिस क्लबबाट तेस्रो प्रतियोगिता प्रतियोगिता हो ।

लिगलगत्तै राष्ट्रिय टोलीले लेवनान, किर्गिस्तान र म्यानमारसम्मिलित अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलेको थियो । लिगमै देखाएको कलाका आधारमा मीना ३९ सदस्यीय प्रारम्भिक टोलीमा छनोट भइन् । तर, छनोटको पहिलो चरणबाटै बाहिरिन पुगिन् । अन्तर्राष्ट्रिय च्याम्पियनसिपपछि मोफसलमा महिला फुटबल निकै तातेको छ । कुनै बेला एउटा खेल खेल्न वर्षौंसम्म कल्पिनुपर्ने महिला खेलाडीलाई अचेल भ्याइनभ्याई छ ।

सुर्खेतमा सम्पन्न एन्फा राष्ट्रिय महिला लिग छनोटमा सुदूरपश्चिम प्रदेशको टोली  (मीना देउवा पहिलो रोको बायाँ), तस्विर सौजन्यः एन्फा ।

फागुन अन्तिम साता इलाममा भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपदेखि मीना पुलिसको जर्सीमा देखिँदै आएकी छन् । पुलिसको यो एक्सपोजरले आफ्नो खेल स्तरमा वृद्धि भइरहेको मीना बताउँछिन् । भन्छिन्, ‘मैले पुलिस आएर धेरै कुरा सिक्न पाइरहेको छु । विभागमा हामीले नियमित प्रशिक्षण गर्छौं । जसले गर्दा हाम्रो खेलमा आवश्यक सुधार ल्याउन मद्दत पुगिरहेको हुन्छ ।’

फुटबल खेल्नुभन्दा अगाडि मीना दौडिन्थिन् । विस्तारै स्कुलका दाइहरूले फुटबल खेलेको देखेर उनलाई पनि फुटबल खेल्ने जोस जाग्यो । अत्तरियाकै साइपल युवा क्लबमा जोडिन पुगेपछि मीनाको फुटबल खेल्ने मोहले थप गति लिन थाल्यो । पछिल्लो एक वर्षयता भने मीना ‘अल स्टार्स स्पोर्टस एकेडेमी’ मा आबद्ध थिइन् ।

अल स्टार्समै प्रशिक्षण गरिरहँदा एन्फा राष्ट्रिय लिगको छनोट प्रतियोगिता खेल्ने सुदूरपश्चिम टोलीमा मीना छनोट भएकी थिइन् । कैलाली जिल्ला छनोट हुँदै प्रदेश छनोटमा पनि सफल भएपछि मीना सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रतिनिधित्व गर्न सफल भइन् । सुर्खेतमा सम्पन्न छनोटमा सुदूरपश्चिमले अंकतालिकाको दोस्रो स्थानमा रहँदै राजधानीमा हुने राष्ट्रिय लिगको टिकट काटेको थियो । सात प्रदेशको सहभागिता रहेको छनोट प्रतियोगितामा मीनाले कुल ६ गोल गरेकी थिइन् ।

राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकाको टोलीसँग मीना देउवा (पहिलो रोको दायाँबाट दोस्रो ), तस्विर सौजन्यः एन्फा ।। 

लिग मीनाका लागि आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर थियो । तर, सुदूरपश्चिम फुटबलको राजनीतिका कारण मीनाले लिग खेल्ने अवसर गुमाउन पुगिन् । मीनासँगै त्यतिबेला बिर्सना चौधरी, अस्मिता चौधरी, अञ्जली चन्द जस्ता युवा प्रतिभामाथि राजनीति भयो । सुदूरपश्चिमबाट नखेल्ने भएपछि यी खेलाडीलाई अन्य टोलीले अनुबन्ध गर्न चाहेका थिए । तर, संघबाट रिलिज पत्र नपाउँदा खेलाडी थप मारमा परे ।

पुलिसका मुख्य प्रशिक्षक सुमन सुवेदीको बुझाइमा मीना लामो रेसको घोडा बन्न सक्ने खेलाडी हुन् ।

दोस्रो चरण अर्थात् सुपर स्टेजमा भने सुदूरपश्चिमले उनीहरूलाई फुकुवा गरिदियो । त्यसपछि मीना र उनका साथीहरू मैदानमा फर्कन पाएका हुन् । अस्मिता र अञ्जली बागमती युवा क्लबको जर्सीमा देखिए भने विर्सनालाई पुलिसले अनुबन्ध गर्यो । मीनाले भने वालिङबाट खेलिन् ।

अहिले एक वर्षको अन्तरालमै मीनाले पुलिसका लागि महत्वपूर्ण खेलाडीका रूपमा आफूलाई स्थापित गर्न सफल भएकी छन् । पुलिस पनि मीना जस्तो खेलाडी पाउँदा दंग छ । मुख्य प्रशिक्षक सुमन सुवेदीको बुझाइमा मीना लामो रेसको घोडा बन्न सक्ने खेलाडी हुन् ।

पुलिसको टोलीसँग मीना देउवा (३४ नम्बरको जर्सी) मा । 

‘मीना करियरको सुरुआती समयमा छ । उसले सिक्न बाँकी धेरै कुरा छन् । ऊसँग स्ट्राइकरमा हुनुपर्ने सबै गुण छ । उसको गति तीव्र छ । जसले रक्षापंक्तिलाई गाह्रो बनाउँछ । मुख्य कुरा मलाई मीनाको कन्फिडेन्स मनपर्छ,’ सुवेदी भन्छन्, ‘मीनाले पुलिसको अग्रपंक्तिको समस्यामा मलम लगाएकी छन् ।’