असार २२, २०८२ आइतबार | ०२:२०:५२
पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा
शनिबारको दिन

मुलपानी मैदानमा टुटेको विश्वकप सपना

काठमाडौं । गत शनिबार आइसिसी यु-१९ विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा उत्कृष्ट लयमा रहेका दुई टोली नेपाल र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने तालिका थियो । जित्ने टोली विश्वकपका लागि छनोट हुने भएकाले यसलाई महत्वका साथ हेरिएको थियो ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुने तय खेल निकै रोमाञ्चक हुन अनुमान थियो । खेल हेर्न नेपाली समर्थकको बाक्लो उपस्थिति थियो । तर, वर्षाका कारण खेल समयमै सुरु हुन सकेन ।

पानी परेर बिहान ९ बजेतिर रोकिएपछि ग्राउन्ड स्टाफ खेल्न योग्य बनाउन मैदानमा तल्लिन रहे । खेलाडी र समर्थकलाई खेल हुने आस थियो । सबैको नजर अम्पायरको निर्णयमाथि थियो । करिब साढे ४ घण्टाको मिहिनेतपछि मैदानको केही स्थानमा हिलो भएका कारण खेलाउन योग्य नभएको भन्दै करिब २ बजेतिर अम्पायरले खेल रद्द गर्ने निर्णय गरेको थियो । यसले सबै निरास भए ।

यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६ २००८, २०१२, २०१६ र २०२४ काे  विश्वकपमा  प्रतिस्पर्धा गरेको थियो ।

वर्षा बाधक बन्दा नेपाल फेरि अभागी साबित भयो । खेल रद्द भएपछि समर्थकले कमजोर भौतिक संरचनाका कारण नेपालले ठूलो अवसर गुमाएको भन्दै आफ्नो आक्रोश पोखेका थिए । सामाजिक सन्जालमा अहिले राम्रो मैदान चाहियो भन्ने आवाजले व्यापकता पाएको छ ।

आउटफिल्डमा जमेको पानी हटाउँदै ग्राउन्ड स्टाफ, तस्विर सौजन्यः क्यान । 

नेपाली टोलीका प्रशिक्षक शक्ति गौचन कमजोर भौतिक पूर्वाधारभन्दा पनि कहीँकतै आफ्नै मिहिनेत नपुगेर सुनौलो अवसर गुमाएको बताउँछन् ।

‘अफगानिस्तालनाई हराउँदै विश्वकपमा स्थान बनाउने इच्छा थियो । खेल हो जे पनि हुन सक्थ्यो । यसअघिको शृंखलामा राम्रो प्रदर्शन गरेकाले जित्न सक्थ्यौं जस्तो लाग्छ । यो हाम्रा लागि विश्वकपमा पुग्ने सुनौलो अवसर थियो । तर मौसमका कारण त्यो अवसर गुमाउन पुग्यौं,’ प्रशिक्षकले गौचनले भने ।  उनले यो नतिजाले सबै दुःखी भएको सुनाए । भने, ‘सायद कहीँकतै हाम्रो पनि कमजोरी रह्यो होला । चहिने जति मिहिनेत गरेनौं कि ? यसबाट पाठ सिक्दै आगामी खेलहरू राम्रो गर्ने प्रयास गर्नेछौं ।’

अम्पायरले मैदानको केही भाग हिलो भएका कारण खेलाडी घाइते हुनसक्ने खतरा देखेर खेल रद्द गरेको गौचनको बुझाइ थियो । उनले भने, ‘हामीसँग त्यो निर्णय मान्नुको विकल्प पनि थिएन ।’

नेपालका कप्तान नरेन भट्ट राम्रो गर्दा गर्दै पनि भाग्यले साथ नदिएकोमा दुःखी रहेको बताउँछन् । ‘खेलेर जस्तो नतिजा आएको भए पनि स्वीकार्न केही सहज हुन्थ्यो । उत्तिकै बाहिरिनुपर्दा सबैजना दुःखी छौं । तर मौसमको कुरा हाम्रो हातमा थिएन ।’

अफगानिस्तानका प्रशिक्षक रइस अहमदजाई खेल खेलाउन सक्दो प्रयास गर्ने ग्राउन्ड स्टाफलाई धन्यवाद दिएका थिए । 

उनले टोली राम्रो सेट र सबैजना लयमा पनि रहेको दाबी गरे । नरेनले भने, ‘जसरी पनि अन्तिम खेल जितेर विश्वकपमा पुग्ने लक्ष्यमा थियौं । मैदान राम्रै र यो भन्दा अझै सुधार गर्न सकिन्थ्यो । समयमै मैदान तयार भएको भए खेल्न पाउँथ्यौं होला ।’

आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्ताबीच खेल हेर्न उपस्थित दर्शक, तस्विर सौजन्यः क्यान । 

अफगानिस्तानका प्रशिक्षक रइस अहमदजाई खेल खेलाउन सक्दो प्रयास गर्ने ग्राउन्ड स्टाफलाई धन्यवाद दिएका थिए । ‘अम्पायरको निर्णय कुरेर बस्न निकै गाह्रो भएको थियो । मैले आफ्ना खेलाडीलाई २० ओभरको भए पनि खेल हुनसक्छ, तयार भएर बस्नु भनेको थिएँ । नेपाली समर्थकको पनि बाक्लो उपस्थिति थियो । उनीहरूसामु खेल्न मन थियो । तर पूरा हुन सकेन ।’

नेपाल पनि विश्वकपका लागि योग्य टोली भएको उनको भनाइ थियो । त्यसैले ग्रान्ड स्टाफले खेल गराउन आफ्नोतर्फबाट सक्दो प्रयास गरे पनि सफल हुन नसकेको उनको बुझाइ थियो । उनले भने, ग्राउन्ड स्टाफको मिहिनेतप्रति मेरो सम्मान छ । सबैको चाहना खेल होस भन्ने थियो । तर प्राकृतिक विपत्तिको नियन्त्रण हाम्रो हातमा थिएन । यस पटक हामीलाई भाग्यले साथ दियो । विश्वकपमा छनोट भएकामा खुसी छौं,’ प्रशिक्षक अहमदजाईले भने ।

आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दै नेपाल र हङकङ, तस्विर सौजन्यः क्यान । 

हालसम्म आठ पटक आइसिसी यु-१९ विश्वकपमा सहभागिता जनाएको नेपालले ४८ खेल खेल्दा २२ जित, २५ हारको नतिजा निकाल्दा एक खेल विना नतिजा टुंगिएको छ । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६ २००८, २०१२, २०१६ र २०२४ काे  विश्वकपमा  प्रतिस्पर्धा गरेको थियो ।

जसमा नेपालले सन् २००० मा दोस्रो चरण, २०१६ मा क्वार्टरफाइनल र २०२४ मा सुपर सिक्ससम्मको यात्रा तय गरेको थियो ।

आइसिसी यु-१९ विश्वकप एसिया छनोटको च्याम्पियन अफगानिस्तान, तस्विर सौजन्यः क्यान ।