भाद्र ३०, २०८२ मंगलबार | १०:२८:२४
फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल
शनिबारको दिन

अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य

काठमाडौं । जतिबेला नेपालमा सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) टुंगियो र त्यसपछिको आयोजकका रूपमा पाकिस्तानको नाम घोषणा गरियो । त्यही बेला एक प्रकारको चिन्ता उत्पन्न भएको थियो । जतिलाई दक्षिण एसियाली राजनीति र यहाँका देशहरूबीचको सम्बन्धबारे थाहा थियो । सबैलाई आशंका थियो, पाकिस्तानले प्रतियोगिताको आयोजना गर्ने चाहिँ कहिले होला ? नभन्दै, अहिले यस्तै स्थिति आएको छ कि महसुस हुन थालेको छ, अब सायद कहिल्यै हुने छैन, साग ।

भर्खरै जस्तो लाग्न सक्छ नेपालमा सागको आयोजना भएको । अब त त्यो पनि ६ वर्षको छेउछाउ पुग्न थालेको छ । धेरै पटकको प्रयासपछि यही वर्ष सन् २०२५ मा १४ औं संस्करण आयोजना हुने भनिएको थियो । अब त यो कुनै पनि हालतमा सम्भव छैन । भारत नियन्त्रित काश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणपछि अहिले दक्षिण एसियाका दुई ठूला देशबीचको सम्बन्ध निकै नाजुक स्थितिमा छ । धेरै लामो समयपछि भारत र पाकिस्तानबीचको सम्बन्ध जटिल बनेको छ ।

१९औं दक्षिण एसियाली खेलकुदको समापन समारोह । 

दुवै देशले एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै सबैखाले सन्धि सम्बन्धलाई स्थगितको स्थितिमा राखेका छन् । जतिबेला यी दुई देशबीचको सम्बन्ध खराब हुन्छ, त्यसको सबैभन्दा ठूलो मार पर्ने भनेकै खेलकुदलाई हो । दक्षिण एसियाली भू-राजनीति आफैंमा निकै गिजोलिएको छ । त्यसमाथि भारत र पाकिस्तान जहिल्यै एकअर्कालाई शत्रुको रूपमा व्यवहार गरिरहेका हुन्छन् । कहिले कहाँ के हुन्छ, भन्न नै सकिने अवस्था छैन ।

धेरैको शंका हुने गथ्र्यो, कम्तीमा पाकिस्तानमा त साग सम्भव नै छैन । अन्यत्र पनि साग हुने कुनै सम्भावना छैन । यो तथ्य राम्रोसँग बुझेकाले कतिसम्म भनिसकेका थिए भने अब साग कहिल्यै हुने छैन ।

पछिल्लो केही दिनयता लागिरहेको थियो, सायद अब १४ औं साग हुने छाँटकाँट देखिएको छ । नेपाल ओलम्पिक कमिटीको नेतृत्वमै काठमाडौंमा केही छलफल चलिरहेको थियो । त्यो छलफलको विषय थियो, कुन कुन खेल समावेश गर्ने अनि समावेश हुने खेलमा कुन कुन स्पर्धा राख्ने । ओलम्पिक कमिटीको नेतृत्वले यसैक्रममा पाकिस्तान भ्रमण पनि गरेको थियो । एक प्रकारको उत्साह देख्न सुरु भएको थियो । भलै, त्यही बेला पनि सबैखाले शंका उपशंका कायम नै थियो ।

जतिबेला ओलम्पिक कमिटीका पदाधिकारीसँग कुराकानी हुने गथ्र्यो, उनीहरू आफै अन्योलमा थिए । धेरैको शंका हुने गथ्र्यो, कम्तीमा पाकिस्तानमा त साग सम्भव नै छैन । अन्यत्र पनि साग हुने कुनै सम्भावना छैन । यो तथ्य राम्रोसँग बुझेकाले कतिसम्म भनिसकेका थिए भने अब साग कहिल्यै हुने छैन, यसको स्थानमा प्रत्येक खेलको आफ्नै बृहत प्रतियोगिता गर्ने । त्यो पनि एक ठाउँमा नभएर फरक फरक ठाउँ वा अझ फरक फरक देशमै ।

१९औं दक्षिण एसियाली खेलकुदको रजत पदक विजेता नेपाली भलिबल टोली ।  

नेपालका कतिपय खेलाडीको जीवन त कुनै एउटा सागको संस्करण नखेल्दै टुंगिन बेर छैन । यो निराशाको स्थिति नभएर  अरू के नै हो र ?

लामै समय भइसकेको छ, भारतीय क्रिकेट टिमले पाकिस्तानको भ्रमण नगरेको । जस्तै ठूला प्रतियोगिता भए पनि भारतले आफ्नो टिमलाई पाकिस्तान पठाएको छैन । यसलाई लिएर भारतको चर्को आलोचना हुने गर्छ, तर यसले भारतीय सरकार र क्रिकेट पदाधिकारीलाई केही फरक परेको छैन । विश्व क्रिकेटमा भारतको यति धेरै दबदबा छ कि उसले जे चाह्यो, त्यही हुन्छ । एक प्रकारले विश्व क्रिकेट भारतसामु लाचार जस्तै छ ।

क्रिकेटकै उदाहरण दिएर धेरैको भनाइ हुने गथ्र्यो, भारतले पाकिस्तानमा हुने सागमा कसरी पो भाग लिनेछ ? पहलगाममा भएको आतंककारी आक्रमणपछि त १४ औं साग कसैको पनि प्राथमिकतामा पर्ने छैन । यसको आयोजनाका लागि जति पहल भएका छन्, ती सबैको अब कुनै अर्थ हुने छैन । डर छ, नेपालका कतिपय खेलाडीको जीवन त कुनै एउटा सागको संस्करण नखेल्दै टुंगिन बेर छैन । यो निराशाको स्थिति नभएर अरू के नै हो र ?

१९औं दक्षिण एसियाली खेलकुदकाे कांस्य पदक विजेता नेपाली पौडी टोली ।