आश्विन २१, २०८२ बुधबार | १३:५६:५९
एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा ६ नेपाली खेलाडी रायाले गरे आर्सनलसँगको सम्झौता नवीकरण नेपाललाई मलेसियाविरुद्धको ट्वान्टी-२० शृंखला कुवेतको सामना गर्दै नेपाल व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परीक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने जनकपुर बोल्ट्सले चेन्नईमा प्रशिक्षण क्याम्प राख्ने डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा ६ नेपाली खेलाडी रायाले गरे आर्सनलसँगको सम्झौता नवीकरण नेपाललाई मलेसियाविरुद्धको ट्वान्टी-२० शृंखला कुवेतको सामना गर्दै नेपाल व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परीक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने जनकपुर बोल्ट्सले चेन्नईमा प्रशिक्षण क्याम्प राख्ने डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी

नेपाललाई मलेसियाविरुद्धको ट्वान्टी-२० शृंखला

तस्विरः क्यान ।

काठमाडौं । नेपालले घरेलु टोली मलेसियाविरुद्धको महिला ट्वान्टी-२० शृंखला आफ्नो पक्षमा पारेको छ ।

बुधबार बायोमास क्रिकेट ओभलमा सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपाल पाँच विकेटले विजयी भयो ।

यो जितसँगै नेपालले पाँच खेलको शृंखला ३-२ ले आफ्नो पक्षमा पार्यो । यसअघि मलेसिया तीन र १३ रनले विजयी हुँदा नेपालले दुवै खेलमा ६ विकेटको जित निकालेको थियो ।

मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि  रुवी पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ र सम्झना खड्काले १३ रन बनाए ।

मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रनको योगफल तयार पारेको थियो ।

मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले ४०, माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाए ।

नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन तथा रचना चौधरीले एक विकेट लिए । 


भिडियो
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं