असार २५, २०८२ बुधबार | १७:५७:०६
पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा

श्रीलंकालाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली श्रीलंकाले बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा परेको छ ।

पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा श्रीलंकाले ९९ रनको फराकिलो जित दर्ता गर्यो ।

जितसँगै श्रीलंकाले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पार्यो ।  यसअघि श्रीलंकाले ७७ र बंगलादेशले १६ रनको जित निकालेका थिए ।

श्रीलंकाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य पछ्याएको बंगलादेश ३९.४ ओभरमा १८६ रनमै समेटियो ।

बंगलादेशका लागि टोविड हृदयले ७८ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी परभेज हुसेन इमोन र कप्तान मेहदी हसन मिराजले समान २८, जाकिर अलीले २७, तान्जिद हसनले १७ र शमिन हुसेनले १२ रन बनाए । 
श्रीलंकाका लागि असिथा फर्नान्डो र दुस्मन्था चमिराले समान तीन तथा दुनिथ वेलालागे र वानिन्दु हसरंगाले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८५ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले १४ बलमा १८ चौकाको मद्दतले सर्वाधिक १२४ रनको योगदान गरे । यसैगरी कप्तान चरिथ अस्लंकाले ६८ बलमा ९ चौकासहित ५८, पथुन निसन्काले ३५, वानिन्दु हसरंगालले अविजित १८, कामिन्दु मेन्डिसले १६, जानिथ लियान्गेले १२ र दुस्मन्थ चमिराले अविजित १० रन बनाए ।

कुशलले चौथो विकेटका लागि चरिथसँग १२४ तथा दोस्रो विकेटका लागि पथुमसँग ५६ रनको साझेदारी गरेका थिए । बंगलादेशका लागि तस्किन अहमद र मेहदी हसन मिराजले समान दुई तथा तान्जिम हसन सबिक, तन्वीर इस्लाम र शमिम हुसेनले समान एक विकेट लिए । 


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY