असार ८, २०८२ आइतबार | ०५:२७:००
वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’

वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि

काठमाडौं ।  वडा नम्बर-४ विरुद्ध १०५ रनको सानदार जित निकाल्दै वडा नम्बर-३ प्रथम बिदुर मेयर कप अन्तरवडा ट्वान्टी -२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा वडा-३ ले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको वडा-४ ले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो ।

वडा-४ का लागि किशोर अर्यालले २५ र विकास लामिछानेले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वडा-३ का लागि सुरज ओझाले तीन, विधान खतिवडा र निरञ्जन थापाले समान दुई तथा दिनेश सुवेदीले एक विकेट लिए ।  

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वडा-३ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८८ रनको योगफत तयार पारेको थियो ।

वडा-३ का  लागि मञ्जित थपलियाले ५५ बलमा सात चौका र ६ छक्कासहित अविजित ९४ रनको योगदान गरे । यसैगरी राजेश रिजालले ४७ रन बनाए ।

वडा-४ का लागि सञ्जित तिवारी र किशोर अर्यालले समान दुई विकेट लिए ।

विजेता वडा-३ ले ५० हजार तथा उपविजेता वडा-४ ले २५ हजार रुपैयाँ प्राप्त गरे ।

वडा-४ का विकास लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

वडा-७ का हरिहर सुवेदी उत्कृष्ट बलर, वडा-३ का दिनेश सुवेदी उत्कृष्ट ब्याटर तथा सुरज ओझा उदीयमान खेलाडी चुनिए । उनीहरूले जनही ५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको समापनका अवसरमा नुवाकोट जिल्ला क्रिकेट संघले नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोशन विश्वकर्मालाई सम्मान गरेको थियो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team