फाल्गुन ५, २०८२ मंगलबार | ०९:०५:५६
१२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस

वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि

काठमाडौं ।  वडा नम्बर-४ विरुद्ध १०५ रनको सानदार जित निकाल्दै वडा नम्बर-३ प्रथम बिदुर मेयर कप अन्तरवडा ट्वान्टी -२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा वडा-३ ले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको वडा-४ ले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो ।

वडा-४ का लागि किशोर अर्यालले २५ र विकास लामिछानेले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वडा-३ का लागि सुरज ओझाले तीन, विधान खतिवडा र निरञ्जन थापाले समान दुई तथा दिनेश सुवेदीले एक विकेट लिए ।  

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वडा-३ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८८ रनको योगफत तयार पारेको थियो ।

वडा-३ का  लागि मञ्जित थपलियाले ५५ बलमा सात चौका र ६ छक्कासहित अविजित ९४ रनको योगदान गरे । यसैगरी राजेश रिजालले ४७ रन बनाए ।

वडा-४ का लागि सञ्जित तिवारी र किशोर अर्यालले समान दुई विकेट लिए ।

विजेता वडा-३ ले ५० हजार तथा उपविजेता वडा-४ ले २५ हजार रुपैयाँ प्राप्त गरे ।

वडा-४ का विकास लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

वडा-७ का हरिहर सुवेदी उत्कृष्ट बलर, वडा-३ का दिनेश सुवेदी उत्कृष्ट ब्याटर तथा सुरज ओझा उदीयमान खेलाडी चुनिए । उनीहरूले जनही ५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको समापनका अवसरमा नुवाकोट जिल्ला क्रिकेट संघले नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोशन विश्वकर्मालाई सम्मान गरेको थियो । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL