काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा बिहीबार पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेङ्लुरु प्रतिस्पर्धा गर्दैछन् । यी दुई टिमले लिग चरणमा क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेका हुन् ।
खेल मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ देखि सुरु हुनेछ ।
दुवै टोली पहिलो आइपिएल उपाधिको खोजीमा छन् । पञ्जावले पछिल्लो पटक सन् २०१४ तथा बेङ्लुरुले सन् २०१६ मा फाइनल खेलेका थिए ।
यी दुवै टिमले प्रतियोगिताको पछिल्लो पाँच खेलमध्ये चारमा जित निकाल्दा समान एक खेलमा हार व्यहोरेका छन् ।
यो खेल जत्ने टोलीले फाइनलमा स्थान बनाउने छ । हार्ने टोलीले भने इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
यो सिजन पञ्जाव र बेङलुरु तेस्रो पटक आमने सामने हुँदैछन् । लिग चरणमा पञ्जाव पाँच तथा बेङ्लुरु सात विकेटले विजयी भएका थिए ।