जेष्ठ १८, २०८२ शनिबार | १४:५२:५४
खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल आरसिबीको मेटिएला आइपिएल उपाधि प्यास ? आत्मकथा शृंखला-२ः परिवारको प्रभाव निर्णायक रह्यो रोहितको अर्धशतक, गुजरातलाई २२९ रनको लक्ष्य गण्डकीलाई बजेट परेन भन्नु गलतः सदस्यसचिव घिसिङ खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल आरसिबीको मेटिएला आइपिएल उपाधि प्यास ? आत्मकथा शृंखला-२ः परिवारको प्रभाव निर्णायक रह्यो रोहितको अर्धशतक, गुजरातलाई २२९ रनको लक्ष्य गण्डकीलाई बजेट परेन भन्नु गलतः सदस्यसचिव घिसिङ

निक पोथस नेपाली पुरुष राष्ट्रिय टोलीका सल्लाहकार प्रशिक्षक

काठमाडौं । दक्षिण अफ्रिकाका निक पोथस नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त  भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार उनलाई सहल्लाहकार प्रशिक्षक बनाइएको जानकरी दियो । 

वेस्ट इन्डिज टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका पोथससँग श्रीलंकाको फिल्डिङ र बंगलादेशको सहायक प्रशिक्षकका रूपमा काम गरेको अुनभव पनि छ ।

नेपाली टोली आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको तयारीमा छ ।

जुन २ देखि १२ सम्म हुने आसन्न शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । नेपालले जुन २ र ८ मा स्कटल्यान्ड तथा जुन ४ र १० मा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

बेलायत भ्रमण सकेर स्कटल्यान्ड पुगिसकेको नेपालले लिग-२ अघि स्कल्यान्ड ‘ए’ टोलीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

डब्लूसिएलको आफ्नो चौथो शृंखला खेल्ने क्रममा रहेको नेपाली टोली निकै खराब लयमा छ । हालसम्म लिगका तीन शृंखलाका १२ खेल खेल्दा नेपाल ६ अंक बटुलेर आठ टोली सहभागी लिगको सातौं स्थानमा छ । नेपालभन्दा मुनि युएईमात्रै छ ।

पोथसको अगामीले नेपाली टोलीको प्रदर्शनमा सुधार आउने अपेक्षा गरिएको  छ । उनले नेपाली टोलीका नयाँ मुख्य प्रशिक्षक स्टुवार्ट ललाई सहयोग गर्नेछन् ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL