माघ ४, २०८२ आइतबार | ०१:२५:५७
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा रोक्न अनुरोध

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को पत्रपछि शनिबार हुने भनिएको लुम्बिनी प्रदेश क्रिकेट संघको विवादास्पद विशेष साधारणसभा स्थगित हुने सम्भावना बढेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले शुक्रबार प्रदेश क्रिकेट संघलाई पत्र पठाउँदै विशेष साधारणसभा रोक्न अनुरोध गरेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसमक्ष प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध अविश्वासको प्रस्ताब आएपछि चन्दले शनिबारलाई त्यही विषयमा निर्णय गर्नका लागि भन्दै साधारणसभा बोलाउन निर्देशन दिएका थिए ।

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले आफूविरुद्ध आएको अविश्वासको प्रस्ताब र प्रस्ताब ल्याइएको प्रक्रिया अवैधानिक तथा नियोजित भएको बताउँदै त्यसलाई रोक्न राखेपमा निवेदन गरेका थिए । जसमा उनले अविश्वासको प्रस्ताब ल्याउनका लागि आधारका रुपमा प्रस्तुत गरिएको प्रादेसिक क्रिकेट संघ विनियमावली २०८१ नै आफैमा अवैधानिक भएको उनको जिकिर थियो ।

क्यानको साधारणसभाले प्रादेशिक क्रिकेट संघ विनियमावली २०८० पास गरिसकेको अवस्थामा अचानक अध्यक्षले नयाँ विनियमावली ल्याएर क्यान कब्जा गर्न खोजेको उनको आरोप थियो ।

अविश्वासको प्रस्ताब आएपछि क्यानले अध्यक्ष चन्दको अगुवाईमा गुरुङलाई निलम्बन गरेर विशेष साधारणसभाको प्रक्रिया अगाडि बढाएको थियो । जसमाथि असन्तुष्टि जनाउँदै गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चन्दले एकलौटी तरिकाले आफ्नो स्वार्थअनुकुलमात्र क्यान चलाएको आरोप लगाएका थिए ।

आफूविरुद्ध अविश्वासको प्रस्ताबरुपी तरवार तेस्र्याउँदा पनि अध्यक्ष चन्दले एकलौटी रुपमा निर्णय गरेको गुरुङको आरोप थियो । ‘एउटा प्रदेशको अध्यक्षलाई निलम्बन गर्ने, अविश्वासको प्रस्ताबमाथि निर्णय गर्ने साधारणसभा बोलाउने जस्ता विषयमा कार्यसमितिमा छलफल हुनुपर्दैन ? अध्यक्षले एकलौटी रुपमा गर्न मिल्छ ? नेपाल क्रिकेट संघ कसरी चलिरहेको छ,’ उनले प्रश्न गरेका थिए ।

शुक्रबार क्यानका प्रशासनिक प्रमूख सचिव खड्काले बोधार्थ तथा कायार्थ भन्दै प्रदेशका सातवटा जिल्ला क्रिकेट संघ, रुपन्देही, कपिलबस्तु, पाल्पा, दाङ, बाँके, बर्दिया र नवलपरासी तथा प्रदेशका उपाध्यक्षलाई पठाएको पत्रले गुरुङले अध्यक्ष चन्दमाथि लगाएको आरोपको पुष्टि गर्छ । खड्काले पत्रमा प्रादेसिक क्रिकेट संघको विनियमावली तथा अविश्वासको प्रस्ताबसम्बन्धि प्रक्रियामा क्यानको केन्द्रिय कार्यसमितिमा छलफल तथा निर्णय नभएको प्रष्टसँग लेखेका छन् ।

पत्रमा सचिव खड्काले लेखेका छन्, ‘राखेपको पत्रानुसार लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्षले उठाएको विनियमावली विवाद समाधान नभएसम्म विशेष साधारणसभाको प्रक्रिया स्थगित गरि परिषदलाई जानकारी गराउन अनुरोध प्राप्त भएको छ । राष्ट्रिय खेलकुद परिषदले विधि र विधानविपरित कार्य गर्न नहुने भनि निर्देशन हुन आएको र यस प्रक्रियासम्बन्धि नेपाल क्रिकेट संघको केन्द्रिय कार्यसमितिमा छलफल तथा निर्णय नभएको हुँदा उक्त विनियमावली सम्बन्धि विवाद केन्द्रिय कार्यसमितिबाट निर्णय नहुन्जेलसम्म हाललाई अविश्वासको प्रस्ताबसम्बन्धि विशेष साधारणसभाको प्रकृया स्थगित गरिदिनुहुन अनुरोध छ ।’

अध्यक्ष चन्दले क्यानमा कार्यकाल लम्ब्याउनका लागि अहिल्यैदेखि आधार निर्माण गर्न प्रदेश तथा जिल्लाहरुमा आक्रमण गरि आफूअनुकुल नेतृत्व ल्याउने रणनीतिअनुसार काम गरिरहेको गुरुङको आरोप थियो । राखेप वा क्यानबाट साधारणसभा नरोकिए अदालतको ठोका ढकढक्याउने उनले चेतावनी दिएका थिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate