काठमाडौं । घरेलु टोली न्युजिलयान्डले पाकिस्तानविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा पाँच विकेटको जित दर्ता गरेको छ ।
जितसँगै न्युजिल्यान्डले पाँच खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा न्युजिल्यान्ड ९ विकेटले विजयी भएको थियो ।
डुनेडिनस्थित युनिभर्सिटी ओभलमा मंगलबार पाकिस्तानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य न्युजिल्यान्डले १३.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
न्युजिल्यान्डका लागि टिम सिफर्टले ४५, फिन एलनले ३८, मिचेले हेले अविजित २१ र ड्यारिल मिचेलले १४ रन बनाए ।
पहिलो विकेटका लागि सिफर्ट र एलनले ६६ रनको साझेदारी गरे । पाकिस्तानका लागि हरिस रौफले दुई तथा मोहम्मद अली, खुशदिल शाह र जहानदाद खानले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि कप्तान सलमान अघाले ४६, शदाब खानले २६, शहिन शाह अफ्रिदीले अविजित २२ तथा मोहम्मद हरिस, इरफान खान र अब्दुल समादले समान ११ रन बनाए ।
न्युजिल्यान्डका लागि जाकोब डफी, बेन सियर्स, जेम्स निशम र इश सोधीले समान दुई विकेट लिए ।
शृंखलोको तेस्रो खेल शुक्रबार हुनेछ ।