वैशाख २६, २०८२ शुक्रबार | १३:५७:५३
भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

विभागीय डर्बीमा आर्मी विजयी

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपिएफ क्लबविरुद्ध तीन विकेटको जित दर्ता गरेको छ ।

जितसँगै आर्मीले पाँच खेलमा १० अंक जोडेको छ । पराजित एपिएफको समान खेलबाट ६ अंक छ । 

भैरहवाको एक्ट्राटेक ओभलमा एपिएफले प्रस्तुत गरेको १४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि कुशल मल्लले अविजित ३१, विवेक यादवले २६, सोमपाल कामीले अविजित २२, बसिर अहमदले १३ र इम्रान शेखले ११ रन बनाए । 

सातौं विकेटका लागि कुशल र सोमपालले अविजित ५८ रनको साझेदारी गरे । एपिएफका लागि कमलसिंह ऐरी, अमरसिंह रौटेला र कप्तान रोहितकुमार पौडेलले समान दुई तथा किशोर महतोले एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि सन्दीप जोराले ९१ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी अमरसिंह रौटेला, भुवन कार्की र किशोर महतोले समान ११ रन बनाए ।

आर्मीका लागि आकाश चन्दले चार, सोमपाल कामीले तीन, शहाब आलमले दुई र बसिर अहमदले एक विकेट लिए । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP