वैशाख २६, २०८२ शुक्रबार | १४:०१:२७
भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

पिएसएल छाडेर आइपिएल खेल्ने निर्णय लिएका कोर्बिन बोश कानुनी झमेलामा

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने निर्णय लिएपछि दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोश कानुनी झमेलामा पर्ने भएका छन् ।

आइपिएल फ्रेन्चाइज मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बोशविरुद्ध ‘लिगल नोटिस’ जारी गरेको छ  ।

यो सिजनको पिएसएल र आइपिएल एकै समयमा हुँदैछ । आइपिएल मार्च २२ देखि मे २५ सम्म र पिएसएल अप्रिल ११ देखि मे १८ सम्म हुनेछ ।

गत जनवरीमा भएको पिएसएलको ड्राफ्टमा पेशावर जाल्मीले डायमन्ड क्याटगरीबाट बोशलाई भित्र्याएको थियो । तर, मार्च ८ मा मुम्बई इन्डियन्सले घाइते लिजार्ड विलियम्सको स्थानमा बोशलाई अनुबन्ध गरेको घोषणा गरेको थियो ।

भविष्यमा पिएसएल छाडेर आइपिएल आउने क्रम रोकियोस् भनेर बोशविरूद्ध पिसिबीले नोटिस जारी गरेको बतााइएको छ। अनौपचारिक छलफलमा पिएसएलका अन्य फ्रेन्चाइजीले यस्ता खेलाडीमाथि पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेका छन् ।

‘कानुनी नोटिस बोशको एजेन्टमार्फत पठाइएको थियो । उनको व्यावसायिक र सम्झौता प्रतिबद्धताहरूबाट पछि हट्ने कार्यको औचित्यबारे जवाफ दिन भनिएको छ। निर्धारित समय सीमाभित्र उनको प्रतिक्रियाको अपेक्षा गरिएको छ। पिसीबीले यस विषयमा थप कुनै टिप्पणी गर्नेछैन,’ पिसिबीको विज्ञप्तिमा भनिएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP