काठमाडौं । विपिन महतोको उत्कृष्ट प्रदर्शनप्रेरित कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
आइतबार भैरहवाको एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमाकोशीले गण्डकी प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकाल्यो।
जितसँगै कोशीले पाँच खेलमा दुई अंक जोडेको छ । पराजित गण्डकीको पनि चार खेलबाट दुई अंक नै छ ।
गण्डकीले प्रस्तुत गरेको ३२ रनको लक्ष्य कोशीले ८.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । कोशीका लागि साकिब हकले अविजित १६ र चिराग साहले १० रन बनाए ।
गण्डकीका लागि एकमात्र विकेट सुवास भण्डारीले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी २४.४ ओभरमा ३१ रनमै समेटिएको थियो । गण्डकीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
टोलीका चार ब्याटर रनको खाता पनि खेल्न नपाइ पेभेलियन फर्किए । कोशीका लागि विपिन महतोले आठ ओभरमा तीन मेडनसहित मात्र १७ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे ।
यसैगरी फिरदोस अन्सारीले तीन र दिपेश कँडेलले एक विकेट लिए ।