काठमाडौं । दिल्ली क्यापिटल्सलाई आठ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ ।
मुम्बईको ब्राबोर्न क्रिकेट मैदानमा मुम्बईले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरम नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४१ रन मात्रै बनाउन सक्यो ।
दिल्लीका लागि मारिजेन कप्पाले २६ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ४० रन जोडिन् । यसैगरी जेमिमा रोड्रिग्वेजले ३०, निकी प्रसादले अविजित २५ तथा कप्तान मेग लानिङ र जेस ज्यानसन समान १३ रन बनाए ।
मुम्बईका लागि नटाली स्किभर ब्रन्टले तीन, अमेलिया केरले दुई शब्निम स्माइल, हाइली म्याथ्युज र सइका इस्कले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुक्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको िथियो ।
मुम्बईका लागि कप्तान हरमनप्रित कौरले ४४ बलमा ९ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरिन् । यसैगरी नटाली स्किभर ब्रन्टले ३०, अमाजोत कौरले अविजित १४ र जी कमालिनीले १० रन बनाए ।
दिल्लीका लागि मारिजेन कप्पा, जेस जोनसन र श्री छरानीले समान दुई तथा एनबेल सदरल्यान्डले एक विकेट लिए ।
मुम्बईले दोस्रो पटक महिला प्रिमियर लिगको उपाधि जितेको हो । यसअघि टोली पहिलो संस्करणमा च्याम्पियन बनेको थियो । दिल्ली भने लगातार तेस्रो संस्करण फाइनलमा पराजित भएको हो ।