वैशाख २६, २०८२ शुक्रबार | १३:५८:४३
भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

मधेशले जित्यो आइजिपी कप क्रिकेटको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयविरुद्ध १४ रनको जित निकाल्दै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी जितेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा शनिबार सम्पन्न फाइनलमा मधेशले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि कृष्ण पासीले ३२, सुरज धितालले २५, युवराज सेन ओलीले२२, सबिर अहमदले १९ र दीपेन्द्र थापाले १६  रन बनाए ।

मधेशका लागि मुनाल यादव र युवराज शर्माले समान दुई तथा दिपेश रायले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो  ।

मधेशका लागि मुनाल यादवले ३२, कप्तान कमलेश मण्डल धानुकले २९,  संजय साहले २५ तथा दिपेश राय र  हेमु यादवले समान २२ रन बनाए ।

लुम्बिनीका लागि रोहित धितालले तीन, अनुपकुमार निशाद र युवराज सेन ओलीले समान दुई तथा रविन गौडेल र सुरज धितालले समान एक विकेट लिए ।

लुम्बिनी प्रदेशका युवराज सेन ओली  प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । यसैगरी मधेशका दिपेश राय उत्कृष्ट ब्याटर तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका पशुपति मल्ल उत्कृष्ट बलर घोषित भए । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP