आइसिसी ट्वान्टी-२० विश्वकप

पाकिस्तान बाहिरियो, अमेरिका सुपर ८ मा

काठमाडौं । पाकिस्तान आइसिसी ट्वान्टी-२० विश्वकपबाट बाहिरिएको छ ।

फ्लोरिडामा शुक्रबार आयरल्यान्ड र अमेरिकाबीच खेल वर्षाको कारण हुन नसक्दा अंक बाँडेपछि पाकिस्तानको यात्रा समूह चरणबाट अगाडि बढ्न सकेन ।

यो निताजसँगै समूह ‘ए’ बाट घरेलु टोली अमेरिले सुपर ८ को यात्रा तय गर्यो । अमेरिका ४ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा ह्यो । भारत ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।

सुपर ८ मा पुगेसँगै अमेरिकमा २०२६ को टी २० विश्वकपका लागि छनोट भएको छ ।

आयोजकका रूपमा अमेरिकाले सोझै यो संस्करणको विश्वकप खेल्ने अवसर पाएको थियो । डेब्यू विश्वकपमा अमेरिको प्रदर्शन उत्कृष्ट रह्यो ।