मंसिर ६, २०८१ बिहीबार | १५:०२:४६
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

साफ च्याम्पियनसिपः भुटानविरुद्ध माल्दिभ्स चाहन्छ कम्तिमा पनि एक गोल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बिहीबार भुटानको सामना गर्दा  माल्दिभ्स कम्तिमा पनि एक गोल गर्ने लक्ष्यमा हुनेछ ।

प्रतियोगिताबाट बाहिरिसकेको माल्दिभ्सले पछिल्ला दुई खेलमा एक गोल पनि गर्न सकेन । पहिलो खेलमा श्रीलंकासँग १-० ले निराश बनेको माल्दिभ्सले त्यसपछि आयोजक नेपालसँग ११-० को फराकिलो हार ब्यहोर्यो । 

माल्दिभ्सलाई यो एक गोल किन पनि आवश्यक छ भन्दा माल्दिभ्सले २०१६ यता साफ च्याम्प्यिनसिपमा गोल गर्न सकेको छैन । माल्दिभ्सले आफ्नो अन्तिम गोल भुटानविरुद्ध नै गरेको थियो । सिलिगुढीको कञ्चनजंगा रंगशालामा सम्पन्न समूहको अन्तिम खेलमा माल्दिभ्सले भुटानविरुद्ध ३-१ सहज जित हासिल गरेको थियो । सोही नतिजामा माल्दिभ्सले साफ च्याम्पियनसिपमै पहिलो पटक सेमिफाइनलको यात्रा गरेको थियो । भुटान त्यतिबेला जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

भुटान र श्रीलंका प्रतिस्पर्धा गर्दै । 

अहिले अवस्था ठ्याक्कै फेरिएको छ । माल्दिभ्स भुटानलाई हराउन सक्ने स्थितिमा छैन । घरेलु संरचना बलियो नभएका कारण माल्दिभ्सको महिला फुटबल दयनीय अवस्थामा छ । भुटानले भने विस्तारै महिला फुटबलमा राम्रो गर्दै गएको छ । भुटान अहिले त्यस्तो स्थितिमा पुगिसक्यो कि माल्दिभ्सविरुद्ध  बढीभन्दा बढी गोल गरेर समूहको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

‘हाम्रो लक्ष्य भनेको बढीभन्दा बढी गोल गरेर समूह विजेता बन्ने हो । यसपालि हामी फाइनल खेल्न काठमाडौं आएका हौं, ’ भुटानकी मुख्य प्रशिक्षक निकोला डेमाइनले भनेकी थिइन् ।

भुटानले पहिलो खेलमा नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको थियो । त्यसपछि भुटानले श्रीलंकालाई ४-१ ले पराजित गर्या । माल्दिभ्सविरुद्धको जितसँगै नेपालको गोल भिन्नता ११ पुगेको छ । बुधबार उसले श्रीलंकालाई हराए सम्भवतः शीर्ष स्थान पक्का गर्नेछ । भुटान शीर्ष स्थानमा रहने हो भने उसले माल्दिभ्सविरुद्ध ११ गोल हान्नु त पर्यो नै, नेपालसँग श्रीलंका बढीमा दुई गोलको भिन्नतामा मात्र हार्नु पर्नेछ । तर, यो लगभग सम्भव नभएका व्याख्या हुन् । हुन त फुटबलमा व्यावहारिक कुराभन्दा गणितले ठूलो भूमिका खेल्छ ।

माल्दिभ्सले २०१६ को सेमिफाइनलमा बंगलादेशसँग ६-० को पराजय बेहोरेको थियो । त्यसयता माल्दिभ्सले सात खेल खेलेको  माल्दिभ्सले ३९ गोल ब्यहोर्दा विपक्षी पोस्टमा भने एक गोल पनि गर्न सकेको छैन । 

माल्दिभ्स र नेपाल प्रतिस्पर्धा गर्दै । 

हेर्दा सामान्य लागे पनि यो एक गोल माल्दिभ्स फुटबलको आवाज बन्न सक्छ । माल्दिभ्स जहाँ महिलाको घरेलु लिग छैन । कुनै पनि घरेलु प्रतियोगिताहरु छैनन् ।

नेपालविरुद्धको त्यो दयनीय हारपछि मुख्य प्रशिक्षक मोहम्मद निजामले महिला फुटबलका बारेमा चित्रण गरे ।

‘यो हाम्रो लागि सुरुआत हो । हामीसँग के नै छ र ?,’ सानो स्वरमा निजामले भने, ‘म घर गएर फुटबल महासंघलाई घरेलु प्रतियोगिता गर्न आह्वान गर्छु । संरचनाहरु बलियो बनाउन पहल गर्छु ।’

माल्दिभ्स श्रीलंकाविरुद्ध दुई वा तीन पटक मात्र बललाई पेनाल्टी बक्सभित्र लग्न सफल रह्यो । दोस्रो खेलमा पनि नेपालकी गोलकिपर अञ्जना रानामगर फुर्सदिलो रहिन् । अञ्जनालाई दोस्रो हाफमा प्रतिस्थापन गरेकी उषा नाथले पनि एक पटक मात्रै बललाई छुन पाइन् । त्यसैले भुटानविरुद्ध पनि गोल आउन मुस्किल देखिन्छ ।

माल्दिभ्स र भुटानको यो दोस्रो भेट हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ः३० बजे सुरु हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin