वैशाख २७, २०८२ शनिबार | १८:१७:०६
स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन

दक्षिण अफ्रिका पुनः अभागी, अस्ट्रेलिया फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलिया आईसिसी एकदिवसीय विश्वकप २०२३ को फाइनलमा स्थान बनाएको छ । कोलकत्तामा दुई सय १३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।

यो खेलसँगै पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने अवसरबाट दक्षिण अफ्रिका पुनः चुकेको छ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया छैटौं पटक उपाधि जित्न एक खेलबाट टाढा छ । जारी विश्वकपमा अस्ट्रेलिया सुरुआती दुई खेल हारेपछि त्यसपछिका आठ खेलमा अपराजित छ ।

विजेता अस्ट्रेलियाले उपाधिको लागि आइतबार घरेलु टोली भारतसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा स्थान बनाइसकेको छ ।

विजेता अस्ट्रेलियाले उपाधिको लागि आइतबार घरेलु टोली भारतसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा स्थान बनाइसकेको छ ।

कोलकत्ताको इडेन गार्डेनन्समा अस्ट्रेलियाको लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । उनले ४८ बलमा ९ चौका र २ छक्का हिर्काएका हुन् ।  स्टेभन स्मिथले ३०, ओपनर डेविड वार्नरले २९ र जस इङ्लिसले २८ रनको योगदान गरेका थिए ।

वार्नर र हेडबीच पहिलो विकेटको लागि ६० रनको साझेदारी भएको थियो ।  स्मिथ र हेडले तेस्रो विकेटकोलागि ४५ रनको साझेदारी गरे । मिचेल स्टार्क र प्याट कमिन्सले अविजित क्रमशः १६ र १४ रन जोड्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे ।

वार्नर र हेडबीच पहिलो विकेटको लागि ६० रनको साझेदारी भएको थियो ।  स्मिथ र हेडले तेस्रो विकेटकोलागि ४५ रनको साझेदारी गरे । मिचेल स्टार्क र प्याट कमिन्सले अविजित क्रमशः १६ र १४ रन जोड्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे ।

टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले डेविड मिलरको सतक मद्धतमा निर्धारित ४९.४ ओभरमा अलआउट हुँदै दुई सय १२ रन बनाएको थियो ।

५.४ ओभरमा दुई विकेट गुमाएर मात्र आठ रन जोडेको थियो । ११.५ ओभरमा २४–४ को अवस्थाबाट दक्षिण अफ्रिकालाई मिलर र हेन्रिक क्लासेनले ठूलो स्कोरतर्फ पुर्याएका थिए ।

ओपनर क्विन्टर डि कक तीन रन र कप्तान टेम्बा बभुमा शुन्यमा पेभिलियन फर्किएपछि दक्षिण अफ्रिका निकै दबाबमा आएको थियो । मार्काे जन्सन गोल्डन डकआउट भए ।

मिलरले एक सय १६ बलमा आठ चौका र पाँच छक्कासहित एक सय १ रन बनाए । क्लासेनले ४८ बलमा ४७ रन बनाए । दुईबीच तेस्रो विकेटको लागि ९५ रनको बलियो साझेदारी भएको थियो ।

यसअघि ओपनर क्विन्टर डि कक तीन रन र कप्तान टेम्बा बभुमा शुन्यमा पेभिलियन फर्किएपछि दक्षिण अफ्रिका निकै दबाबमा आएको थियो । मार्काे जन्सन गोल्डन डकआउट भए ।

अस्ट्रेलियाका मिचल स्टार्क र प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए । जस हैजलवूड र ट्राभिस हेडले समान दुई विकेट लिएका छन् ।

यसअघि अस्ट्रेलिया नवौं र दक्षिण अफ्रिकाले पाचौँ पटक विश्वकपको सेमिफाइलनमा स्थान बनाएका थिए । यसअघि दुई टोलीबीच सन् १९९९ र २००७ को सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो । दुबै खेल अस्ट्रेलियाले जित्न सफल भयो ।  अस्ट्रेलिया लगातार तेस्रो पटक दक्षिण अफ्रिकालाई हराउँन सफल भयो ।

चार पटक सेमिफाइनल खेलको दक्षिण अफ्रिका यसपटक पनि अभागी सावित भयो । यसपटक टोलीको ब्याटिङ चल्न सकेन ।

चार पटक सेमिफाइनल खेलको दक्षिण अफ्रिका यसपटक पनि अभागी सावित भयो । यसपटक टोलीको ब्याटिङ चल्न सकेन । विश्वकप अघि भएको पाँच खेलको शृंखलामा भने अस्ट्रेलिया ३–२ ले पराजित भएको थियो ।

यसअघि अस्ट्रेलिया लिग चरणमा लगातार सात खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सुरुआती दुई खेल हारेको अस्ट्रेलियाले त्यसपछि कमब्याक गरेको हो । दक्षिण अफ्रिका विश्वकपमा उत्कृष्ट दुईमा स्थान बनाउँदै सेमिफाइनल पक्का गरेको थियो । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP