वैशाख २७, २०८२ शनिबार | १७:४४:३३
स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन

कोहली र श्रेयसको सतकप्रेरित भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको विशाल लक्ष्य

काठमाडौं । विराट कोहली र श्रेयस ऐयरको सतकप्रेरित भारतले न्युजिल्यान्डलाई तीन सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । आईसिसी एकदिवसीय विश्वकपको फाइनल प्रवेशका लागि मुम्बईको वानखडे रंगशालामा आयोजक भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा चलिरहेको छ ।

टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय ९७ रन बनायो । भारतको इनिङ्समा विराट कोहली र श्रेयसले सतक बनाए । सुभमन गिल ७९ रन बनाएर रिटायर्ड हर्ट भए ।

कोहलीले करियरको ५०औं सतक बनाएका हुन् । उनले सचिन तेन्दुलकरको कीर्तिमान भंग गरेका छन् । यसैगरी श्रेयसले विश्वकपमा लगातार दोस्रो सतक बनाएका छन् ।

भारतको लागि कोहलीले एक सय १३ बलमा सर्वाधिक एक सय १७ रन बनाए । उनले ९ चौका र दुई छक्का बनाएका हुन् । श्रेयसले आक्रामक ब्याटिङ गर्दै ७० बलमा चार चौका र आठ छक्कासहित एक सय ५ रन बनाए । 

घाइते भएपछि शुभमन गिलले ६५ बलमा ७९ रन बनाएर क्रिज छाडेका हुन् । ओपनर तथा कप्तान रोहित शर्माले २९ बलमा ४७ रनको योगदान गरे । केयर राहुलले ३९ रन बनाए ।

रोहित र गिलले पहिलो विकेटको लागि ७१ रनको साझेदारी गरेपछि भारत घरेलु मैदानमा खुलेर ब्याटिङ गरेको थियो । दोस्रो विकेटको लागि कोहली र गिलले अविजित ९३ रनको साझेदारी गरे । 

कोहली र श्रेयसबीच सर्वाधिक एक सय ६३ रनको साझेदारी भयो । केएल राहुल र श्रेयसले चौथो विकेटको लागि ५४ रनको साझेदारी गर्दै भारतलाई बलियो स्थितिमा पुर्याएका हुन् ।

न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिए । ट्रेन्ट बोल्डले एक विकेट लिए ।

प्रतियोगितामा भारत अपराजित छ । ९ खेलबाट १८ अंक जोडेको भारत शीर्षस्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो । समान ९ खेलबाट ५ जितसहित १० अंक जोडेको न्युजिल्यान्ड चौथो स्थानमा रहँदै सेमिफाइलन पुग्ने अन्तिम टोली बन्यो । 

सुरुआती चार खेलमा जित निकालेको न्युजिल्यान्डले त्यसपछिका चारै खेलमा हार बेहोरेको थियो । निर्णायक खेलमा श्रीलंकालाई ५ खेलले हराउन सफल भएको हो । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP