श्रावण २९, २०८२ बिहीबार | १०:५७:४३
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने पिएसजीलाई युइएफए सुपर कपको उपाधि आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने पिएसजीलाई युइएफए सुपर कपको उपाधि आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने

फाइलन प्रवेशका लागि भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसिसी एकदिवसीय विश्वकपको फाइनल प्रवेशका लागि आज (बुधबार) आयोजक भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल मुम्बईको वानखडे रंगशालामा दिउसो सवाँ २ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा भारत अपराजित छ । उसले खेलेका ९ खेल नै जितेको छ । न्युजिल्यान्ड चौथो स्थानमा रहँदै सेमिफाइलन पुग्ने अन्तिम टोली बन्यो ।

जारी विश्वकपमा भारत अपराजित छ । उसले खेलेका ९ खेल नै जितेको छ । १८ अंक जोडेको भारत शीर्षस्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो । समान ९ खेलबाट ५ जितसहित १० अंक जोडेको न्युजिल्यान्ड चौथो स्थानमा रहँदै सेमिफाइलन पुग्ने अन्तिम टोली बन्यो ।

सुरुआती चार खेलमा जित निकालेको न्युजिल्यान्डले त्यसपछिका चारै खेलमा हार बेहोरेको थियो । निर्णायक खेलमा श्रीलंकालाई ५ खेलले हराउन सफल भएको हो । भारतले भने ९ खेलमै सत प्रतिशत जित निकाल्यो । लिग चरणको भेटमा भारतले न्युजिल्यान्डलाई १२ बलअघि चार विकेटले हराएको हो ।

भारतका विराट कोहली उच्च लयमा छन् । उनले ९ इनिङ्स नै खेल्दै पाँच सय ९४ रन बनाएका छन् ।

कप्तान रोहित शर्मासँगै भारतका विराट कोहली, शुभमन गिल, जसप्रित बुम्राह, श्रेयस अय्यर, कुलदीप यादव, मोहम्मद सिराज निकै लयमा छन् । न्युजिल्यान्डको लागि कप्तान केन विलियम्ससँगै रचिन रविन्द्र, ट्रेट बोल्ड, डेवोन कोन्वे, लाकी फर्गुसन, टाम लाथम, डेरिल मिचल, ग्लेन फिलिप्स, टिम साउदी लगायतले सानदार प्रदर्शन गरेका छन् ।

भारतका विराट कोहली उच्च लयमा छन् । विश्वकपमा सर्वाधिक रन बनाउने कोहली पहिलो खेलाडी हुन् । उनले ९ इनिङ्स नै खेल्दै पाँच सय ९४ रन बनाएका छन् । उनले दुई सतक र पाँच अर्धसतक बनाएका हुन् । भारतका बुमराह ९ इनिङ्समा १७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ स्थानमा छन् ।

न्युजिल्यान्डका रचिन रविन्द्र पाँच सय ६५ रनसहित सर्वाधिक रन बनाउने खेलाडीमा तेस्रो स्थानमा छन् । 

न्युजिल्यान्डका रचिन रविन्द्र पाँच सय ६५ रनसहित सर्वाधिक रन बनाउने खेलाडीमा तेस्रो स्थानमा छन् । उनले तीन सतक र दुई अर्धसतक बनाएका छन् । न्युजिल्यान्डका साट्नर ९ इनिङ्समा १६ विकेट लिँदै सर्वाधिक विकेट लिने नवौं स्थानमा रहे । 
 


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video