माघ १६, २०८२ शुक्रबार | ०५:१३:५४
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

मुलपानी मैदानबाट विश्वकपको यात्रा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली यसपालि घरेलु मैदानबाट आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटमा छनोट हुने सुनौलो अवसर सदुपयोग गर्न सफल भएको छ । 

मुलपानी क्रिकेट मैदानमा शुक्रबार नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले पराजित गरेपछि नेपालले एक दशकपछि ट्वान्टी २० विश्वकपमा स्थान बनाएको हो ।

सन् २०१४ मा नेपालले ट्वान्टी विश्वकप खेलेको देखेर नै क्रिकेटमा पाइला चालेका युवापुस्ताको काँधमा १० वर्षपछि उक्त सफलता दोहोर्यायाउन जिम्मेवारी थियो । 

नेपाल समूह ‘ए’ को उपविजेता तथा युएई समूह ‘बी’ को विजेता भएर सेमिफाइनल पुगेका थिए । 

नेपाली खेलाडीले बारम्बार एउटै लक्ष्य दोहोर्यायाउँदै आएका थिए, ‘हामी जसरी पनि ट्वान्टी २० विश्वकपमा छनोट हुन्छौं ।’ उनीहरू त्यसमा सफल भएका छन् । आफ्नो पहिलो चरणको लक्ष्य पूरा गरेका छन् ।

सन् २०१४ मा नेपालले ट्वान्टी विश्वकप खेलेको देखेर नै क्रिकेटमा पाइला चालेका युवापुस्ताको काँधमा १० वर्षपछि उक्त सफलता दोहोर्यायाउन जिम्मेवारी थियो । उनीहरूले त्यो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न सकेका छन् ।

यसपालि विश्वकपमा छनोट हुन विगतमा जस्तो घुमाउरो र लामो बाटो तय गर्नपर्ने थिएन । आगामी जुन/ जुलाईमा वेस्ट इन्डिज र अमेरिकामा २० टोली सहभागी हुने भएकाले आइसिसीले क्षेत्रीय छनोटबाट सिधै विश्वकप खेल्न सक्ने नियम बनाएको थियो ।

त्यसअनुसार एसिया छनोटको फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुन्थ्यो ।  त्यसैले यसपालि नेपालले अफगानिस्तान, आयरल्यान्ड, जिम्बावेजस्ता टेस्ट तथा नेदरल्यान्ड्स, स्कटल्यान्डजस्ता बलिया एसोसिएट राष्ट्रको सामना गर्नुपरेन ।

एक दशकदेखिको सपना अहिले पूरा भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीको यो सफलता आगामी पुस्ताका लागि थप प्रेरणास्रोत बन्नेछ ।

सन् २०१४ पछि नेपाल विश्वकपका लागि क्षेत्रीय छनोट पार गरे पनि बारबार ग्लोबल क्वालिफायरमा चुक्दै आएको थियो ।

आइतबार नेपालले उपाधिका लागि ओमानको सामना गर्नेछ । यो फाइनल जिते एउटा उपाधि थपिनुबाहेक केही अर्थ राख्दैन । किनकि नेपालले विश्वकपका स्थान सुरक्षित गरेर त्यो भन्दा ठूलो उपलिब्ध हासिल गरिसकेको अवस्था छ ।

एक दशकदेखिको सपना अहिले पूरा भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीको यो सफलता आगामी पुस्ताका लागि थप प्रेरणास्रोत बन्नेछ ।

विश्कप एसिया छनोटमा नेपालको प्रदर्शन
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा जारी छनोट प्रतियोगितामा नेपाल, ओमान, युएई, सिंगापुर, मलेसिया, कुवेत, हङकङ र बहराइनको सहभागिता थियो ।

नेपाल समूह ‘ए’ मा ओमान, मलेसिया र सिंगापुरसँग परेको थियो भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत र बहराइन थिए ।  नेपालले सोमबार सिंगापुरसँग खेल्दै प्रतियोगिता सुरु गरेको थियो ।

नेपालले ८ विकेटको जित निकाल्दै सानदार सुरुआत गरेको थियो । सिंगापुरले प्रस्तुत गरेको १ सय ४७ रनको लक्ष्य नेपालले १६.३ ओभरमात्र २ विकेट गुमाउँदै भेट्टाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ८ चौका र २ छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरेका थिए । बलिङतर्फ अविनाश बोहराले ४ ओभरमा एक मेडनसहित १३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिएका थिए ।

मंगलबार मलेसियाविरुद्ध पनि नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्यो । १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालबाट कुशल मल्लले ३४ बलमा ७ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक ६५ रनको योगदान गरेका थिए । 

बलिङतर्फ अविनाश बोहराले ४ ओभरमा २७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।

बिहीबार समूह चरणको अन्तिम खेलमा भने नेपाल ५ रनले पराजित हुन पुग्यो । ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमै समेटियो । 
नेपालका विवेक यादवले ५ छक्का मद्दतमा सर्वाधिक ३९ रनको योगदान गरे । उनले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे । तर, तीन बल बाँकीमा आउट हुँदा हार सामना गर्नुपरेको थियो ।  

बलिङतर्फ करण केसीले ४ ओभरमा ४३ रन खर्चिदै सर्वाधिक तीन विकेट लिएका थिए ।

शुक्रबार सेमिफाइनलमा नेपाललाई जसरी पनि जित्नैपर्ने दबाब थियो । मुलपानी क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गरेको हो । आसिफ शेखले ५१ बलमा ७ चौका र १ छक्काको मद्दतले अविजित ६४ रन बनाए । बलिङतर्फ कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिंदै सर्वाधिक ३ विकेट लिएका थिए ।

शनिबारको अन्य स्टोरी 
युवा पुस्ताले पूरा गरेको सपना, एक दशकपछि ट्वान्टी २० विश्वकप खेल्दै नेपाल
विश्वकप, साउदी र सान
अन्योलको चक्रबममा म्यानचेस्टर युनाइटेड
मैदानभित्र र बाहिर भारतको ‘दादागिरी’
बालोन डी’अर मेसीलाई नै किन ?


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।