चैत्र १२, २०८२ बिहीबार | ०३:१०:२६
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

मुलपानी मैदानबाट विश्वकपको यात्रा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली यसपालि घरेलु मैदानबाट आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटमा छनोट हुने सुनौलो अवसर सदुपयोग गर्न सफल भएको छ । 

मुलपानी क्रिकेट मैदानमा शुक्रबार नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले पराजित गरेपछि नेपालले एक दशकपछि ट्वान्टी २० विश्वकपमा स्थान बनाएको हो ।

सन् २०१४ मा नेपालले ट्वान्टी विश्वकप खेलेको देखेर नै क्रिकेटमा पाइला चालेका युवापुस्ताको काँधमा १० वर्षपछि उक्त सफलता दोहोर्यायाउन जिम्मेवारी थियो । 

नेपाल समूह ‘ए’ को उपविजेता तथा युएई समूह ‘बी’ को विजेता भएर सेमिफाइनल पुगेका थिए । 

नेपाली खेलाडीले बारम्बार एउटै लक्ष्य दोहोर्यायाउँदै आएका थिए, ‘हामी जसरी पनि ट्वान्टी २० विश्वकपमा छनोट हुन्छौं ।’ उनीहरू त्यसमा सफल भएका छन् । आफ्नो पहिलो चरणको लक्ष्य पूरा गरेका छन् ।

सन् २०१४ मा नेपालले ट्वान्टी विश्वकप खेलेको देखेर नै क्रिकेटमा पाइला चालेका युवापुस्ताको काँधमा १० वर्षपछि उक्त सफलता दोहोर्यायाउन जिम्मेवारी थियो । उनीहरूले त्यो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न सकेका छन् ।

यसपालि विश्वकपमा छनोट हुन विगतमा जस्तो घुमाउरो र लामो बाटो तय गर्नपर्ने थिएन । आगामी जुन/ जुलाईमा वेस्ट इन्डिज र अमेरिकामा २० टोली सहभागी हुने भएकाले आइसिसीले क्षेत्रीय छनोटबाट सिधै विश्वकप खेल्न सक्ने नियम बनाएको थियो ।

त्यसअनुसार एसिया छनोटको फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुन्थ्यो ।  त्यसैले यसपालि नेपालले अफगानिस्तान, आयरल्यान्ड, जिम्बावेजस्ता टेस्ट तथा नेदरल्यान्ड्स, स्कटल्यान्डजस्ता बलिया एसोसिएट राष्ट्रको सामना गर्नुपरेन ।

एक दशकदेखिको सपना अहिले पूरा भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीको यो सफलता आगामी पुस्ताका लागि थप प्रेरणास्रोत बन्नेछ ।

सन् २०१४ पछि नेपाल विश्वकपका लागि क्षेत्रीय छनोट पार गरे पनि बारबार ग्लोबल क्वालिफायरमा चुक्दै आएको थियो ।

आइतबार नेपालले उपाधिका लागि ओमानको सामना गर्नेछ । यो फाइनल जिते एउटा उपाधि थपिनुबाहेक केही अर्थ राख्दैन । किनकि नेपालले विश्वकपका स्थान सुरक्षित गरेर त्यो भन्दा ठूलो उपलिब्ध हासिल गरिसकेको अवस्था छ ।

एक दशकदेखिको सपना अहिले पूरा भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीको यो सफलता आगामी पुस्ताका लागि थप प्रेरणास्रोत बन्नेछ ।

विश्कप एसिया छनोटमा नेपालको प्रदर्शन
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा जारी छनोट प्रतियोगितामा नेपाल, ओमान, युएई, सिंगापुर, मलेसिया, कुवेत, हङकङ र बहराइनको सहभागिता थियो ।

नेपाल समूह ‘ए’ मा ओमान, मलेसिया र सिंगापुरसँग परेको थियो भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत र बहराइन थिए ।  नेपालले सोमबार सिंगापुरसँग खेल्दै प्रतियोगिता सुरु गरेको थियो ।

नेपालले ८ विकेटको जित निकाल्दै सानदार सुरुआत गरेको थियो । सिंगापुरले प्रस्तुत गरेको १ सय ४७ रनको लक्ष्य नेपालले १६.३ ओभरमात्र २ विकेट गुमाउँदै भेट्टाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ८ चौका र २ छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरेका थिए । बलिङतर्फ अविनाश बोहराले ४ ओभरमा एक मेडनसहित १३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिएका थिए ।

मंगलबार मलेसियाविरुद्ध पनि नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्यो । १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालबाट कुशल मल्लले ३४ बलमा ७ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक ६५ रनको योगदान गरेका थिए । 

बलिङतर्फ अविनाश बोहराले ४ ओभरमा २७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।

बिहीबार समूह चरणको अन्तिम खेलमा भने नेपाल ५ रनले पराजित हुन पुग्यो । ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमै समेटियो । 
नेपालका विवेक यादवले ५ छक्का मद्दतमा सर्वाधिक ३९ रनको योगदान गरे । उनले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे । तर, तीन बल बाँकीमा आउट हुँदा हार सामना गर्नुपरेको थियो ।  

बलिङतर्फ करण केसीले ४ ओभरमा ४३ रन खर्चिदै सर्वाधिक तीन विकेट लिएका थिए ।

शुक्रबार सेमिफाइनलमा नेपाललाई जसरी पनि जित्नैपर्ने दबाब थियो । मुलपानी क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गरेको हो । आसिफ शेखले ५१ बलमा ७ चौका र १ छक्काको मद्दतले अविजित ६४ रन बनाए । बलिङतर्फ कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिंदै सर्वाधिक ३ विकेट लिएका थिए ।

शनिबारको अन्य स्टोरी 
युवा पुस्ताले पूरा गरेको सपना, एक दशकपछि ट्वान्टी २० विश्वकप खेल्दै नेपाल
विश्वकप, साउदी र सान
अन्योलको चक्रबममा म्यानचेस्टर युनाइटेड
मैदानभित्र र बाहिर भारतको ‘दादागिरी’
बालोन डी’अर मेसीलाई नै किन ?


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो