चैत्र १०, २०८२ मंगलबार | २१:१०:५५
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र
शनिबारको दिन म्यानचेस्टर युनाइटेड

अन्योलको चक्रबममा म्यानचेस्टर युनाइटेड

काठमाडौं । आश्चर्य नमाने हुन्छ, ढिलोचाँडो म्यानचेस्टर युनाइटेडले आफ्ना व्यवस्थापक एरिक टेन हागलाई बर्खास्त गर्यो भने । बरू त्यतिबेला घोर आश्चर्य मान्नु जतिबेला पूरा सिजन युनाइटेडले उनकै नेतृत्वमा खेल्छ ।

युनाइटेडले खेलेका पछिल्ला दुई खेलमा जुन नतिजा आएको छ, त्यसले भन्छ यो क्लबमा ठूलै अन्योल छ, यो भवचक्रबाट बाहिरिन टोलीलाई सजिलो छैन ।

इंग्लिस प्रिमियर लिगको ओल्ड ट्राफोर्डमा भएको पछिल्लो खेल म्यानचेस्टर डर्बी थियो । कुनै समय थियो, त्यो डर्बी युनाइटेडले सजिलै जित्थ्यो । त्यति नै बेला त हो, त्यो बेलाका व्यवस्थापक सर एलेक्स फर्गुसनले भनेको ‘मैले आफ्नो जीवनकालमा कहिले पनि यो डर्बीमा सिटीको वर्चस्व देख्न पाउने छैन ।’

तर, होइन रहेछ । त्यही खेलमा पनि त युनाइटेड ३-० ले हार्यो र यो नतिजाले देखाउँदा म्यानचेस्टर सहरका यी दुई क्लबबीच स्तरमा कति धेरै अन्तर आएको छ । पेप ग्वार्डिओलाको सिटीले युनाइटेडलाई खेलाई खेलाई उसकै मैदानमा हराइदियो । सिटीका समर्थक पनि के कम ओल्ड ट्राफोर्डमै गीत गाइदिए, ‘ओल्ड ट्राफोर्ड ढल्दै छ ।’

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा खराब व्यवस्थापन चल्न थालेको अहिले होइन, धेरै अगाडिदेखि हो । विशेषतः जतिबेलादेखि यो क्लबको स्वामित्व ग्लेजर परिवारमा गयो ।

त्यसपछि पालो आयो लिग कपको खेल । त्यो पनि ओल्ड ट्राफोर्डमै । त्यस खेलमा युनाइटेड न्युकासल युनाइटेडको हातबाट ३-० ले नै पराजित भयो । यो खेल वास्तवमा गत वर्षको लिग कपको फाइनल पुनरावृत्ति थियो, त्यसमा युनाइटेड विजयी रह्यो । च्याम्पियन बन्यो । अनि भन्न थालिएको थियो, टेन हाग आएयता युनाइटेड पुरानो लयमा फर्कंदै छ ।

तर यो पनि होइन रहेछ । एक वर्षभन्दा कम समयमै युनाइटेड त्यही न्युकासलसँग नमज्जाले पराजित भयो । अझ त्यो पनि न्युकासलले उतारेको दोस्रो रोजाइका खेलाडीले भरिएको टिमविरुद्ध । अब के चाहियो र ? टेन हागलाई बर्खास्त हुने हल्ला सुरु भइहाल्यो । फेरि डर के मानियो भने कतै उनको बर्खास्तगी युनाइटेडमा चलिरहेको अन्योल ढाकछोप गर्ने बहाना मात्र त हुन्न ?

खासमा टेन हाग आउँदैमा युनाइटेडमा के के न हुन्छ भनेर सोच्नु नै बेकार हो । बेलायती फुटबल पण्डितहरू हाकाहाकी यस्तै भन्छन् । यस्तो किनभने युनाइटेडमा खराब व्यवस्थापन चल्न थालेको अहिले होइन, धेरै अगाडिदेखि हो । विशेषतः जतिबेलादेखि यो क्लबको स्वामित्व ग्लेजर परिवारमा गयो ।अहिले हेरौ न, यही ग्लेजर परिवार युनाइटेडलाई बेच्न खोजिरहेको छ । तर, किन्ने कोही छैनन् । कोही किन्न तयार भएपछि पनि कुरा मिलिरहेको छैन । भनेपछि पूराको पूरा क्लबमै समस्या छ, टेन हाग मात्रै एक्लो समस्या होइनन् । साँचो कुरा त यही हो, टेन हागलाई मोहरा बनाएर बर्खास्तगीको निर्णय हुनसक्छ । यस्तो भए फेरि समस्या झन थपिने हो, कम हुने होइन ।

शनिबारको अन्य स्टोरी मुलपानी मैदानबाट विश्वकपको यात्रायुवा पुस्ताले पूरा गरेको सपना, एक दशकपछि ट्वान्टी २० विश्वकप खेल्दै नेपालविश्वकप, साउदी र सानअन्योलको चक्रबममा म्यानचेस्टर युनाइटेडमैदानभित्र र बाहिर भारतको ‘दादागिरी’बालोन डी’अर मेसीलाई नै किन ?