नेपाली क्रिकेट

युवा पुस्ताले पूरा गरेको सपना, एक दशकपछि ट्वान्टी २० विश्वकप खेल्दै नेपाल

काठमाडौं । घरेलु भूमिमा जारी एसिया छनोटको फाइनलमा प्रवेश पुगेसँगै नेपालले जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकप क्रिकेटमा स्थान पक्का गरेको छ ।

नेपालले मूलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले एक दशकपछि विश्वकपमा स्थान सुरक्षित गरेको हो । 

नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक मात्र विश्वकप खेलेको छ । त्यो पनि ट्वान्टी-२० नै हो ।

यसपालि नेपालाई ट्वान्टी २० विश्वकपमा छनोट गराउने जिम्मेवारी यस्तो युवापुस्ताको काँधमा थियो, जसले २०१४ को विश्वकपमा नेपालले खेलेको हेरेर नै क्रिकेट खेल्ने सपना बुनेका थिए ।

नेपालले बंगलादेशमा सन् २०१४ को विश्वकप खेल्ने सपना पूरा गरेको थियो । त्यसपछि महादेशीय छनोट पार गरेर अगाडि बढे पनि नेपाल ग्लोबल क्वालिफायरमा रोकिँदै आएको थियो ।

यसपालि नेपालाई ट्वान्टी २० विश्वकपमा छनोट गराउने जिम्मेवारी यस्तो युवापुस्ताको काँधमा थियो, जसले २०१४ को विश्वकपमा नेपालले खेलेको हेरेर नै क्रिकेट खेल्ने सपना बुनेका थिए ।

हाल टोलीमा रहेका सोमपाल कामी र विनोद भण्डारीबाहेक अन्यको अन्तर्राष्ट्रिय करिअर २०१४ को विश्वकपपछि मात्र सुरु भएको हो । 

शुक्रबार मुलपानीलपानी मैदानमा युएईलाई हराउँदै विश्वकपमा छनोट भएपछि नेपालका कप्तान रोहितकुमार पौडेलले भने, ‘हामी सिनियरहरूले २०१४ को विश्वकपमा खेलेको देखेर नै क्रिकेटमा लागेका हौं । अहिले टोलीका सोमपाल (कामी) र विनोद (भण्डारी) दाइबाहेक हामीले त्यसपछि नै क्रिकेट खेल्न थालेका हौं । क्रिकेट खेल्न काठमाडौं आउँदादेखि कप्तान भएर टोलीलाई विश्वकपसम्म पुर्यायाउँदाको  यो यात्रा निकै रोमाञ्चक छ । म आफैंलाई भाग्यमानी ठान्छु ।’

उनले भने जस्तै अहिले टोलीमा रहेका प्रायः सबै खेलाडी भाग्यमानी छन् । किनकि कुनै समय सिनियर दाइहरूलाई आफ्नो आइडल मान्ने उनीहरू अहिले आफूहरू कसैको आइडल बनिरहेका छन् । 

यी युवापुस्ताको एउटै सपना थियो, जसरी पनि टोलीलाई विश्वकपमा छनोट गराउने । उनीहरूले आफ्नोतर्फबाट शतप्रतिशत दिएका छन् । उनीहरूलाई तयार पार्न भारतीय प्रशिक्षक मोन्टी देशाईको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रह्यो ।

खेलाडीहरूले बारम्बार भन्दै आएका थिए, हाम्रो एउटै लक्ष्य देशलाई ट्वान्टी २० विश्वकपमा छनोट गराउने हो ।

खेलाडी देशलाई विश्वकपसम्म पुर्याउन कतिसम्म तल्लिन थिए भन्ने गतिलो उदाहरण हुन्, दीपेन्द्रसिंह ऐरी ।

सिंगापुरसँगको पहिलो खेल खेल्नुअघि नै खुट्टामा चोट लागेपछि दीपेन्द्रले समूह चरणका तीनवटै खेल गुमाए । तर चोट पूर्ण रूपमा निको नभए पनि दीपेन्द्र युएईविरुद्धको खेलका लागि मैदान उत्रिए । दीपेन्द्रले ब्याटिङ र बलिङको अवसर नपाए पनि उनको उपस्थितिले मात्रै पनि टोलीको हौसला बढाएको थियो ।

खेलपछि कप्तान रोहितले दीपेन्द्रलाई खेलाउनुको कारण सुनाएका थिए । ‘दीपेन्द्र दाइमा जसरी पनि देशलाई विश्वकपमा पुर्याउनुपर्छ भन्ने हुटहुटी थियो । ओमानसँग हार बेहोरेपछि उहाँले म जसरी पनि खेल्नेछु भन्नुभयो । उहाँको आत्मविश्वास देखेर नै खेल्ने अवसर दियौं । उहाँको उपस्थितिले पनि हौसला बढेको थियो ।’

खेलाडीहरूले बारम्बार भन्दै आएका थिए, हाम्रो एउटै लक्ष्य देशलाई ट्वान्टी २० विश्वकपमा छनोट गराउने हो । उनीहरूको आत्मविश्वासमा नेपालले दशकदेखिको निरन्तर प्रयासबाट आफूलाई विश्व क्रिकेटको मञ्चमा उभ्याउने सफल भएको छ । 

मलेसियाविरुद्धको जितपछि कुशल मल्लले भनेका थिए,‘नेपालले २०१४ को विश्वकप खेलेको टिभीमा हरेर क्रिकेट खेल्ने सपना देखेको पुस्ता हौं, अहिले हामीसामु नै देशलाई विश्वकपमा पुर्याउने सुनौलो अवसर छ ।’

यसपटक विश्वकपमा छनोट हुन विगतमा जस्तो घुमाउरो र लामो बाटो तय गर्नुपरेन । २० टोलीको सहभागिता रहने भएकाले आइसिसी क्षेत्रीय छनोटबाट सिधै विश्वकप खेल्न सक्ने नियम बनाएको थियो ।

उनले भनेजस्तै नेपाली टोली घरेलु मैदानको फाइदा उठाउँदै अवसरको भरपूर सदुपयोग गर्न सफल भयो । समूह चरणका सुरुआती दुई खेलमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको नेपाल अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो ।

तीन खेलबाट ४ अंक जोडेको नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल पुगेको थियो । जसरी उनीहरूले सिनियरले खेलेको हेरेर क्रिकेट माहोलमा होमिए, त्यसरी यो सफलता पनि पक्कै भावी पुस्ताका लागि प्रेरणास्रोत बन्नेछ ।

यसपटक विश्वकपमा छनोट हुन विगतमा जस्तो घुमाउरो र लामो बाटो तय गर्नुपरेन । २० टोलीको सहभागिता रहने भएकाले आइसिसी क्षेत्रीय छनोटबाट सिधै विश्वकप खेल्न सक्ने नियम बनाएको थियो । त्यसैले नेपालले अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे जस्ता टेस्ट तथा नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता बलिया एसोसिएट राष्ट्रको सामना गर्नुपरेन ।

सन् २०१४ को विश्वकपमा यसरी छनोट भएको थियो

सन् २०१३ मा घरेलु मैदानमा आयोजना भएको एसियाका एसोसिएट टोलीले मात्र खेल्ने एसीसी टी २० क्रिकेट प्रतियोगितामा सेमिफाइनल यात्रा तय गरेपछि नेपालले ग्लोबल क्वालिफायमा स्थान बनाएको थियो ।

सेमिफाइनलमा पुगेका अफगानिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त र युएई ग्लबल छनोटको आयोजक भएकाले नेपालले सेमिफाइनलमा पुग्नेबित्तिकै उक्त अवसर पाएको थियो । 

सेमिफाइनलमा नेपाल तत्कालिन एसोसिएट राष्ट्र अफगानिस्तानसँग पारजित भएको थियो । 

सन् २०१३ कै नोभेम्बरमा युएईमा आयोजना भएको ग्लोबल क्वालिफायरमा विश्वभरका १६ एसोसिएट टोली सहभागी थिए । पहिलो चरणमा आठ टोलीको दुई समूह थियो ।

सन् २०१४ को विश्वकप किन पनि विशेष थियो भने पहिलोपल्ट ६ एसोसिएट टोलीलाई विश्वकप खेल्ने मौका दिइएको थियो ।  त्यसअघि दुई एसोसिएट टोलीले मात्र विश्वकप खेल्न पाउने थिए । त्यसैले नेपालसहित सहभागी १६ वटै एसोसिएट टोलीका लागि विश्वकप खेल्ने सुनौलो अवसर थियो ।

नेपालको समूहमा अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्ड, पपुवा न्युगिनी, केन्या, बर्मुडा र डेनमार्क थिए । 
आफ्नो समूहका टोलीसँग एक–एक खेल खेलेपछि दुवै समूहको शीर्ष तीन स्थानमा रहने टोलीमध्ये छनोट प्रतियोगिताको विजेता टुंगो लाग्ने थियो । तर, विश्वकपमा छनोट हुने समूहको शीर्ष ३ भित्र पर्नु मात्र पर्याप्त थिएन ।

दुवै समूहका विजेताले सिधै सेमिफाइनलमा स्थान बनाएका थिए । एउटा समूहको दोस्रो स्थानमा रहने टोलीले अर्को समूहको तेस्रो स्थानको टोलीसँग क्वार्टरफाइनलमा भिड्नुपर्ने थियो । सो खेल जित्ने टोलीहरू विश्वकपमा छनोट हुने थिए ।

त्यस्तै पराजित हुने टोलीले पाँचौं स्थानका लागि प्लेअफ खेल्नुपर्ने थियो । त्यसका लागि समूहको चौथो र पाँचौं स्थानमा रहने टोलीबीचको विजेता टोली थियो । 

क्वार्टरफाइनलमा पराजित हुने टोलीले एक खेल जितेमा कम्तीमा छैटौं स्थान पक्का गरेर विश्वकपमा छनोट हुने प्रावधान थियो ।

समूहमा नेपालले डेनमार्कलाई ५, केन्यालाई ६, पिएनजीलाई ७ विकेटले हराएको नेपाल स्कटल्यान्डसँग ८, नेदरल्यान्ड्ससँग ५ र अफगानिस्तानसँग ९ विकेटले पराजित भएपछि संकटमा परेको थियो ।

नेपालले शीर्ष तीनमा स्थान बनाउन समूह चरणको अन्तिम खेलमा बर्मुडालाई हराउनुपर्ने दबाब थियो । नेपलले उक्त खेल २१ रनले जित्दै क्वार्टरफाइनलमा हङकङसँगको भेट पक्का गरेको थियो ।

पहिला ब्याटिङ गरेको हङकङले नेपालसामु १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अन्तिम ओभरमा नेपाललाई १३ रन चाहिएका बेला शरद भेषावकरले सुरुका दुई बलमा छक्का र चौका प्रहार गरेका थिए । अन्तिम बलमा शरदले नै एक रन लिँदै ५ विकेटको जित दिलाएर नेपाललाई पहिलोपल्ट विश्वकप क्रिकेटमा छनोट गराएका थिए । 

शनिबारको अन्य स्टोरी 
मुलपानी मैदानबाट विश्वकपको यात्रा
विश्वकप, साउदी र सान
अन्योलको चक्रबममा म्यानचेस्टर युनाइटेड
मैदानभित्र र बाहिर भारतको ‘दादागिरी’
बालोन डी’अर मेसीलाई नै किन ?